नेपाल लगायत बिश्वकै सबै देशहरु अदृश्य शत्रुको सामना गर्दैछन् । शत्रु अप्ठेरो छ, शत्रु असजिलो छ, शत्रु परिवर्तनिय छ । बम, बारुद, बन्दुक, अस्त्र, शस्त्र त हामीले आफैँ आफैँ लड्न र मर्नको लागि मात्र तयार गरेका रहेछौँ । सैनिक, प्रहरी त हामीले आफ्नै डर हटाउन मात्र तयार गरेका रहेछौँ । नत्र त अहिलेको समयमा काम लाग्नु पर्ने हो ? लागेन पटक्कै लागेन ।
प्रकृतीबाट उत्पत्ती भएको शत्रुलाई जित्न नसकेर मानव जाती हायल कायल छ । हामीले आर्जेका ज्ञान बिज्ञान, धन सम्पत्ती कुनै काम आएको देखिन्नन् । संसार त्यही कोरोना नाम गरेको शत्रुसँग भिड्न जोड तोडले लागेको छ । प्रकृती र जीवजनावर हजारौँ बर्ष पछाडि नै होला स्वतन्त्रतापूर्वक रमाएर बाँच्न पाएका छन् ।
पर्यटन, हवाई यातायात, यातायात, मनोरन्जनका क्षेत्र, बिद्यालय, कलेज, शेयर बजार, केहि बाहेक निर्माण क्षेत्रहरु सबै बन्द छन् । लाखौँको रोजगारी गुमेको छ । निश्चीत संख्यामा खाद्यान्न, तरकारी पसलहरु तथा मेडिकलहरु मात्र संचालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार कोरोनाको कहरसँग जेनतेन लड्न प्रयास गदैैछन् । हप्तौँ पहिले युरोप र अमेरिकाका कतिपय देशहरुले अस्विकृत गरेको चीनमा निर्मीत किटले भइरहेको कोरोनाको जाँचले आमजनतामा भ्रम सिर्जना गरिरहेको छ ।
Pic source: Google |
चैत्र ५ गतेबाट बिद्यालयहरु बन्द भएपछि फुर्सदमा रहेका लाखौँ बालबालिकाहरु एउटा परिधिमा थुनिएर बसेका छन् । कतिपय अभिभावकहरुको लागी उनीहरुलाई यत्रो दिनसम्म घरमा सँगै राख्न कठिन पनि भइरहेको छ । स्वभावैले उफ्रने, दौडने, चकचक गर्ने र जिज्ञाशु बेलामा नानीबाबुहरुलाई एउटा निश्चीत घेरामा राख्ना असजिलो त हुन्छ नै ।
सँगै धेरै अभिभावकहरुमा नानीबाबुहरुको पठनपाठनको चिन्ता भएको पनि देखिन्छ । हुन त, बिद्यालय गएर पाईने औपचारीक शिक्षालाई अलिक पर राखेर हेर्दा अनौपचारीक तथा जिवनोपयोगी शिक्षाको लागी यो भन्दा ठूलो अवसर शायदै अर्को पाईएला । जिवन जगत बुझ्न, जिवनोपयोगी सीप सिक्न, अभिभावक र नानीबाबुहरुको सम्बन्ध बढाउन यो समय स्वर्णीम हुनसक्छ ।
सरकार र संस्थागत बिद्यालयहरु बिच एउटा अजिबको भ्रम पूर्ण सम्बन्ध छ । सरकार ः संस्थागत बिद्यालयमा पढेकाहरुलाई सरकारी छात्रबृती दिदैँन । कतिपय स्थानीय निकायहरुले बालबच्चाहरु संस्थागत बिद्यालयमा पढेका अभिभावकहरुलाई कोरोनाको राहत दिन योग्य मान्दैनन् र दिदैँनन् पनि । तर त्यही राज्य राहतको नाममा तिनै संस्थागत बिद्यालयलाई एक महिनाको शुल्क छुट दिन बाध्य गराउँछ÷गराउन खोज्छ । भलै बार्षिक अर्बौ रुपैँया नाफा कमाउने सरकारी संस्थानहरु जस्तैः दुरसंचार, बिद्युत प्राधिकरणहरुबाट जनताहरुलाई राहत दिने कुनै योजना ल्याउन सक्दैन ।
Pic Source : Google |
अर्कोतर्फ संस्थागत बिद्यालयहरुको पारा अनौठो छ : देश र संसार अप्ठेरो अवस्थामा छ । हामी बैशाखको पहिलो हप्तामा छौँ र केहि महिना बालबालिकाहरुको पठनपाठन रोकिएर खासै फरक पर्ने केहि छैन । कतिपय प्रकाशकहरुले पाठ्यपुस्तक छापेका छैनन्, अधिकांश बिद्यालयहरुले परिक्षाफल प्रकाशन गर्न सकेका छैनन् । तर पनि के के न बिते जस्तो अनलाईन भर्ना र अनलाईन कक्षाको शुरुवात गर्न हतार भइसक्यो । अरु भन्दा फरक र उत्कृष्ट देखाउने यो दुई पैसे उपायले कतै देश र समाजमा अप्ठेरो त पार्दैन ? भन्ने मात्र सोच आए पनि यो अनलाईन कक्षाको नाटक गर्दैन थिए कि ? अनलाईन कक्षा शुरु गर्ने ढोँग गर्नेहरुलाई केहि जिज्ञाशा र सल्लाहहरुः
१) जुम अथवा फेसबुकमा दुई चार जना जम्मा भएर एकतर्फी रुपमा बोलिने कक्षाहरु के अनलाईन कक्षा हुन् ?
२) के सबै बालबालिकाको घरमा ईन्टरनेटको सुविधा छ ? र सबै बालबालिका अनलाईन कक्षामा उपलब्ध छन् ?
३) तपाईँको शिक्षक वा तपाईँ आफैँ अनलाईन कक्षाको लागि तयार हुनुुहुन्छ ? कि जुम वा फेसबुक चलाउने बित्तिकै अनलाईन कक्षा चलाउन योग्य भईयो ?
४) कतै अनलाईन कक्षाको बहानामा बिद्यार्थीहरु ईन्टरनेटको दुरुपयोग त गरिरहेका छैनन् ?
Pic Source: Google |
५) कतै दुखजिलो गरेर आफ्ना बच्चाहरु संस्थागत बिद्यालयहरुमा पढाइरहेका अभिभावकहरुलाई अहिलेको अप्ठेरो बेलामा झनै अप्ठेरो परिरहेको त छैन ? साथीहरु अनलाईन कक्षामा पढिरहेको थाहा पाए पछि बालबच्चाहरुले अभिभावकहरुलाई ईन्टरनेट, मोबाईल या कम्प्युटर किन्न दबाब दिईरहेका त छैनन् ?
६) के संस्थागत बिद्यालयहरुसँग अनलाईन कक्षाको लागि आवश्यक पाठ्यक्रम छ ? र सबै शिक्षकले घरबाटै राम्रा ज्ञान मात्र बाँड्छन् ?
७) कतै हुनेखाने र हुँदाखाने बर्ग बिचको खाडल झन बढ्दै त छैन ?
८) शिक्षकले कक्षाकोठामा आफ्नो आँखा अगाडि राखेर पढाउँदा त बालबालिकाहरु रहर गरेर पढ्दैनन् भने अनलाईनमा ध्यान लगाएर किन पढ्छन् ?
९)दुर्गम, ईन्टरनेटको सुविधा राम्रो नभएको, बिभिन्न कारणले दक्ष जनशक्ति नभएको वा पर रहेको बिद्यालयहरुले कसरी अनलाईन कक्षा शुरु गर्लान ?
धेरै अन्य प्रश्नहरु पनि छन् ।
यतिबेला संस्थागत बिद्यालयहरु समाजमा बिभेद र वर्गविभाजनमा लाग्नु भन्दा केहि समय चुपचाप रहनु नै उपयुक्त हुनसक्छ । प्याब्सन, एन–प्याब्सन जस्ता संस्थाहरुले अनलाईन कक्षा र भर्नाको बिषयमा केहि बोल्नु जरुरी र उपयुक्त देखिन्छ । बरु सबै मिलेर अभिभावकहरुलाई यो बालबच्चा र अभिभावकको लागि प्राप्त स्वर्णीम अवसर सदुपयोग कसरी गर्ने भनेर सुसुचित गरौँ ।
No comments:
Post a Comment
Thank You very much. Raj