बुध राजधानीको कुनै नाम चलेको बिद्यालयमा कक्षा १० मा पढ्दथ्यो । उ बिद्यालयकै सबैभन्दा अनुशासित केटो थियो । पढाईमा पनि सबैभन्दा अगाडी थियो । बिद्यालय भित्र र बाहिरका हरेक अतिरीक्त क्रियाकलापहरुमा सधैँ अगाडि रहन्थ्यो । साथी भाईसँग मिलेर रमाउनु, सबैलाई आदर र माया गर्नु, आफ्नो काम इमान्दारीताको साथ पालना गर्नु, समयको महत्वलाई राम्ररी बुझ्ने, सबै आधुनिक प्रबिधीको संचालनमा पोख्त उ समाज र बिद्यालयमा पनि उदाहरणीय बनिसकेको थियो ।
गुरु, समाजका अगुवा तथा अन्य ब्यक्तीहरुको नजरमा उ समाज बदल्न सक्ने ब्यक्तीको रुपमा प्रस्फुटित हुँदै थियो । दिनानुदिन उ सबैको नजरमा पर्न थालिसकेको थियो । उस्लाई सबैले मनपराउँथे, तर उ आफ्नै कक्षाकी मिसुलालाई मन पराउँथ्यो । कालो सिल्की कपाल, निलो आँखा, गोरो चेहरा, अलिकती अगाडी उछिट्टीएको दाँत, पातला लामा ओठ, पातलो शरिर देखिएजति शरिरको भागमा कुनै पनि दाग नभएकी दन्त्यकथाको परि जस्तै देखिन्थीन मिसुला । उनको चञ्चलता र सुन्दरताप्रति लट्ठ नहुने कोहि थिएनन् । उनको सादापन मिलनसारीताले सबैलाई प्रभाव पारेको थियो । कक्षाको सबैभन्दा राम्रो बिद्यार्थी भएको नाताले बुध छिट्टै मिसुलाको साथी बन्न पुगेको थियो । एकअर्काको कपि शेयर गर्ने, नजानेको कुरा सिकाउने, कहिलेकाहिँ एकै बाटोबाट घर फर्कने उनिहरु राम्रा साथी भईसकेका थिए । मिसुला बिद्यालय नआएको दिन बुधलाई नियास्रो लाग्थ्यो, राम्रोसँग पढ्न मन पनि लाग्दैनथ्यो । उनीसँग बोलेको दिन उ त्यत्तीकै खुशी देखिन्थ्यो । कुनै कुनै बहानामा मिसुलालाई स्पर्श गर्न पाउँदा उ घन्टौँ हात नधोएर बस्थ्यो ।
केहि समयपछि मिसुला बिद्यालयमा अनुपस्थित रहिन । बुध मणि बिनाको नाग जस्तो छट्टाइरह्यो, मिनेट–मिनेट उस्को लागी घन्टौँ बराबर लाग्न थाल्यो । कक्षामा उ निदाएर बस्थ्यो, गृहकार्य गर्न बन्द गरिसकेको थियो । घर गएपछि उ चुपचाप बस्थ्यो कोठाको ढोका थुनेर, बोल्दा पनि रुखो बोल्ने गर्दथ्यो उ । उस्को मनमा, वातावरणमा सबैतिर मिसुला नै मिसुला आउँथी । एस एल सी परिक्षा नजिक आएको बेलामा उस्को बदलिएको ब्यबहारबाट बिद्यालयका शिक्षकहरु, घरका अभिभाबक सबै छक्क पर्न थाले । शिक्षकहरु साना तिना सजायँ दिन थाले बुधलाई तर केहि परिवर्तन आएन । शिक्षकहरु दिक्दार रहन्थे उसँग ।
