Monday, June 10, 2013

"कस्सम ! भीखको भोट हालिन्न"

म सोच्छु र अनुभव गर्छु म स्वतन्त्र देशको नागरिक हुँ । संसारले मानेको पनि छ तर हाम्रो देशको नितीनिर्माण गर्ने तहमा बसेका लगायत देश चलाउने भनिएका नेताहरुको कारण हामी स्वतन्त्र नागरिक नभएर छिमेकी देशको खेलौना, प्रान्त वा  उपनिवेश भएजस्तो महशुस हुन्छ । सुस्ता लगायतका ठाउँमा सिमाना मिचिन्छ यिनीहरुमा चिन्ता देखिन्न बरु त्यसैलाई सदुपयोग गरेर एकुन्टा भाषण ठोकेर दुईचार भोट बढाएर आउँछन् । अन्तराष्ट्रिय बिमानस्थलमा अराजक चिनियाँहरुद्धारा सुरक्षाकर्मि पिटिन्छन् एकैछिनमा दुतावासको आदेशानुसार बिना कार्यबाहि फिर्ता पठाईन्छन् । लाग्छ यी देश हाँक्ने भनिएकाहरुको र नितिनिर्माण गर्ने तहमा बसेकाहरुको रगत पनि पानी जस्तै चिसिएको छ । जुन पटक्कै तात्दैन ।

भर्खरै निर्वाचनमा चाहिने सामग्री बिभिन्न देशसँग माग्ने निर्णय भयो अझ माग्ने सामग्रीको तालिका यसरी बनाईयो हाम्रो देश चलाउने र चलाउने निति नियम बनाउनेहरुसँग घृणा भरिएर आएको छ । हामी सामान्य भन्दा सामान्य जनताहरुलाई पनि थाहा छ नेपालमा हुने परिवर्तनहरु कसरी र कस्को ईशारामा हुन्छन् भनेर । देश चलाउनेहरु कसको चाहनाअनुसार बदलिन्छन् भनेर ? हुन पनि सँधै अर्काको आश गरेर र अर्काको ढोकामा मागेर खानेहरुलाई आफ्नो निर्णय गर्ने र स्वाभीमानी बन्ने अधिकार र नैतिकता नै कहाँ हुन्छ र ? के हामीले नेपालमै खोज्न बनाउन र जोहो गर्न सक्ने कुराहरु नमाग्न सक्दैनौ ? के निर्वाचनमा गाडी नमागेर भएकै गाडी उपयोग गर्न सक्दैनौ ? धेरै ईन्धन अर्को ५०० जना चालक लगायतका खर्च नगराउन सक्देनौँ ? पहिलेको मतपेटिकालाई प्रयोग गर न ? नत्र बनाउन लगाउ देशमै अरु मतपेटिकाहरु देशकै श्रोतसाधन लगाएर ।


