Friday, April 17, 2020

अहिलेको परिस्थितीमा के अनलाईन कक्षा जरुरी छ ?

                नेपाल लगायत बिश्वकै सबै देशहरु अदृश्य शत्रुको सामना गर्दैछन् । शत्रु अप्ठेरो छ, शत्रु असजिलो छ, शत्रु परिवर्तनिय छ । बम, बारुद, बन्दुक, अस्त्र, शस्त्र त हामीले आफैँ आफैँ लड्न र मर्नको लागि मात्र तयार गरेका रहेछौँ । सैनिक, प्रहरी त हामीले आफ्नै डर हटाउन मात्र तयार गरेका रहेछौँ । नत्र त अहिलेको समयमा काम लाग्नु पर्ने हो ? लागेन पटक्कै लागेन ।

                 प्रकृतीबाट उत्पत्ती भएको शत्रुलाई जित्न नसकेर मानव जाती हायल कायल छ । हामीले आर्जेका ज्ञान बिज्ञान, धन सम्पत्ती कुनै काम आएको देखिन्नन् । संसार त्यही कोरोना नाम गरेको शत्रुसँग भिड्न जोड तोडले लागेको छ । प्रकृती र जीवजनावर हजारौँ बर्ष पछाडि नै होला स्वतन्त्रतापूर्वक रमाएर बाँच्न पाएका छन् ।
Pic source: Google
              पर्यटन, हवाई यातायात, यातायात, मनोरन्जनका क्षेत्र, बिद्यालय, कलेज, शेयर बजार, केहि बाहेक निर्माण क्षेत्रहरु सबै बन्द छन् । लाखौँको रोजगारी गुमेको छ । निश्चीत संख्यामा खाद्यान्न, तरकारी पसलहरु तथा मेडिकलहरु मात्र संचालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार कोरोनाको कहरसँग जेनतेन लड्न प्रयास गदैैछन् । हप्तौँ पहिले युरोप र अमेरिकाका कतिपय देशहरुले अस्विकृत गरेको चीनमा निर्मीत किटले भइरहेको कोरोनाको जाँचले आमजनतामा भ्रम सिर्जना गरिरहेको छ । 

Tuesday, April 14, 2020

बजाउँ सरकार बजाउँ

सरकार
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
pic : copied
भान्छामा बजेका खाली भाँडाहरुको आवाजले
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले

Thursday, January 16, 2020

हो, म सबैको प्यारो हुनेछु : दैनिकी

              उमेर र अनुभवले खारिएका, समृद्धीको शिखर र असफलताको मैदान दुवै भोगीसकेका । अमेरिकामा निकै बर्ष बसाईँ गरेर अझै बर्षको कम्तिमा एक पटक बिदेश घुमिरहन उमेरले बासमान उमेरका साथीले चिया बसाईँको क्रममा भने 

             – तपाईँको एउटा बानी नराम्रो छ नी । 

            अप्रत्याशीत रुपमा उहाँबाट आएको कुराले मलाई केहि बेर मौन बनायो । मैले जानेसम्म र बुझेसम्म मेरा बानीहरु मलाई अग्रजहरुले सिकाए बमोजिमै थियो । अर्थात सरल भाषामा मैले अँगालेको बानी राम्रैमा गनिन्छ भन्ने मलाई बिश्वास थियो । 

            – के छ सर, त्यस्तो ? 

         अमिलिएको मन अनुहारमा नदेखियोस भन्ने सकेसम्म प्रयास गर्दै प्रतिप्रश्न गरेँ । मनले कता कता मानिरहेको त थिएन ।

Wednesday, January 15, 2020

तिलान्जली : नैतिक शिक्षा


            सत्य बोल, चाहे सत्य तीतो नै किन नहोस् । 
            ईमान्दारीता मानिसको गहना हो, त्यसैले ईमान्दार बन । 
            मेहनत गर्ने मान्छे कहिल्यै असफल हुँदैन । 
            मेहनतले मानिसलाई सफल बनाउँछ । 
            घुस लिन र दिन हुँदैन । 

