एउटी तरुनी केटी थिईन् । अाफुलाइ कतै केहि काम नलाग्ने पाएपछि एउटा एन जी ओ नामक पसल खोलीन् । शुद्ध नाफाको लागी खोलिएको पसलमा बिक्री हुने सेवा सुविधा अत्यन्तै महंगा थिए । रुपवती भएकै कारण एउटा राष्ट्रीय दैनीक नामक रुखको कागसँग भेटघाट भयो । केहि दिन काग र तरुनीको गफगाफ र घुमघाम कार्यक्रम चल्यो ।
केहि दिनपछाडी कागले रुखमा बसेर तरुनीको महानताको बारेमा बनावटी हल्ला गर्यो । उसको पसलमा बेच्न राखिएका सेवा र सुविधाहरु गरिब, असहाय र अवलाङ्गहरूलाइ निशुल्क रुपमा बाँडिने जस्ता भ्रमहरु फैलाइयो । दुर जंगलमा हजारौँ स्याल र केहि बकुल्लाहरु बस्दथे । कागले गरिदिने हल्ला र तरुनीको मुस्कानको लोभमा स्यालहरुले केहि चोक्टा मासु झटार्न थाले भने बकुल्लाहरुले पनि पेट काटेर सहयोग गर्न थाले ।
कागको भाग के हुन्छ ? अथवा काग के गर्दैछ ? त्यो त थाहा भएन । तर तरुनी भने मुखभरि र्याल काढेर स्याल र बकुल्ला तर्फ हेर्दै तिनले झटारेका मासुका चोक्टा र पेट काटेकाे भागमा लडिबुडि गर्दैछिन् । उनीहरु लगातार प्रशस्त मासुका चोक्टा र पेटका गाँस झटार्दैछन् ।
तरुनी नयाँ कागको खोजीमा भौतारीरहेकी छिन अझै ।
क्रमश....
No comments:
Post a Comment
Thank You very much. Raj