रातको ९:३० हुनै लागेको छ, म आफ्नो स्कुटी चलाएर बिस्तार बिस्तार घर फर्कदैँ थिएँ । मन उसैको कब्जामा थियो । खै किन किन केहि दिन देखि म नजानिदोँ किसीमले वन साईड लभरको भुमिकामा फिट भईसकेछु ।
कोटेश्वर अलिक अगाडीको सालिक छेउको अध्याँरो ठाउँमा पुग्दा एउटा दृश्यले तान्यो मलाई । एकजना केटी मान्छेलाई केहि मान्छे मिलेर जवरजस्ति एउटा सरकारी नम्बर प्लेट भएको गाडीमा राख्ने प्रयास गर्दै थिए । मैले अलिक पछाडी नै स्कुटी रोकेर हेरेँ केटी मान्छे गाडीमा बस्न मानिरहेकी थिईन् । कहाँबाट के आँट आयो कुन्नी मैले स्कुटी अगाडी बढाएर नजिकै पुगेर बेस्कन लगातार हर्न बजाएँ । मान्छेहरु कोही गाडीमा बसे त कोही अगाडी बढे । गाडी बिस्तारै केही अगाडी पुग्यो ।
त्यही मौकामा मैले त्यो केटी मान्छेलाई स्कुटरको पछाडी बस्न आग्रह गरेँ । उनी बसेपछि बिस्तारै अगाडी बढाएँ तर रोकिएको सरकारी गाडीले अगाडी गएर बाटो छेक्यो मैले स्कुटर घुमाएर गलत साईडबाटै कोटेश्वर तीर अगाडी बढाएँ, केहि केटाहरु कराउँदै थिए । अर्को साईड अर्थात भक्तपुर तीरको बाटो छिराएर कोटेश्वर चोकमा गएर रोकेँ । केटी मान्छे निकै डराएको जस्तो लागीरहेको थियो । एकछिन रोकेर अनुहार हेरेँ लामो र गोरो अनुहार अनि आधुनीक पहिरनमा निकै खुलेकी लाग्थीन उनी ।
”हजुर, कहाँ जाने ?”– मीठो बोलीन ती केटी मान्छेले ।
“म त काँडाघारी जाने हो अनि हजुर ?”– मैले ससम्मान सोधेँ ।
“म पनि उतै जाने हो ।” – उनले भनिन् । पुलिसको गाडी अगाडी लागेको देखेर म पनि पछि – पछि लागेँ । बाटोमा खासै कुरा भएन, जोरपाटी मेडिकल कलेजमा स्टाफ नर्स रहेको बताईन् उनले । अनि कुनै कुरै कुरामा थापा थर भएको पनि ।
“हजुर कहाँसम्म हो ?” – काँडाघारी चोकमा पुगेर मैले सोधेँ ।
“ल, तपाईले मलाई ल्याएको होईन र ?”– ती केटी मान्छेको उत्तरले मेरो होस हवास् नै उड्यो । उसै त छिमेकीहरुले धेरै केटी मान्छे मेरोमा आयो भनेर खेदो खन्छन् झन यो राती त ?
एकछिन कुल भएर सोचेपछि मैले सोधेँ – “अँ, कतै मैले......... ? तपाईँ कतै ..........? ला तपाईँको ब्यापार त बर्बाद गरिँन ?”
केटी मान्छे चुपचाप भईन् । मैले बुझेँ ती केटी मान्छेलाई अनि पाँच सय थमाएर नरेफाँट लगेर छोडेँ । बाटोमा तिनी जस्ता सबै केटी मान्छेले भन्ने गरेका दुखभरि कहानी सुनाउँदै थिईन् उनी । मनमा लागीरहेछ, साँच्चै तिनी घर गईन होला की फेरि ब्यबसाय गर्न ?
समाप्त
(आज भर्खरै घटेको घटनालाई यथा रुपमा प्रस्तुत गरेको छु ।)
Very nice. ramro 6 katha yathartha ghatanako.
ReplyDelete