                भन्ने गरेका, हामीले पढ्ने गरेका, बाआमा, गुरु, हजुरबाआमा लगायत ठूला मान्छेले भनेका  र मैले करिब दुई दशकबाट साना नानीबाबुहरुलाई पढाउँदा भन्ने गरेका वाक्यहरु हुन् । अझै पनि भन्ने गरेको छु तर आफ्नै मनलाई ढाँटेर । हजुरबा हजुरआमा, ठुलाबा र बाले जानी नजानी धेरै कुरा सिकाउनु भयो । सिकाएका कुरा जानेको बेलामा पाएको स्याबासीले मखलेल पनि भईयो । जस्तै :
                          १) आपतमा पर्दा भन्ने मन्त्र 
                         २) डर लाग्दा भन्ने मन्त्र 
                         ३) दुख निवारण मन्त्र 

                        ४) नराम्रो सपना देख्दा जप्ने मन्त्र 

Friday, January 3, 2020

एकछिन : भक्तपुर पर्यटन र हामी

                 देश भ्रमण बर्ष २०२० को रन्कोमा छ । पर्यटकहरुलाई धेरै दिन अल्मल्याउन सक्ने आधारहरु अत्यन्त कम छन् । जति छन् ती पनि अधिकांश प्राकृतीक छन् । पर्यटकहरुलाई एकै दिन सबै तिर घुमाउनु भन्दा पनि एकै ठाउँमा दिनभर अल्मल्याउन सक्ने संरचना र जनशक्ति बनाउनु जरुरी छ । जस्तै : पर्यटकले एकै दिन स्वयम्भु, पशुपतीनाथको मन्दिर, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र घुमाउनु भन्दा हरेक दिन एउटा क्षेत्र घुम्न पुग्ने संरचना बनाउँदा पर्यटक अलि धेरै दिन बस्ने वा अर्को पटक बाँकी संरचना हेर्न आउने सम्भावना रहन्छ । 
यी त भए पर्यटनका सामान्य कुराहरु,
                  भर्खरै भक्तपुर दरबार क्षेत्रमा जान पर्ने सानो काम परेर त्यहाँ पुगेर केहि बेर पर्खदाँ देखेका भोगेका घटनाले देशको पर्यटन, पर्यटकहरुको चासो र चाख देखिने केहि घटनाहरुले चकित खाईयो । हामी नेपाली अझै हाम्रो गरिबि र विवशता बेच्न लालायित रहेछौँ र पर्यटकहरु हाम्रो गरिबि र विवशता किन्न कति आतुर रहेछन् भन्ने त्यो घटनाले प्रष्ट देखियो ।   


घटना नं १ :

Thursday, November 15, 2018

आधा अझै बाँकी छ ।

            सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी । 
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ? 
    – तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।

Monday, August 6, 2018

याैनहिँसा - जिम्मेवार काे ?

                    म कुनै विशेषज्ञ, अध्ययनकर्ता, चिकित्सक वा अजासु केहि पनि हैन । एउटा सामान्य शिक्षक जो बितेका १६ बर्ष देखि साना नानीबाबुहरुलाई पढाइरहेको छु । साना साना नानीबाबुहरु पढाउनु भनेको अभिभावक बन्नु हो अर्थात दोस्रो बाआमा बन्नु हो (भलै अचेल नानीबाबुका बाआमाले पैसा तिरेर पढाउन पठाएकैले दोस्रो बाआमा बन्ने अधिकार संकुचीत भएको छ । यसको बारेमा पछि कुरा गरम्ला ।) । अभिभावक बन्न सजिलो पक्कै छैन, थिएन र हुनेछैन । बितेका तीनै १६ बर्षहरुमा अनेकन घटना देखियो र भोगियो पनि । ती भोगाई र देखाईहरुको मेरा नितान्त ब्यक्तिगत सम्पती हुन, ईच्छा र समय मिलेमा बाँडौला पनि ।   

