प्रिय तिमी,
मनमा हजारौँ बिचारहरु नमज्जाले मडारिन्छन् । जिन्दगी जति बुझ्दै जान्छु नी त्यती नै स्तब्ध हुन्छु म । खोजे जस्तो हुन्न रहेछ अनि जति खोज्दै गयो त्यती नै हराउँदै जाने रहेछ जिबन । जति जिवन भेट्छु त्यती नै उल्झन बढ्दै जान्छ । हरेक मान्छेहरु अनेक उल्झनमा अल्झेर उकुस मुकुस भईरहेको पाउँछु । उल्झन हटाउने उद्धेश्यमा मान्छेहरु झन् झन् फन्दामा परिरहेका भेट्छु ।
तिमी भन्थ्यौ नी म ठूलो मान्छे हुन सक्दिन भनेर आज म भन्छु मलाई ठूलो मान्छे बन्नु छैन । अनि कुनै सपना पनि पाल्नु छैन । मलाई अरुको अगाडी हाँसेर एकान्तमा बसेर रुनु छैन । अनि दुनियाँको अनेक गाँठो फुकाएर आफु अल्झिरहनु पनि छैन । किनकी मैले धेरै ठूलो मान्छेहरु भेटेको छु अनि तिनलाई बेरेका जालोहरु पनि जुन जति चाहेरै पनि कहिल्यै तोड्न सक्दैनन् उनीहरु ।
कति भ्रममा छ मान्छे ।
आफ्ना कमजोरी अनि पीडाहरु लुकाउन कति कोशिस गर्छ मान्छे ।
आफुलाई खुशी देखाउन कति प्रयास गर्छ मान्छे ।
नहिच्कीचाई एक मुठी हाँसो हाँस्न पाउँदैन मान्छे ।
बाँच्ने बहानामा पल पल मर्छ मान्छे ।
आफु अनि जिन्दगी भुलाउन कतिसम्म कोशिस गर्छ मान्छे ।
जिन्दगी देखि भाग्न अनेक कार्य गर्छ मान्छे ।
तिमीलाई एउटा कुरा खुसुक्क भन्छु, यहाँ मान्छेलाई मुटु अनि मन लिएर बाँच्न गार्हो छ । पाईला पाईलामा पीडा हुन्छ अनि तिनै पाइलामा तप – तप आँशु खसाल्दै कसरी र कहिले सम्म बाँच्ने ? तर चिन्ता नगर म मेरा मुटु अनि मन दुबै बदल्न अनि सबैका पीडामा हाँस्न अनि अरुको दुखमा नाच्न सिक्नेछु, हुन त आफैलाई बिश्वास लाग्दैन त्यसो गर्न सक्छु भनेर तर प्रयास अवश्य गर्नेछु ।
खै लेख्ने कुराहरु पनि केहि भेटीँन । मलाई थाहा छ माथीका कुरा तिम्रो दिमागमा पस्दैनन् अनि बस्दैनन् पनि । एकपटक पढ्यौ भने म धन्य हुनेछु ।
तिम्रो हुन नसकेको
राज
Thank You very much. Raj
ReplyDelete