(मन्दिरमा हुने सत्य तर कटु घटनाहरुलाई अलिकति कथात्मक रुप दिएर लेख्ने प्रयासमा छु । अरु मन्दिरको यात्राको बारेमा अर्को अंङ्कमा लेख्नेछु । )
मैले उस्लाई धार्मीक बनाउनु पर्ने थियो, किन की उ आजकल नास्तिक भएको अनुभव गर्दै थिएँ म । मैले मनमनमा अठोट गरेँ म यसलाई एकै हप्तामा आस्तिक बनाईदिन सक्छु । उस्ले मेरो कुरा नमान्ने प्रश्नै थिएन । अब भतिजोलाई लिएर काकाको नास्तिक बाट आस्तिक बन्ने यात्राको शुरुवात भयो ।
पहिलो दिन :
आज शनिबार उस्लाई लिएर म पशुपतिनाथको मन्दिर गएँ । मलाई बिश्वास थियो त्यहाँको माहोलले उस्लाई बदल्नेछ ।
– जुत्ता खोलेर बाहिरै झोलामा राखेर मन्दिर तिर लाग्यौँ हामी दुवै । भगवानको दर्शन गर्न आएकाहरु छिटो नपुगे भगवान नै मन्दिर छोडेर जान्छन शैलिमा एकअर्कालाई घचेटेर अगाडी बढ्दै थिए । हुलमुलमा मिसियौँ हामी । मुलढोकाको छेउमा सुरक्षाकर्मीहरु मुटुमा छेड्ने मिठा बचनले स्वागत गर्दै थिए । बिशेषतः गाँउघरबाट आएका जस्ता देखिने र गरिब निमुखाहरुलाई, मानौँ पशुपतीनाथ तिनीहरुका लागी होईनन् । उस्ले त्यो नसुनोस भन्ने मनसायका साथ मुलढोका अगाडीको खुट्कीला ओर्लन थाल्यौँ । एक्कासी आवाज आयो – “तँलाई भित्र नआईजो भनेको सुन्दैनस् ।” एउटा सुरक्षाकर्मी धोती र कुर्ता लगाएर हातमा पुजाको थाली बोकेर आएको एउटा बाहुनलाई कठालोमा समातेर भन्दै थियो ।
“उहाँ गाँउबाट आउनुभको रछ म दर्शन गराउन जान लागेको हजुर ।” –सँगैको एकजना बुज्रुक महिलातिर संकेत गर्दै बोले बाजे ।
“तँलाई मा........... बढ्ता हुन्छस । बाहिर जा साले ।”– अपशब्द सहित उस्ले लौरो उठाएर टाउकोमा ठटाउँदै पूजाको थाली र कलश फ्याँकिदियो । बिचरा बाजे के गर्न सक्थे र ?
“तैलैँ हात हालिस अब तेरो भलो हुँदैन ।”–रुँदै रुँदै भन्न थाले बाजे । नजिकैका अरु सिनीयरहरु आएर त्यो सुरक्षाकर्मीलाई सम्हाले नत्र स्थिीती अझै नाजुक बन्न सक्थ्यो किनकी उ कठालोमा समातेर लछारपछार पार्दै थियो । हजारौँ भेडाहरुको झुण्ड चुपचाप हेरिरहेका थिए रमिता । तिनीहरुले सोचेनन् कि भोलिको पालो तिनकै हुन सक्छ । म चुपचाप गएर थाली र कलश उठाएर दिएर आएँ । बाजे रोईरहेका थिए, अर्कि बुज्रुक महिला असमन्जताका साथ उभिईरहेकी थिईन छेवैमा ।
“यी बाहुनहरुले भित्र छिर्न बढि नै गर्छन । आजकल कोषले मन्दिर ब्यबस्थीत गर्न माग्ने बाजेहरुलई भित्र छिर्न दिदैँन । बढि नै ग¥यो होला अनि ।“ – प्रष्टिकरण दिएँ मैले । यसो अनुहारमा हेरेँ प्रतिक्रीया शुन्य पाएँ मैले ।
”निकै ब्यबस्थीत छ नी होईन ।” –उत्तरको आशामा उस्को मुख ताकेँ । फिस्स हाँस्यो उ गिज्याएको हो कि सोच्न बाध्य पार्ने गरि ।
मन्दिरको मुलढोकामा पुग्ने लाईनमा बस्ने सम्भावना कमै थियो । अतः चार ढोका मध्यको मुलढोकाको बाहिरी लाईनमा बसियो । मन्दिरको मुख्य लाईनमा मान्छेहरु एकअर्काको बिचमा हावा छिर्ला की जस्तो गरेर कोचिएर बसेका थिए, मानौँ मन्दिरमा लाईन बस्दा हावा छि¥यो भने पाप लाग्छ अनि ठेलमठेल यस्तो कि भगवान मन्दिर छोडेर भागीहाल्न लागे कि जस्तो ।
पाईला बढाएर ढोकैको अगाढी पुग्ने बेलामा हामी भन्दा पछाडि मन्दिर छिरेका मारवाडी समुदायका भान हुने ४ जना मुलढोकाबाट दर्शन गरेर बाहिर निस्कदैँ थिए । ढोका अगाडी नै एउटा सुरक्षाकर्मीले छोपिहाल्यो । “दर्शन भयो हैन त हजुर ?” उत्तर के आयो सुनिएन तर उस्ले पट्टयाएर दिएको नोट प्रष्टै देखियो सँगैका अरु सुरक्षाकर्मी पनि एकअर्काको मुखमा हेर्दै मुस्काए । त्यही सुरक्षाकर्मी हामीलाई “ल ल दर्शन पुग्यो भन्दै” – मुर्ती राम्रोसँग पनि हेर्न नदिई घचेट्दै थियो । घचेडाई सहँदै अघि बढ्यौँ ।