          तीनै मैले पढाउने जस्तै सानासाना नानीहरु बलात्कारको शिकार बनेको समाचार दिनरात सुन्दा असह्य हुन्छ । समाचारहरुबाट भागेर कतै टाढा जाउँजस्तो लाग्छ । सक्दिन र त यो लेख्ने जमर्को गर्दैछु । हाम्रो सामाजीक संरचना, समाजको सेरेफेरोमा रहेर मेरा नितान्त ब्यक्तिगत बिचारहरु पोख्दैछु, कोहि सहमत हुनुहोला भने असहमत हुने अधिकार पनि छ किनकी मैले भनिसकेको छु म सामान्य शिक्षकमात्र हुँ, सामान्य शिक्षकले भनेको कुरा ठीक हुनुपर्छ भन्ने छैन । 

समाजमा बलात्कार जस्तो घृणित कार्य बढ्ने कारणहरुः 

Saturday, March 24, 2018

कक्षा १ मै फेल

हामी बर्षौँ देखि साना बच्चाहरुलाई पढाइरहेका लाई राम्रैसँग र बालबच्चाको पठनपाठनमा सामान्य ध्यान दिने सबैले थाहा पाउने तथ्य हो – सानो उमेरमा राम्रो पढ्ने बच्चाहरु उमेर बढ्दै गएपछि त्यती राम्रोसँग नपढ्ने हुनसक्छन् । वा सानोमा ढिलो बुझ्ने, पढ्दै नपढ्ने बच्चाहरु पनि पछि राम्रोसँग पढ्ने हुनसक्छन् । फरक बौद्धिक क्षमता भएका भन्दा बाहेक अन्य बालबच्चाहरुको पठनपाठन घरपरिवार र अभिभावकले दिएको वातावरण, अभिावकको चासो र लगाव तथा अभिभावकले दिने समय जस्ता कुराहरुले प्रभाव पार्छ । केहि समय निरन्तर अभिभावकले उपयुक्त वातावरण, समय सहित चासो दिएमा पठनपाठनमा कमजोर भनिएका बालबच्चाहरुले राम्रो गर्न सक्छन् भने राम्रो पठनपाठन भएका बालबच्चाहरुलाई केहि समय अभिभावकले राम्रो वातावरण र समय दिन नसके वा कुनै पनि कारणले पठनपाठनको वातावरण बिथोलिए कमजोर हुन सक्छन् । 
picture: google

Thursday, January 21, 2016

कवि, कविता, असरफ र मान्छे

         हरेक देशकाे अाफ्नै कानुन, रिति थिती हुन्छ नै । नेपालमा हाड नातामा बिवाह गर्नु अपराध हाे जुन कुरा अन्य मुलुकमा लागु नहुन सक्छ । नेपालमा गाइ काटेर मासु खानु अपराध हाे जुन कुरा कैंयन मुलुकमा सामान्य हाे । यस अर्थमा हेर्दा ती टाढाका कविले त्यहाँकाे कानुनःत गल्ती गरेका छन् जस्काे सजाय पाउनै पर्छ । कवि भएकै नाताले उनले गरेकाे अपराधबाट उन्मुक्ती पाउनुपर्छ भनेर कसैले भन्छ भने त्याे सरासर गलत छ । हाे, मानवताकाे नाताले उनले पाएकाे सजाय गलत छ भने कुराे अर्कै हुन सक्छ । तर हाम्रा देशका कवि (भनिएका वा भनाइएका) हरू भने असरफ फयाद कवि भएकाे कारणले उनले सजाय पाउन नहुने पाङ्दु्रे तर्क गर्दै केटाकेटी खेल लाग्ने कार्यक्रम गर्दैछन् जुन हाँस्यास्पद छ । नेपालका कविहरूलाइ कविता सुन्ने सुनाउने रहर  धेरै हुने गर्दछ जुन केहि बर्ष अगाडि म अाफैँलाइ पनि हुने गर्दथ्याे ।  हाे कविता सुन्न सुनाउन बिषयबस्तु नै खड्केकाे भए केहि भन्नु  छैन, तै पनि हाम्रो देशमा बिषयबस्तुकाे कमि नै के थियाे हाेला र ? सरकार, नाकाबन्दी, तराइ अान्दाेलन, भुकम्प पिडितकाे बेहाल अादि अादि बिषयहरू नाकै मुन्तिर छरिएका थिए नै । 
             