एकदिनका कुरा हो, उ कक्षाको तेस्रो लहरको बेन्चमा बसेको थियो । रातभरको अनिँदो उ झकाउन थाल्यो । तन्द्रामा उस्ले मिसुलालाई देख्यो । उहि रुप, उहि रङ्ग त्यहि चाल अनि त्यही चञ्चलता । बस केहि दुब्लाएको जस्तो देखिन्थी उ, उस्ले मिसुलालाई बोलायो । आवाज पुगेन त्यहाँसम्म, अझ चिच्यायो तर केहि असर गरेन । उ दौडिदैँ गयो मिसुलालाई भेट्न बिचको शिशाको पर्खालले छेक्यो । भएभरको बल लगाएर तोड्यो उस्ले त्यो पर्खाल । अगाडी सेतो पोशाकमा मिसुला उभिईरहेकि थिई ब्यग्रताको साथ । उ नजिकै पुग्यो अङ्गालोमा भ¥यो र चुम्न थाल्यो । अकस्मात केहि ब्यक्तीहरुले समाएपछि उ तन्द्राबाट ब्युँझियो । परिस्थीती बुझ्न समय लागेन उस्लाई, अगाडी अर्की सहपाठी रुँदैथिई । सजायँ पाउने काम गरेको थियो उस्ले पायो । शिक्षकले बाथरुममा लगेर थुनिदीए । शायद उस्को पहिलेका कार्यहरुले गर्दा शिक्षकले प्रधानाध्यापकलाई भन्नु उचित सम्झेनन् कि ।
उस्को जिबनमा धेरै घटना पहिलोपटक भएका थिए । उ बाथरुममा पनि पहिलोपटक थुनियो । सेतो मार्बल लगाएको साँघुरो बाथरुमको भित्तामा अडेस लागिरह्यो उ । मुख धुन पानी थाप्न खोज्यो धारामा तर एक दुई थोपा भन्दा पानी झरेन । भित्रको नमिठो गन्ध उस्को नाकमा ह्वास्स आईरह्यो, रुमाल निकालेर नाक मुख थुन्यो ।
अन्तिम घण्टी लाग्ने प्रतिक्षामा उ गन्न थाल्यो एक दुई तिन ........... सयौँ गन्यो । त्यतीले नपुगेर ज्ञ देखि क सम्म उल्टो गन्न थाल्यो । लौ क – ख त उस्ले बिर्सीसकेछ । फेरि ए बी सी डी लाई उल्टोबाट भन्न थाल्यो जेड् वाइ एक्स ........................। साँच्चै कति बज्यो होला ? कस्तो घण्टी पनि नलागेको होला ? अडेस लागेको खुट्टा परिबर्तन गर्दा गर्दै पनि उ थाकिसकेको थियो । गर्मीले अशिन पसिन भईसकेको थियो उ । हावा राम्रोसँग छिर्न र खेल्न पाउन्न थियो त्यो साँघुरो कोठामा । लामो प्रतिक्षा पश्चात घण्टी बज्यो, धेरै परिचीत अपरिचीत आवाजहरु र धेरै पाईलाहरु बाथरुमको बाटो हुँदै बाहिरीए । पाइला र आवाज सुनेर उ फुर्ति पूर्वक उछल–कुद गर्नथाल्यो रातीएको अनुहार र आफुलाई सामान्य पार्ने प्रयासमा । कोहि आएर ढोका खोलिदेला र यो कैदबाट उम्किउँला भनेर उ ब्यग्रतापुर्वक प्रतिक्षा गर्न थाल्यो । सानोतिनो गाली सहने र शिक्षकसँग माफी माग्ने योजना बुन्यो उसले । एक मनले त ढोकामा हिर्काउने योजना पनि बनायो तर मनभित्रकै अर्को पाटोले रोक्यो शायद सजायलाई अझै बढाउने सम्भावना हुनसक्थ्यो त्यो अनुशासनहिन प्रयास । एउटा आखाँ चिम्लेर सानो प्वालबाट बाहिर चिहायो । शिवाय खोलाको गन्धे पानी र फोहरमा दौडिरहेका केहि लुतोले खाएका मुसा बाहेक केहि देखेन उस्ले, एउटा कमजोर मुसालाई केहि बलिया मुसा मिलेर खाने प्रयास गरिराखेका थिए त्यहाँ ।