निर्वाचनमा केके सामग्री कुन देशसँग सहयोग माग्ने भन्ने छलफल भयो,' आयोग प्रवक्ता वीरबहादुर राईले भने, 'सामग्री पहिचान गरी सहयोगी राष्ट्रसँग प्रस्तुत हुने कुरा भएको छ। एउटा देशसँग मागिएको कुरा अर्कोसँग मागिने छैन।' बैठकले चुनावलाई आवश्यक पर्ने ६७ सामग्री पहिचान गरेको थियो। २०६४ को चुनावमा जुन देशसँग जे सामग्री सहयोग मागिएको थियो, ती देशसँग तिनै सामग्री माग्ने सहमति भएको छ। अघिल्लो संविधानसभा निर्वाचनमा भारतले पाँचसय थान गाडी सहयोग गरेको थियो। मतपेटिका पनि भारतले नै दिएको थियो। त्यतिबेला दिइएका सबै गाडी सरकारी निकायमा प्रयोगमा भएकाले अहिले पनि त्यति नै माग्ने निचोडमा आयोग पुगेको छ। भारतसँग मागिने गाडी निर्वाचन कर्मचारी आउजाउ मतपेटिका ओसारपसारमा प्रयोग गरिनेछ। आयोगले पुस दोस्रो साता भारतीय दूतावासलाई पत्राचार गरी विद्युतीय भोटिङ मेसिन अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको थियो। संविधानसभा निर्वाचनमा हुन सक्ने सहयोग आदानप्रदानबारे छलफल गर्न गत सोमबार भारतीय राजदूत जयन्तप्रसाद प्रमुख निर्वाचन आयुक्तको कार्यकक्ष पुगेका थिए। 'ग्रिनसिग्नल' मिलेपछि विद्युतीय मतदान उपकरण, सफ्टवेयर, मतपेटिका गाडी भारतसँग माग्ने निर्णयमा आयोग पुगेको हो।  'आवश्यक पर्ने सम्पूर्ण मतपेटिका, विद्युतीय मतदान उपकरण सफ्टवेयर भारतसँग सहयोग माग्ने सहमति भएको ,' बैठकमा सहभागी एक सदस्यले भने, 'मुख्य सहरका नगरपालिका जहाँ शिक्षित जनसंख्या उच्च , त्यहाँमात्र विद्युतीय मतदान हुनेछ।' ती सदस्यका अनुसार औंलामा लगाउने मसीदेखि टोपीसम्म बुथमा राखिने घडीदेखि मतदान सकिएपछि मतपेटिकामा लगाउने लाहाछापसम्म विदेशीसँग मागिने छ। जुटको बोरा, सिलाउने धागो, सलाई, सेफ्टी पिनलगायत सामग्री भने किन्ने तयारी छ। मतपत्रमा लगाउने छाप, निर्वाचनमा संलग्न कर्मचारीले लगाउने टिसर्ट टोपी, टेबुल घडी पनि सहयोग मागिने छ। विगतको निर्वाचनमा विभिन्न सहयोग गरेको जापानसँग सुरक्षा छापलगायत सामग्री मागिनेछ। निर्वाचन सामग्री नर्वे, डेनमार्क, स्विट्जरल्यान्ड, बेलायत, अमेरिकासँग पनि मागिने छ। निर्वाचन सामग्री माग्न यसअघि आयोगको विदेशी सहायता समन्वय समितिले दाताहरूसँग छलफल गरेको थियो। एक महिनाअघिको छलफलमा दाताले उपलब्ध गराउन सक्ने निर्वाचन सामग्रीबारे जानकारी गराएका थिए। सोही बैठकमा विदेशीले जनाएको प्रतिबद्धताअनुसार सामग्रीको सूची तयार पारिएको हो।
आयोगले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचार गरी निर्वाचन सामग्री सहयोग गर्न आग्रह गर्नेछ। त्यसपछि मात्र सहयोग लिन सुरु हुनेछ।
                                       साभार : नागरिक दैनिक

अन्य बाँकी कुराहरु लाज पचाएर अनि सम्पुर्ण नेपालीको स्वाभीमान बेचेर किन माग्छौ ? मसि, टोपी, लाहाछाप सबै माग्ने निर्णय गरियो रे ? हैन ओ ठुला मान्छेहरु, तिमीहरुलाई देशको नाममा माग्न लाज लाग्दैन ? हामीलाई त छिमेकमा अलिकती नुन माग्न पनि लाज र शरम लाग्छ हो ? कसरी माग्न सकेका ?

बरु माग हामीसँग माग, नेपाली जनतासँग माग । के चाहिन्छ ? ल ५० बोतल मसि मेरो जिम्मा भो । म एउटा सामान्य भन्दा सामान्य नागरिकले त्यती जिम्मा लिन सक्छु भने भन न मात्रै हरेक स्वाभिमानी र देशलाई माया गर्ने नेपालीहरुले आफ्नो छाक काटेर भएपनि सहयोग गर्छन आफ्नो देशलाई । हामी अरुको ढोका किन कुर्ने ? को हो त्यो जयन्त प्रसाद भन्ने ? निर्वाचन आयुक्तको कार्यकक्षमा पुगेर सहयोग माग म भिख दिन्छु भन्ने ? सरकारले खर्च धान्न सक्दैन भने जनतासँग सहयोग मागोस, सबैलाई थाहा छ धुर्तहरुले देशलाई चुसेर खोक्रो बनाएका छन् तै पनि नेपाली जनता गरिब छैनन् मनग्य धन नभए पनि मन भने फराकिलो छ । 

होईन भने, स्वाभीमानी नेपालीहरुले भोट हाल्ने छैनन् । मेरो हकमा त "पशुपतीनाथको कसम म अरु देशबाट भिख मागेर ल्याएको सामग्री प्रयोग गरेर भोट हाल्दिन ।" बरु एक महिना पिठोको खोले मात्रै खाएर सहयोग गर्न सक्छु तर मागेर ल्याएको सामग्री प्रयोग गर्दैन यो नेपाली ठिटो ।

किन पराधिन हुने ? किन यिनिहरुको खेलौना बन्ने ? गर्छन के ? सबै नेपालीलाई मार्छन ? पटक पटक मर्नुभन्दा एकपटक मर्नु राम्रो होईन र ? हाम्रो देश लैजान्छन् ? संसारको परिस्थिती बदलिईसकेको छ ? देश खोस्नै आए भने अन्तिम थोपा रगत रहेसम्म लडौँला ? तर स्विकार छैन दासता ।

सबैलाई चेतना भया

No comments:

Post a Comment

Thank You very much. Raj