         म देख्छु याे संसारमा अझ भनाैँ हाम्राे जस्ताे संसारमा मान्छे मात्रै भएर बाँच्न कति गाराे छ ?  पत्रकार, कवि, मानवअधिकारकर्मी जस्ता उपाधी नामकाे अगाडी भिडेपछि तीनलाइ जे गर्न पनि छुट छ अर्थात तीनकाे अनावश्यक रूपमा साथ दिएर बाेल्दिने मान्छे प्रशस्तै हुने गर्दछन् । अवस्था कतिसम्म बिजाेग छ भने - अाजै एकजना सामाजीक संजालमा असरफ बचाउन लागी पर्ने तीनपाते कवि (जिवनमा एकपटक जाे सुकै पनि कवि हुन्छ, जसरी हरेक बिरूवा सानाेमा उस्तै तिनपाते देखिन्छन्  । ) ले दर्शन दिए / दिइन । उनकाे तर्क सुन्दा लाग्थ्याे असरफ भन्दा महान र उनले जतिकाे राम्रो काम कसैले गरेका छैनन् । अझ उनकाे शब्द सापट लिएर भन्नु पर्दा - अाेली सरकारले गरेकाे अहिलेसम्मकाे सबै भन्दा नराम्रो काम रे । (??) उनले र उनकाे टीमले जसरी पनि असरफलाइ बचाएर छाेड्छन् रे (??) अरे वा ! कुन देशमा, किन, कसरी, के का लागि असरफले सजाय पाएका छन् भन्ने पनि थाहै नपाइ, अान्दाेलन ? (??) म लाजले टाउकाे हल्लाएर बसेँ । छेवैमा स्यामसाउकाे (स्यामसुङ) फाेनमा फेक कल उठाएर  भाग्नुभन्दा अन्य बिकल्प रहेन मेराे लागि । 

Friday, August 28, 2015

पँधेर्नीका कुरा

;Gt] x/bd ;dfh;Fu 8/fpFYof] . ;dfhn] s'/f sf6\nf ls eg]/ ;w}+ ;ts{ /xGYof] . kmn:j?k afFRYof] sd, Hofbf dYof]{ . x/]s s'/fdf  ;dfhsf  ;fgfltgf  lgod  lyP  .  pm  oyf;Dej  ;a}nfO{ dfGYof] .
;dosf] qmd;Fu} p;sf] 3/df cfpg] wf/fsf] kfgLsf] d"n ;'Sof] . ca pm g'xfpg laxfg} glhs}sf] 9'Ë]wf/f hfg yfNof] . Ps lbg laxfg wf/fdf hfFbf clns k/}af6 p;sf] s'/f eO/x]sf] rfn kfof] .
æx}g Tof] df]/f] ;Gt], s] ljlw kfQ]sf] < Oq' s6\6' nufP/ g'xfpF5 eGof .Æ  – Pp6L y;'NnLn] b'O{ cf}+nf Pscsf{df 5'jfpFnf e}mF u/L kmTkmtfO{ .
æxf] t lg, nfh;/d kr]sf] df]/f] . x}g Û s] agfÚsf xf]nfg\ xf] < O{q' ;fg' /fd|f];Fu 5f]Kg klg g;Sg]=== .Æ – ;a} l5lNnP/ xfF:g yfn] dfgf}+ s;}n] sfps'tL nufO/x]sf] 5 .
æn oq} x'G5 xf] <Æ– kftnLn] km]l/ ykL cf}+nfsf] O{zf/fdf .
æ:jf:gL 3/df 5}g clg c?nfO{ b]vfÚsf] xf]nf lg ÛÆ – ufu|L tfGb} af]nL ufhnL .