समय घर्किदैँ गयो, प्रतिक्षा खेर जाँदै थियो । एक आवाज टक टक हिँडेको सुनियो, साथमा आवाज “हैन यी मुलाहरु के सम्झिन्छन् हो आफुले आफुलाई ? हामी त मान्छे नै होईन जस्तो ।” पाले दाईको आवाज थियो त्यो, शायद कसैलाई रिस पोख्दै थिए, आवाज ढोकाको छेवैसम्म आयो । सोच्यो किताबको झोला कहाँ होला ? पक्कै कक्षा कोठामा हुनुपर्छ । खाजाको समयमा नखाएको खाजा सम्झ्यो र बाहिर गएर त्यो खाजा पहिले खाने निश्चय ग¥यो । जिन्दगीमा पहिलो पटक उस्ले भोजन भन्दा भोक मिठो भन्ने सत्य बुझ्यो । “क¥याक्क ...............ड्याम्म ।” उस्को सोचाइबिपरीत बाहिरको मुल ढोका बन्द भएको आवाज आयो । “पालेदाई ! ए पालेदाई !! बेतोडसँग करायो उ “सर ! ए सर ! म यहाँ छु ।” “.........................।” “म बुध यहाँ छु ।” प्रतिउत्तर “.....................।” खालि केबल शुन्यता । अब अनुशासनको दायरा तोड्यो उस्ले र भएभरको बलले ठटायो ढोका । पालेदाइ र सरबाट शुरु भएको उस्को सम्बोधन परिस्थीतीको गाम्भिर्यता सँगै दिदी, आमा र बुबासम्म पुग्यो । तर छोरालाई मनपर्ने खाजा बनाउन भान्सा छिरेकी आमा, छोराकै सुखः र सुबिधाको लागी ओभरटाईम काम गरिरहेका बुबा अनि भाईलाई कसरि खुशि बनाउने त आज ? भनेर तानाबाना बुनिरहेकी दिदी यी सबबाट बेखबर थिए ।
“आज घर गएपछि म यो स्कुल पढ्नै आउँदिन । त्यो राम सरलाई त म ढुङ्गाले हानेर .......... !” उ दारा किटेर बर्बराउन थाल्यो । फेरि उ अघिकै जसरी भित्तामा अडेस लागेर बस्यो । “शायद आज सजायँ अलि बढि पाईएलाजस्तो छ । पालेदाईलाई खोलिदीनु भनेर सरहरु गए होलान् ।” सोचाईमा केहि सकारात्मक देखियो उ । थाकिसकेर उभिन नसकी त्यहीँ बाथरुमको प्लाष्टिक बाल्टीनलाई घोप्टयाएर बस्यो उ । आफुँ मुना – मदनको मदन , हिर–राझाँको हिर सम्झन थाल्यो आफुलाई । लगातार गित गाउन थाल्यो, ए दोस्ती हम नहिँ तोडेगेँ, फेरि तिम्रो याद आयो जस्ता पुराना र “तिम्रो लागी मरिदीन्छु, बाचिँदिन्छु तिम्रै लागी । रोदन मेरो तिम्रो खातिर, हाँसिदीन्छु तिम्रै लागी ।।” गीत आफैँ बनाएर गाउन थाल्यो । दोहो¥यायो तेहे¥यायो अन्य आउने गित पनि सबै गाईसक्यो । शायद आँफैभित्रको डर हटाउने प्रयास थियो त्यो । मुख सुक्यो पानी खान, थिएन पानी । भोक लाग्यो तर थिएन खाना । केहि दुरीमै झोलाको टिफीन बट्टामा खाजा थियो तर ??, आँखा चिम्लीयो घरको खाना सम्झिएर केहि तृप्ती मिल्यो उस्लाई । आमाको अनुहार सम्झ्यो । बाबुको रिस मिश्रीत माया सम्झ्यो, एक थप्पड हानेर केहि बेरमै अध्याँरो अनुहार लाएर फकाउन आउने बाबुलाई सम्झ्यो, उस्ले खाना नखादाँ रुने दिदीलाई सम्झ्यो । त्यसै त्यसै आँखाबाट बलिन्द्र धारा आँसु बहन थाल्यो । बाहिर कराएको कागको आवाज सुनेर उठ्यो र प्वालबाट बाहिर हे¥यो । बाहिर रिमरिम अध्याँरो भइसकेको थियो । प्वालबाटै चिच्यायो “ ममी ! ममी !!” “...........................” दुईचारवटा मुसा यताउता लागे ।
उ फर्केर भुँईमा बस्यो । उ भित्रको मान्छेले बिद्रोहको शुरुवात गर्न लाग्यो । उस्ले पेन्सिल झिक्यो, आँखाबाट आइरहेको आँसु बेपर्वाह पुछ्यो । मनभित्रको दोस्रो पाटोले रोक्न खोज्यो उस्को बिद्रोह तर अघिनै ढोका नहानेको दोष पाएपछि चुप रहन बाध्य भयो । उस्को कच्चा मस्तिष्कमा झट्ट नेपाली पाठको एउटा वाक्य याद आयो “तरबार भन्दा कलम बलियो ।” तर कसरी प्रयोग गर्ने ? तरिकासँग उ अभ्यस्त थिएन । त्यती सानु कलम न ढोका फोर्न सक्थ्यो न भित्ता, न त घरमा वा साथीहरुसँग कुरा गर्न सक्थ्यो, न भोकमा खाजा र तिर्खामा पानी नै ल्याईदिन सक्थ्यो । सारै निरीह देखियो कलम । “तरबार भएको भए । यो ढोका काटिदिन्थे अनि बाहिर बरन्डाबाट हामफालेर घर जान्थे ।” महत्व तरबारको बढि देखियो उस्को नजरमा र परिस्थीतीको लागी पनि । बुधेले सिसाकलमले भित्ताभरि बिद्यालयको नाम पछाडी मुर्दाबाद लेख्यो, सजायँ दिने शिक्षकको नामको पछाडी पनि । थाहा पाएजति गाली लेख्यो । केहि अश्लिल चित्र को¥यो । दाँतले टोक्दै लेख्दै गर्दा सिसाकलम सकियो । जुरुक्क उठ्यो, प्वालबाट चिहायो बाहिर पूरै अन्धकारले ढाकिसकेको थियो । फोहोर बग्ने नदिमा अलिपरको घरको बत्ती बलेको प्रतिछायाँ देख्यो उस्ले ।
आक्रोशले चरम सिमा पार ग¥यो । ढोकालाई लात्तीले ठोक्दै रुवाई मिश्रित आवाजमा करायो “दाई ! ए पाले दाई ! ए दाआ..................ई !” “...........।” सन्नाटा शिवाय कतै केहि आवाज छैन । आमा भन्दै घुँडा टेकेर बस्यो उ, दुवै हातले ढोका बजायो सब ब्यर्थ । चिच्याएर रोयो । चारैतिर हे¥यो केहि देखेन बाथरुमभित्र, छेवैमा ब्रस लडिरहेको थियो । त्यही ब्रस उठाएर ढोकामा हान्यो, थाक्यो र बस्यो थ्याच्च । फेरि केहिबेरमा उठेर भित्तामा हान्यो भएभरको बल लगाएर, टुक्रा टुक्रा भयो ब्रस, एउटा टुक्रा आएर निधारमा बज्रियो “ममी ! ऐया मरेनी !!” आवाज दियो । निधारबाट रगत बगिरहेको थियो ।
