“माता मैले यो बिस्कुट ल्याएको छु । यस्लाई म मेरो सौतालाई लगेर खान दिन्छु । मेरो सौता टाढा भाग्ने वा मर्ने गरेर मन्त्र जगाईदिनु न । अनि यो चुरोटमा पनि जगाईदिनु म मेरो बुढालाई जसरी भएपनि लगेर खान दिन्छु । बुढालाई मेरै पटि बनाईदिनु ।” – उस्ले एकै स्वासमा भनिसकी ।
काम बिशेषले एकजना चर्चित गायकको साथमा म कुनै माताकोमा पुगेको थिएँ । मानवीय स्वभावैले हामीलाई त्यहाँ बिशेष सुबिधा र ठाउँ दिईयो । बाहिर आँगन र बाटो धरि सम्हालीनसक्नु भिड थियो । लाईन ब्यबस्थीत गर्न निकै स्वयमसेबक खटिएका थिए । निकै बेरको कुराईपछि पालो हाम्रो थियो । गायक र म भित्र छिर्यौँ, माताको कोठामा । नजिकै झ्यालबाट एउटा महिला बच्चा बोकेर स्वयमसेबकलाई अटेर गर्दै कराउँदै के चिच्याउँदै थिईन् । उन्को ब्यबहार एकदमै निकृष्ट थियो । अत्यन्तै नराम्रो ब्यबहार पछि माताले भित्र पठाउन भनीन् । सबैलाई पेल्दै र घचेट्दै भित्र आईन उनि, सँगसँगै नमिठो गन्ध पनि । पुलुक्क हेरेँ कहिल्यै नमाझेका दाँत, फोहरी केश, ढङ्गै नपुर्याई लगाएको कपडा, जबरजस्ती थोपरेको लिपीस्टीक, पसिनाले गनाएको शरिर । ओहो ! दुर्गन्ध खपिसक्नु थिएन ।
“हे माता ! मेरो बुढालाई जसरी पनि म भएको ठाउँमा फिर्ता गर्नु पर्यो । लु त यसमा मन्त्र गर्नु पर्यो ।” – उ कराएको करायै थिई अरु कसैको नसुनेर हातमा चुरोट र बिस्कुट लिएर ।
“मलाई त त्यस्तो गर्न आउदैँन त जान्दिन त म ।”– माताले पटक पटक भनिन । तर केहि लागेन । चुरोटको बट्टा र बिस्कुटको प्याकेट तिनै महिलाको हातमा लिन लगाएर केहि गुनगुनाईन माताले ।
“ल अब भयो जाउ ।” – माताले भनिन् किनकी भित्रको बाताबरण गनाएर बसिनसक्नुको थियो ।
“ अनि माता मेरो छोराले केहि खान मान्दैन । यो भातमा पनि फुकिदिनुन ।” – कालो पलाष्टिकको झोलामा ल्याएको भात निकालीन उन्ले । बाहिरैबाट फुकिदिने शर्तमा बाहिर पठाईन माताले त्यो पनि जबरजस्ती ।
“दिदी अब उस्को श्रीमान फर्कन्छ त ?” – मेरो प्रश्न मातालाई ।
“के को फर्कनु नी ।” – माताको उत्तर ।
“अनि अघिको मन्त्र ?”– मेरो जिज्ञाशा ।
“त्यो त त्यसलाई भगाउन मात्रै हो नि ।” – माताको जवाफ ।
“अलिक सफासुग्घर गरे आफ्नो स्वास्थ्यको ख्याल गरे । अलि राम्री भर चिटीक्क परेर बसे बिबाह गरेको श्रीमती हो आईहाल्छ नी फर्केर । हजुरले त दिनको एकपटक नुहाउनु, अनि सिँगारपटार गरेर बस्नु, कहिँ पनि फोहोर नराख्नु, सरसफाईमा धेरै ध्यान दिनु भन्नु पो पर्ने त ? बरु एक प्याकेट साबुन दिएर पठाईदिनुन ।” – मैले मेरो कौतुहलता अनि समाधानको उपाय बिसाएँ । तत्कालै माताले उस्लाई बोलाएर एउटा साबुन दिदैँ भनिन ।
“तिम्रो दुखःको बारेमा भगवानले सबै सुन्नुभो । अब सधैँ बिहान एकचोटी यो साबुनले टाउकोमा छुनु अनि अरु साबुनले नुहाएर धोएको सफा लुगा लगाउनु । लगातार ३ महिनासम्म नुहाउनु, अनि त्यतीन्जेल सम्म घर कोठामा कतै केहि फोहोर हुनहुन्न नी । दाँत नङ सबै सफा हुनपर्छ फेरि ।” – माताले सम्झाईन । ती महिला टाउको हल्लाएर खुशी हुँदै बाहिरीईन ।
आज धेरै दिनपछि तिनै माता दिदीले फोन गरेर मलाई बधाई दिईन । मेरो उपाय काम लागेछ ति महिलाको श्रीमान उसकोमा नै आउन लागेछन् ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj