म कुनै विशेषज्ञ, अध्ययनकर्ता, चिकित्सक वा अजासु केहि पनि हैन । एउटा सामान्य शिक्षक जो बितेका १६ बर्ष देखि साना नानीबाबुहरुलाई पढाइरहेको छु । साना साना नानीबाबुहरु पढाउनु भनेको अभिभावक बन्नु हो अर्थात दोस्रो बाआमा बन्नु हो (भलै अचेल नानीबाबुका बाआमाले पैसा तिरेर पढाउन पठाएकैले दोस्रो बाआमा बन्ने अधिकार संकुचीत भएको छ । यसको बारेमा पछि कुरा गरम्ला ।) । अभिभावक बन्न सजिलो पक्कै छैन, थिएन र हुनेछैन । बितेका तीनै १६ बर्षहरुमा अनेकन घटना देखियो र भोगियो पनि । ती भोगाई र देखाईहरुको मेरा नितान्त ब्यक्तिगत सम्पती हुन, ईच्छा र समय मिलेमा बाँडौला पनि ।
तीनै मैले पढाउने जस्तै सानासाना नानीहरु बलात्कारको शिकार बनेको समाचार दिनरात सुन्दा असह्य हुन्छ । समाचारहरुबाट भागेर कतै टाढा जाउँजस्तो लाग्छ । सक्दिन र त यो लेख्ने जमर्को गर्दैछु । हाम्रो सामाजीक संरचना, समाजको सेरेफेरोमा रहेर मेरा नितान्त ब्यक्तिगत बिचारहरु पोख्दैछु, कोहि सहमत हुनुहोला भने असहमत हुने अधिकार पनि छ किनकी मैले भनिसकेको छु म सामान्य शिक्षकमात्र हुँ, सामान्य शिक्षकले भनेको कुरा ठीक हुनुपर्छ भन्ने छैन ।
समाजमा बलात्कार जस्तो घृणित कार्य बढ्ने कारणहरुः
१) गरिबि : हामी धेरै नेपालीहरु गरिबिकै कारणले र गाउँका घरहरुको संरचनागत हिसाबले पनि एउटै कोठामा परिवारका सबैजना सुत्ने गर्दछौँ । जसको कारणले चाहेरै पनि बुढाबुढीले एकान्तमा गर्नुपर्ने काम सार्वजनिक हुन्छ । छोराछोरी साना छन् या निदाइसकेका छन् भन्ने लागेर गर्ने यस्ता कामले बालबालीकाहरुमा एकप्रकारको जिज्ञासा उत्पन्न हुन्छ । जसको कारणले तोतेबोली बोल्ने कतिपय बच्चाहरुले बेहुला बेहुली बन्ने खेल खेलेर सो कार्यको नक्कल गर्ने गरेको पाइन्छ । उमेर, नातासम्बन्ध, दुई पक्षबिचको सहमतिको बारेमा जानकार नभई अभिभावकले गरेको यौनकार्य मात्रै देखेका बालबालीकाहरुलाई सहि सुचना र सल्लाह नदिए जुनसुकै बेलामा पनि त्यस्ता हर्कत देखाउन सक्छन् । ठुला र आफुसमानको साथीहरुमा प्रयास गर्दा जोखिम हुने भएकोले तीनको सजिलो शिकार नाबालक वा नाबालीका नै हुने गर्दछन् ।
चौध पन्ध्र बर्ष जति अगाडीको एउटा सानो घटना : साथीको स्कुलमा कक्षा नर्सरीमा पढ्ने एकजना सानी नानीले टीभीमा नृत्य हेर्दै गर्दा भनिन् – हाम्रो मामु र तलको सुमन अंकल त सुतीसुती नाचिसिन्छ भन्या । हामी मुखामुख गरेर चुप भयौँ । अचेल ती नानी कता र के गर्दै होलिन् र तीनको र उनको आमाबिचको व्यवहार कस्तो होला ? जान्न मन लाग्छ ।
त्यसैले केहि निकै बालबालीकाहरुका अभिभावकहरु पनि दोषी हुन सक्छन् (अनुमान)। हाम्रा आफ्नै बालबालीकाहरु पनि पीडक अथवा पिडित हुन सक्छन् । बाहिर चोट नदेखिएसम्म उत्पीडनका अन्य पक्षहरु यौनांग छुने, अन्य अंगहरु छुने, गलत आशयकासाथ म्वाईँ खाने लगायतका दुर्ब्यबहार हरु बाहिर आउँँदैन नै । अझ बालबालीकाहरु यौनांगहरु छोएको, गलत आशयले म्वाईँ खाएकोलाई पनि माया नै सम्झेर खुशी हुने पनि गर्छन । बाहिर देखिने चोट कम हुने, शरीरमा यौनांगको बनोट र सामाजिक संरचनाको कारण बालकहरुमा हुने यौनहिँसाका घटना कमै बाहिर आए पनि प्रशस्तै हुने गरेको पाइन्छ, छ ।
एउटा अर्को सानो उदाहरण सहित सानो निष्कर्ष तिर जान्छुः नर्सरीमा पढ्ने बच्चालाई जुत्ता लगाइदिँदै गर्दा झन्डै हजुरआमा उमेरको आया दिदीको कुर्ता तानेर स्तन हेर्दै सो बच्चाले कत्रो ठूलो भनेछ । कहाँबाट सिकेको भन्ने प्रश्नमा बाबाले ममिलाई यसै भन्नुहुन्छ र गर्नुहुन्छ भन्ने जवाफ सो बच्चाबाट आयो ।
तसर्थ करिब डेढ दुई बर्ष पछाडिका बच्चाहरुको अगाडि अभिभावकहरुले कुनै पनि यौनिक कार्यहरु नगर्ने, रातमा पनि यौन कार्यको एउटै कोठा प्रयोग नगर्ने । यसले पनि समाजमा ब्याप्त यौनहिँसा कम गर्न ठुलो मद्दत पुग्ने हुनसक्छ । ...........क्रमशः...........
No comments:
Post a Comment
Thank You very much. Raj