“ओहो ! कस्ती राम्री देखीएकी ?”
“तपाईँकै लागी त हो नी ।” – लाडीदैँ बोली ऊ ।
“ल, कस्तो राम्रो लिपस्टिक लाएकी ?”
“तँपाइकै लागी त हो नी ।” – अनुहार ऐनामै फर्केको थियो उस्को ।
“वा ! कति राम्रो गुलाबी साडी ?”
“यो पनि तपाईको लागी नै त हो नी ।” – साडीको सप्को मिलाउँदै बोलिन् उनी । मेरा आँखा उनको शरिरको मध्य भाग तिर गाडीएका थिए ।
“अनि यो कपाल किन बटारेको नी ।”
“तँपाईकै लागी ।”
“यो आखीँ भौँ ?– मैले आफुतिर तानेर सोधेँ ।
“हजुरकै लागी ।” – उम्किदैँ बोलिन् उनी ।
“यो सोर्ह श्रृङ्गार ?”
.................................................
क्रमशः म सोध्दै गएँ टीका, गहना, पाउजु, औँठी, कीला काँटा, चोली, थुनचोली, चप्पल आदि आदि । उनी भन्दै गईन “हजुरकै लागी ” भनेर ।
साँझ पर्यो केहि बेरमै रात पनि ।
सुत्ने बेला भयो, कोठामा धमिलो बत्ती बल्यो ।
पहिले साडीको सप्को उत्रियो फेरि साडी । कपाल र लुगाका कीला काँटी क्रमशः खुस्किँदै गयो । कपाल खुल्यो, टीका उक्कीयो, गहनाहरु खुस्कदैँ गए । पाउजु, औँठी चप्पल सबै उत्रिए ।
बाथरुममा गएर सबै सौन्दर्य प्रसाधन पखालिए अन्तमा शरिरका सबै कपडा फुकालेर नग्न उनी अर्थात मेरी अर्धाङ्गिनी मेरै बगलमा घुस्रिईन ।
म सबै सोच्दै थिएँ, ति सबै कस्का लागी त ?
समाप्त
(Concept by Amar Neupane)
No comments:
Post a Comment
Thank You very much. Raj