आवाज सब ब्यर्थ, कोहि आएन । रगतले नदिको रुप लिएर नाक गालाको बाटो हुँदै बहिरहेको थियो । निकैबेरको पिडायुक्त रोदन पछि, रुवाईको आवाज केहि मत्थर भयो । कक्षामा शिक्षकले “फस्र्ट एड” पढाएको सम्झ्यो अरु त के उपलब्ध थियो र ? सिर्फ रुमालले घाउमा थिच्यो । बेपर्वाह बाथरुमको भुँईमा पल्ट्यो । रगतको रङले उस्को श्वास रोकिन खोज्दै थियो । दुखाईको पिडाले थुनिएको पिडालाई केहि कम ग¥यो ।
थकाईले गर्दा उ बाथरुमकै भुईँमा झकाएछ । तन्द्रामा उस्ले देख्यो, उ घरमा बसेर खाजा खाँदै पढिरहेको छ । आज उस्ले टी भी को रिमोट पाउन दिदीसँग झगडा पनि गरेन, न त खाजाको निहुँ निकालेर आमासँग झगडा नै ग¥यो । उस्को बाबा आज छेउमा बसेर कुनै किताब पढ्दैहुनुहुन्थ्यो । आज उस्लाई बाबाको छेउमा बसेर पढ्न रमाईलो लागीरहेको थियो । सँगै अगाडीको घरमा मिसुला बरण्डामा बसेर पढिरहेकि थिई । मिसुलाको ईशारामा उ उठेर जान खोज्यो । अकस्मात ! लड्यो उ । झसङ्ग भएर बिउँझियो बुधे । उस्को शरीर जाडोले कक्रिरहेको पायो । शिरक तान्न खोज्यो साथमा टाउकोलाई शिरानीमा राख्न । उस्को हातले चिसो खाडल स्पर्श ग¥यो । बल्ल उस्लाई आफ्नो अवस्था बोध भयो । हतार हतार उठ्यो । त्यो कालो अध्याँरोमा उ धेरै डरायो, जाडो र डरले थरथर काँप्दै पछि स¥यो । अनेकौँ भुत र अँध्यारोको किस्सा एकैपटक उस्को मस्तिष्कमा छाउन थाले । पछि सराईको पक्रिया पनि पूरा भयो जब उसको शरिरले बाथरुमको अर्को भित्तामा अडेस लायो । तब उस्ले केहि सन्तोष पायो । तर उस्को सन्तोष खोलाले बगाएको मान्छेले जरा समाएजस्तो वा भीरबाट लडेको मान्छेले सहाराको रुपमा सर्प भेटेजस्तो क्षणीक रह्यो ।
भोक, तिर्खा, पीडा, डर, अधेँरो र जाडो जुन कुराको उस्ले जिबनभर सामना गर्न परेन । आज एकैपटक सबैसँग जुझ्दै थियो । उ एक थियो निरीह तर प्रतिस्पर्धीहरु धेरै थिए । सबै नयाँ प्रतिस्पर्धी न तिनको तागत थाहा थियो, न त तिनबाट बच्ने तरिका । प्रतिस्पर्धीको बारेमा राम्रोसँग नसोच्दै उ परास्त भईसकेको थियो तर आफुलाई सम्पूर्ण रुपमा सुम्पिसकेको भने थिएन । उस्का केहि बाकीँ रहेका अस्त्र शस्त्र स्वरुप उस्ले रुने, चिच्याउने र भित्तामा कोपर्न शुरु ग¥यो । उस्लाई के थाहा मानबको सबैभन्दा कमजोर हतियार तिनै हुन् भनेर । तर गर्न नै के सक्थ्यो र उस्ले, जे सजिलो थियो र जानेको थियो त्यही ग¥यो ।
केहि समयपछि उस्ले महशुस ग¥यो जाडो नामक शत्रुले उस्का नाङ्गा औँला र सर्टमात्र लगाएको शरिरमा नराम्रोसँग आक्रमण गरिरहेको थियो । बुधेले हात खल्तिमा घुसा¥यो केहि राहत महशुस ग¥यो । शरिरको जाडो हटाउने प्रयत्न स्वरुप टुक्रुक्क बस्यो सिधा बस्न गा¥हो भएकोले भित्तामा अडेस लाग्यो । भित्ताको चिसोले झनै जाडो थप्यो । थर्रर काम्न थाल्यो उसको शरिर जाडो, डर, भोक र दुखाईले गर्दा । जुरुक्क उठ्यो र अन्तिम प्रयास स्वरुप दुबै हात टम्म कस्यो र ढोकामा हान्यो । ड्याम्म, एउटा भयानक आवाज प्रस्फुटित भयो । केहि थप प्रयास ग¥यो तर सब असफल । चिच्यायो, रोयो तर सब ब्यर्थ गयो ।
बाहिर चिहायो बाथरुमको सानो प्वालबाट धमिलो खोलामा बत्तीका प्रतिछाँया देख्यो । पक्कै रातको ११ –१२ बज्यो होला अनुमान लगायो बर्तमान अवस्थाले उस्लाई मानसिक र शारीरीक रुपमा सबल बनायो । केहि सम्हाल्यो आफुलाई भोलीको सुनौलो दिनको प्रतिक्षामा । जहाँ बिद्यालय खुलेको थियो । उ उस्का अभिभावक, सजायँ दिने शिक्षक र केहि सुरक्षाकर्मी प्रिन्सीपल सरको अफिसमा जम्मा भएका थिए । सजायँ दिने सर बारम्बार रुदैँ माफी माग्दै थिए । प्रिन्सीपल, अभिभावक र अन्य सबैजना मिलेर सजायँ दिने शिक्षकलाई सुरक्षाकर्मीको जिम्मा लगाई कानुनी कार्यबाही गर्ने पक्षमा थिए तर उस्ले शिक्षकलाई माफी दियो । आफ्नो उदारपनाप्रति मख्ख पर्दै खिसिक्क हाँस्दै टुक्रुक्क बस्यो ।
केहि धैर्यता पूर्वक आफ्नो अवस्था बिचा¥यो अब केहि गरि बाहिर निस्केपनि घर जानु भन्दा आफु भएकै ठाँउलाई सुरक्षित मान्यो उस्ले । भोली बिहान सम्म त हो नि ! भोली .....भोली दोहो¥यायो उस्ले । हो मान्छे भोलिको सुनौलो दिनको आशामा बर्तमान बाँच्छ, उस्ले पनि त्यसै निश्चय ग¥यो । तर ! एक्कासी धेरै कमिलाले चिलेको जस्तो तर्सियो उ, सबै अङ्गहरु शिथिल भए उस्का । कारण भोली स्कुल छुट्टी थियो । बित्दै गरेको चिसो रात, बाँकी एउटा सिङ्गो दिन फेरि अर्को कठोर रात । कुनै पनि अवस्थामा उस्ले आफुलाई सम्हाल्न सकेन भएभरको बल लगाएर चिच्यायो तर राक्षसरुपी रात र मसानरुपी शहर जहाँ कोही कसैको हुन सक्दैन यी सबबाट बेखबर मस्त निद्रामा थिए भने बुधको घरपरिवारका सबैको आखाँबाट निद्रा कोसौँ दुर थियो । खोज्न सक्ने ठाँउ र खोज्न पर्ने ठाउँमा सबै खोजिसकेका थिए । छोरालाई मनपर्ने खाना र खाजा बनाएकी आमा करिब करिब अचेत अवस्थामा थिईन भने उस्को मनपर्ने खाजा र खाना असरल्ल भान्सामा कठ्याङग्रीरहेका थिए । आफ्ना पूरा हुन नसकेका ईच्छा र आकांक्षाहरु छोरालाई पूरा गराउँदै आफ्नो सारा बर्तमान छोराको भबिष्यको लागी सुम्पेका बाबु चुपचाप नबोली बसिरहेका थिए एउटा कुनामा तर रुन सकिरहेका थिएनन् । दिदी आमालाई समातेर आश्वासनका शब्दहरु बाँडिरहेकी थिईन जुन शब्दहरुले उनी आफैँलाई आश्वस्त पार्न सकिरहेकी थिईनन् ।