बासुकी नागको मन्दिर घुमेर अगाडी जाँदै थियौँ । “त्यो के हो त ?” भतिजोले सोध्यो । “के र ?” मैले अन्तै हेर्दै सोधेँ । “अगी हजुरले माग्ने अनि बाजेहरु कसैलाई पनि मन्दिर छिर्न दिदैँन भन्नु भाको हैन त ।” अगाडी हेरेँ ८–१० जना माग्नेहरु बसिरहेका थिए । कोही कोही त यसो आँखा छलेर पनि छिरीहाल्छन् नी भन्ने लागेको थिएँ सामुन्ने ५–७ जनै सुरक्षाकर्मी देखेर बोली मुखभित्रै अड्कियो ।
अलि अगाडी बिष्णुको बुढानीलकण्ठ स्वरुपको सानो मुर्ति थियो । छेउमै पुगेपछि उस्ले पूनः सोध्यो “के उनीहरुलाई चाहिँ भगवानले जुत्ता लगाउन छुट दिएका हुन र ?” –उस्को ईशारा जुत्ता लगाएर घुमिरहेका सुरक्षाकर्मी तर्फ थियो । म चुपचाप निहुरेर बिष्णुजीलाई ढोग्न तिर लागेँ । अगाडी बढ्यौँ आरती भईरहेको रहेछ खुशि लाग्यो साथ दियौँ । अन्त्यमा त्यही आरती टोलिको नेता लाग्ने बुढा मान्छे बोले– “हेर्नुस तपाईँहरु नझुक्किनुस सच्चा आरतिको समुह हाम्रो हो, हामी बितेका कैयौँ बर्षदेखि आरती गर्दै आएका छौँ । यस भन्दा पछाडीको समुह नक्कली हो त्यसमा सच्चा मान्छेहरु छैनन । झुक्किएर त्यसमा सहयोग नगर्नुहोला, तिनीहरु ठग्ने मनसायले आएका छन् ।” आदि ईत्यादि । लाग्थ्यो दुई समुहबिचका नेताहरु एकअर्काको बिरोध गर्दै भोट माग्न लागेका छन् किनकी पछिल्लोको भनाईमा पनि त्यस्तै छनक आउँथ्यो । त्यस्ताले गाको ब्यर्थै भजन सुनिएछ भजन सुन्नु भन्दा त ..............? मनमा लाग्यो म भतिजोसँग आखाँ जुधाएर कुरा गर्न सक्ने स्थितीमा रहिन ।
लुखुर लुखुर भैरवको मन्दिरमा जाने लाईनमा बसेँ । मान्छे आउँथे लाईन नबसी सिधै छिर्थे, बस्नेहरु हेरेको हे¥यै न कोहि सुरक्षाकर्मी न कुनै ब्यबस्थापन । बाहिरपट्टीको शिबलिङ्ग घुम्ने ठाँउमा पुग्यौँ प्रत्येक कुनामा जबरजस्ती टिकाको हात उठाएर निधारतिर बढाउने पुजारीहरु । अन्तिम पटक घुम्दा भित्रको ढोकाको सानो मुर्तिमा १००० र ५०० का नोटहरु राखेर च्याँखे थाप्ने महान मान्छेहरु । मलाई त थाहा थियो त्यहाँ जुवा हुन्छ भनेर कोहि मान्छे आफ्नै खल्तिबाट ठुला ठुला नोट निकालेर सानो मुर्तिमा राखेर ढोकामा कुर्दै मान्छेहरुलाई भित्र बोलाउँथ्यो । मान्छेहरु छिर्थे र उस्तै धार्मीक प्रबृतिका भए एकाध सय झारीहाल्थे ढोकैमा एउटा मान्छे बसेर भित्र पस्ने ईशारा गथ्र्यो उस्तै परे बाटो छेकेर भित्र लग्न खोज्थ्यो । उस्ले सबै बुझ्यो म बुझ पचाउने प्रयासमा थिएँ ।
बाहिर निस्कने बित्तीकै एकछीन उभियौँ । छेवैमा बसेका केहि केटाहरु कुरा गर्दै थिए ।
“ओइ ओइ ! त्यो केटी हेर्न ।” –सबै हेर्न थाले । हामीले पनि त्यतापट्टी हे¥यौँ । केहि केटी र महिलाहरु निहुरेर शीबलीङ्गलाई छुँदै हिँड्दै थिए । कस्ले बढि खुलेको लुगा लगाएर आँउछ भनेर केटाहरु त्यहाँ कुरेर बसेका थिए । धेरैबेर बस्न उचित नठानेर फटाफट बाहिर निस्केँ । पार्किङ्गमा रु १० तिरेर भटभटे निकालेर सरासर घर फर्केँ ।
के अब उ आस्तिक बन्ने बाटोमा लाग्यो होला त ? वा अरु मन्दिरमा पु¥याउन पर्ने हो ।
क्रमशः..........
No comments:
Post a Comment
Thank You very much. Raj