Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

Friday, January 3, 2020

एकछिन : भक्तपुर पर्यटन र हामी

                 देश भ्रमण बर्ष २०२० को रन्कोमा छ । पर्यटकहरुलाई धेरै दिन अल्मल्याउन सक्ने आधारहरु अत्यन्त कम छन् । जति छन् ती पनि अधिकांश प्राकृतीक छन् । पर्यटकहरुलाई एकै दिन सबै तिर घुमाउनु भन्दा पनि एकै ठाउँमा दिनभर अल्मल्याउन सक्ने संरचना र जनशक्ति बनाउनु जरुरी छ । जस्तै : पर्यटकले एकै दिन स्वयम्भु, पशुपतीनाथको मन्दिर, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र घुमाउनु भन्दा हरेक दिन एउटा क्षेत्र घुम्न पुग्ने संरचना बनाउँदा पर्यटक अलि धेरै दिन बस्ने वा अर्को पटक बाँकी संरचना हेर्न आउने सम्भावना रहन्छ । 
यी त भए पर्यटनका सामान्य कुराहरु,
                  भर्खरै भक्तपुर दरबार क्षेत्रमा जान पर्ने सानो काम परेर त्यहाँ पुगेर केहि बेर पर्खदाँ देखेका भोगेका घटनाले देशको पर्यटन, पर्यटकहरुको चासो र चाख देखिने केहि घटनाहरुले चकित खाईयो । हामी नेपाली अझै हाम्रो गरिबि र विवशता बेच्न लालायित रहेछौँ र पर्यटकहरु हाम्रो गरिबि र विवशता किन्न कति आतुर रहेछन् भन्ने त्यो घटनाले प्रष्ट देखियो ।   


घटना नं १ :