अचेल बिहान, दिउँसो अथवा साँझ आउने धेरै फोनहरु साथीभाइका हुन्छन् । कतिपय साथीभाइहरु त लामो समयदेखि देखभेट नभएकैले पनि मानसपटलबाट ओझेल परिसकेका हुने रहेछन् । अलिकति लाज, अलिकति अप्ठेरो र धेरै खुशी समेटेर कुराकानी हुँदै गर्दा साथीहरुको एउटै साझा जिज्ञासा हुन्छ : बच्चालाई कहाँ भर्ना गर्ने होला यार ? जिवनको युवाकाल अर्थात दुई दशकभन्दा बढि विद्यालय प्रिन्सिपलको भुमिका निभाएको मैले सहि निर्देशन दिन सक्छ भन्ने साथीहरुलाई विश्वास लागेको हुन सक्छ । म मनैबाट जानेसम्मको प्रयास गर्छु तर साथीहरुलाई ठ्याक्कै चित्त बुझाउन सकेको जस्तो भने लाग्दैन ।
मलाई लाग्छ धनि र प्रशस्त पैसा भएका परिवारले आफ्नो बच्चाहरुलाई महंगो भन्दा महंगो विद्यालयमा पढाउनुपर्छ, महंगो रहेनछ भने शुल्क बढाउन लगाएर भएपनि महंगो बनाएर अनि पढाउनुपर्छ । म ती सम्पन्न र धनी परिवारहरुलाई ससम्मान यहिसम्म छोड्दै बाँकी अभिभावकहरुलाई जोड्ने प्रयत्न गर्नेछु ।
म केहि प्रसंगहरु सहित जानेसम्मको कुराहरु जोड्छु :

