देश भ्रमण बर्ष २०२० को रन्कोमा छ । पर्यटकहरुलाई धेरै दिन अल्मल्याउन सक्ने आधारहरु अत्यन्त कम छन् । जति छन् ती पनि अधिकांश प्राकृतीक छन् । पर्यटकहरुलाई एकै दिन सबै तिर घुमाउनु भन्दा पनि एकै ठाउँमा दिनभर अल्मल्याउन सक्ने संरचना र जनशक्ति बनाउनु जरुरी छ । जस्तै : पर्यटकले एकै दिन स्वयम्भु, पशुपतीनाथको मन्दिर, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र घुमाउनु भन्दा हरेक दिन एउटा क्षेत्र घुम्न पुग्ने संरचना बनाउँदा पर्यटक अलि धेरै दिन बस्ने वा अर्को पटक बाँकी संरचना हेर्न आउने सम्भावना रहन्छ ।
यी त भए पर्यटनका सामान्य कुराहरु,
भर्खरै भक्तपुर दरबार क्षेत्रमा जान पर्ने सानो काम परेर त्यहाँ पुगेर केहि बेर पर्खदाँ देखेका भोगेका घटनाले देशको पर्यटन, पर्यटकहरुको चासो र चाख देखिने केहि घटनाहरुले चकित खाईयो । हामी नेपाली अझै हाम्रो गरिबि र विवशता बेच्न लालायित रहेछौँ र पर्यटकहरु हाम्रो गरिबि र विवशता किन्न कति आतुर रहेछन् भन्ने त्यो घटनाले प्रष्ट देखियो ।
घटना नं १ :
एक जना नेवारी समुदायकै बृद्ध हातमा लालुपातेको हाँगा टुप्पामा रातो फुल सहितको बोकेर पुरानो लुगामा मन्दिरको ढोकाको छेउमा अजिब पोजमा बसिरहनुभएको थियो र हरेक पर्यटकलाई तस्बिर खिच्न अनुरोध गर्दै हुनुहुन्थ्यो । तस्बिर खिच्न खोज्ने पर्यटकहरुलाई अग्रिम पैसा माग्दै हुनुहुन्थ्यो । नजिकै अर्को जना बृद्ध पनि ओठमा रातो लगाएर मकैको एउटा झुत्ता बोकेर पोज दिएर उभिनु भएको थियो । यी घटना खासै अनौठो नलागेकैले पनि वास्ता नगरेर अगाडी बढेँ ।
एक जना नेवारी समुदायकै बृद्ध हातमा लालुपातेको हाँगा टुप्पामा रातो फुल सहितको बोकेर पुरानो लुगामा मन्दिरको ढोकाको छेउमा अजिब पोजमा बसिरहनुभएको थियो र हरेक पर्यटकलाई तस्बिर खिच्न अनुरोध गर्दै हुनुहुन्थ्यो । तस्बिर खिच्न खोज्ने पर्यटकहरुलाई अग्रिम पैसा माग्दै हुनुहुन्थ्यो । नजिकै अर्को जना बृद्ध पनि ओठमा रातो लगाएर मकैको एउटा झुत्ता बोकेर पोज दिएर उभिनु भएको थियो । यी घटना खासै अनौठो नलागेकैले पनि वास्ता नगरेर अगाडी बढेँ ।
घटना नं २ : सैनिकहरुको नियन्त्रणमा रहेको क्षेत्रबाट बाहिर निस्केर घाममा उभिएर बसिरहेको थिएँ । एकजना युवती बच्चाको राम्रो लुगा फुकालेर झोलाबाट पुरानो कपडा निकालेर लगाईदिइरहेको देखेँ । सामान्य कुरा भएर पनि उनको हतारोले त्यता ध्यान तान्यो । पुरानो कपडा लगाई दिईसकेपछि उनले झोलाबाट पाउरोटी निकालेर पानीले भिजाउँदै बच्चाको मुखमा दलिदिईन् र हातमा एउटा पाउरोटी थमाइदिईन् । अनौठो मानेर हेर्दै गर्दा साथीको आगमनले अलमल बनायो । क्यामेरा निकालेर अलिकती अगाडी बढ्दै गर्दा निकै पर्यटकहरु क्यामेरा तेस्र्याएर तस्बिर लिन लागेको देखे पछि उत्सुकतापूर्वक त्यतै ध्यान दिँदा पो थाहा भयो । अघिनैको सानो काखे बच्चा सहितका तीन चार बच्चालाई फोहोरी बनाएर हातमा पाउरोटीका टुक्रा बोक्न लगाएर मन्दिर अगाडी पेटीमा राखिएको थियो । फोहोरी र खान नपाएका बच्चा देखे पछि पर्यटकहरु गरिबिको (देखाइएको) तस्बिर खिच्न त्यतै झुत्तिएका थिए । तस्बिर खिच्ने बच्चाका आमाहरु पर्यटकहरुसँग पैसा माग्दथे । भिडभाड निकै भएर पैसा माग्न समस्या परेको देखेपछि आमाहरु बच्चा बोकेर अर्को तिर लम्कन्थे ।
नजिकै प्रहरी, सैनिक र दरबार क्षेत्रका पदाधिकारीहरुलाई यो कुरा थाहा होला नै । यस्तो कृयाकलाप रोक्न पहल गरे कति राम्रो हुँदो हो ।
No comments:
Post a Comment
Thank You very much. Raj