“लौ परमेश्वर भगवान मेरो आमा बुबालाई म यहाँ छु भनिदेउ । म सधैँ लड्डु चढाउँछु, पैसा चढाउँछु म कहिल्यै खराब काम गर्दिन । म सधैँ तिम्रो ब्रत बस्छु ।” –ओठ कमाउँदै अन्तिम अस्त्रस्वरुप भगवानलाई पुका¥यो, बिभीन्न किसीमका लोभ देखायो । जानेसम्मको भगवानका स्तुती ग¥यो पुका¥यो ।
उठेर प्वालबाट चिच्यायो “बाबा ऽ ऽ ऽ ऽ ऽ ऽ ! ममी ऽ ऽ ऽ ऽ ऽ ऽ ! म यहाँ छु । तपार्इँ मलाई कहाँ खोज्दै हुनुहुन्छ ? दि ऽ ऽ ऽ ऽ ऽ ऽ ! भन्दे न म यहाँ छु । अब म कहिल्यै नराम्रो काम गर्दिन नी । राम्रोसँग पढ्छु सबै भनेको कुरा मान्छु, ज्ञानी बन्छु ।” उस्ले बिर्सीसकेको थियो उस्लाई सजाँय किन दिईयो । घरमा आमाको रोईरहेको मुहार सम्झ्यो, बाबुको चिन्तीत अनुहार कल्पियो । हरपल झगडा गरिरहने दिदीलाई सम्झ्यो । आमालाई नसताउने, बाबुलाई नपिराउने र दिदीसँग झगडा नगर्ने प्रण ग¥यो ।
उ बिस्तारै शिथील हुदैँ थियो । भित्तामा अडेस लागेर चोर औलाले केहि लेख्न खोज्यो मतलब रगड्दै आशुँ चुहाईरह्यो चुहाईरह्यो । क्रकेर चेतना लुप्त हुदैँ गरेको हातलाई यताउता घुमाउन खोज्यो । उ अन्धो जस्तै बनिसकेको थियो । उस्को शरिर उस्को नियन्त्रणभन्दा बाहिर जानलागेको थियो । आफसेआफ उस्को शरिर लत्रिदैँ गएर भित्ताबाट तल झ¥यो उ करिब करिब अंग्रेजी अक्षर एल आकारमा लडिरहेको थियो । बिस्तारै हात लगेर शिरानी हालेर पल्टियो । मस्तिष्क शुन्य भईसकेको थियो उस्को । बिस्तारै कोल्टे पर्न खोज्यो सकेन त्यतीकै रह्यो ।
पर्सिपल्ट सारा बिद्यार्थी, सरमिसहरु र परिबारका सबै सदस्य जम्मा भएको सोच्यो । आफ्नो लाशमाथि झम्टेर रुदैँ गरेकी आमा र दिदीलाई सम्झेर केहि आँशु चुहायो, त्यसै त्यसै मुटु गाँठो परेर आयो उस्को । आवाज आउने शक्ति सकिसकेको अनुभव ग¥यो उस्ले । परिबारको माया धेरै लागेको महशुस ग¥यो । जाडोले काँपेको र रुवाईको आवाज बिलकुलै अनौठो लाग्यो । आज नलडेको लडाँई हार्दै थियो उ । चारैतिरबाट जाडो उ भित्र पस्दै थियो । उस्ले निदाउने चेष्टा ग¥यो ।
केहि बेरमा उस्ले जिबनमै नगरेको शान्ति अनुभव ग¥यो । एउटा आरामदायक र सन्तोषजनक निद्रामा परेजस्तो अनुभव ग¥यो । जिबनसँग उ अहिल्यै नै हारिसकेको थियो । लड्नपर्ने बाँकी घण्टा बाँकी रहेन अब उसँग ...................................................।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj