दृश्य १ : पशुपती मन्दिर अगाडी कलिको मन्दिर जाने तिर ओर्लने बित्तीकै एकजना अधबैसेँ गज्जबले टुप्पी राखेका, धोती र गन्जी लगाएर बसेका मोटा मोटा ब्राम्हण छन् । उनको ब्राम्हण ब्यक्तित्वले गर्दा होला अन्त भन्दा निकै भिड छ त्यहाँ ।
दृश्य २ : पुलको पारी तर्ने बित्तीकै अर्का एकजना पहेँलो धोती र कुर्तामा नेपाली ढाका टोपी लगाएर एकजना युवक बसेका छन् । उनको अगाडी राखेका बिभिन्न सरसामान र ढस्सा हेर्दा गज्जबका ब्राम्हण लाग्छन् । निकै लामो लाईन छ, वरिपरिका अन्य ब्राम्हणहरु टुलुटुलु हेर्दैछन् ।
दृश्य ३ : “साठी सत्तरी कटेकाले जाँडहरु खान्नन्, त्यहीँ जान पर्छ ।” – आवाज तर्फ नजर फ्याकेँ । एकजना बुढा मान्छे छेउमा बुढिलाई राखेर जनै, डोरो, टिका ईत्यादि लिएर बसेका थिए ।
दृश्य ४ : भर्खरै जुँगाको रेखी बसेका एकजना भाई नदि किनारमा बसेर पुजाको सम्पूर्ण सर्दाम लिएर बसेका थिए । उनको पोशाक र ढर्रा हेर्दा लाग्थ्यो कतै बेदाश्रम तिर पढेर आएका होलान् ।
हुन त केहि धार्मिक मौकाहरुमा पशुपतिमा नेपालको बिभिन्न स्थानहरुबाट कर्मकाण्डी ब्राम्हाणहरुको ओईरो लाग्छ । “पशुपतीको यात्रा सिद्राको ब्यापार” – भनेझैँ भगवानको दर्शन, काठमाडौँ घुमघामसँगै आफन्तजन भेटघाट र केहि आम्दानी पनि हुने हुनाले पनि यो मौका छोड्न चाहन्नन् उनीहरु ।
हुन् त अबको समयमा जातभातको कुरा तर्फ लागेर पुरानै युगमा फर्कनु छैन मलाई तर पनि केहि आस्था, केहि बिश्वास बाँकी नै छन् मनको कुनै कुनाहरुमा । परम्परा देखि चलिआएको संस्कुती र रितीरिवाजलाई सकेसम्म जोगाएर पछिल्लो पुस्तालाई जिम्मा लगाउनु मेरो पनि कर्तव्य हो । आत्मा साक्षी राखेर भन्दा पशुपतीमा जनै फेर्न र डोरो बाँध्न जानेहरु अन्य तल्ला जातको मान्छेले डोरो बाधिँदीयोस भनेर पक्कै जाने होईनन् ।
समयअनुसार अर्को परिवर्तनको कुरो पनि छ । त्यहाँ जाने मान्छेले सकेसम्म जाँड रक्सि माछा मासु नखाने धर्मकर्मको राम्रो जानकारी भएको ब्राम्हाणले नै डोरो र जनै लाईदिउन भन्ने चाहन्छ । जनै फेर्दा र डोरो लगाउँदा भन्ने मन्त्रको ठाउँमा ब्राम्हाणले कुनै गीत गाईदियोस वा कुरा मात्रै गरोस् त्यो पनि कसैलाई मान्य हुँदैन नै ।
तर पनि हाम्रो कमजोरीको फाईदा उठाएर ब्राम्हाण चरित्र नभएका र एकैदिनको लागी मात्रै ब्राम्हाण भएकाहरुको बिगबीगी छ मन्दिरहरुमा । केहि ससाना मन्त्र कण्ठस्थ पारेर भक्त र परम्परा मान्नेहरुलाई दिनदहाडै लुटेका छन् उनीहरुले ।
दृश्य १ : का ब्राम्हण स्वरुप लिएर बसेका महाशय रक्सि खाएर चोरी गरेको आरोपमा गाउँ निकाला गरिएका अधिकारी थरका मान्छे हुन् । हाल काठमाडौँ मै बस्दै आएका यीनी ठेला पसलको ब्यबसाय गर्दा गर्दै जजमानी पेशामा रमाउँदै छन् । तर पुरानो पिउने बानी भने बढ्दै गएको सुन्न पाईन्छ ।
दृश्य २ : का युवक केहि बर्ष खाडी मुलुकमा बसेर आएका होनहार युवा हुन् । कमाएर ल्याएको पैसा रक्सि खाएर र मोजमज्जा गरेर सकेपछि आजकल पशुपती तिरै मारवाडीहरुलाई भ्रमीत पार्दै पैसा कमाउने पेशामा छन् केरे ।
दृश्य ३ : मान्छेहरुको मनस्थिती बुझेर बुढा बुढीनै आएका यीनी दोलखाका बिश्वकर्मा परिवारका अभिभावक हुन् । घिमीरे थर लेख्न थालेका यीनको भक्तपुरको छेउमा एउटा चिया पसल पनि छ ।
दृश्य ४ : यीनी सानैमा पढाई छोडेर काठमाडौँ हानिएका होनहार युवक हुन् । बाबुको जजमानी पेसालाई सबैभन्दा घृणा गर्ने यीनी केहि समय अगाडी सम्म टेम्पोमा नोकरी गर्थे अर्थात पछाडी झुण्डिएर मान्छे बोलाउँथे । खै जजमानी पेशाप्रति के आस्था पलाएछ कुन्नी ? यीनलाई पनि आज पशुपतीमा देखियो ।
माथिको कुरा लेख्नुको अर्थ पशुपति बिकास कोषले नै केहि बिशेष ब्यबस्था गरेर र ठाउँ दिएर धर्म कर्म र जजमानी प्रति आस्था भएका ब्यक्तिहरुले मात्रै टिका लगाईदिने, जनै फेरिदीने र डोरो बाधिँदीने ब्यबस्था गरोस् ।
धर्म र परम्परको नाममा यसरी ठग्ने र यसलाई कमाउने बाटोको रुपमा मात्रै लिनेहरुलाई त्यहाँ कुनै पनि स्थान नहोस ।
सबैको मंगल होस् ।
No comments:
Post a Comment
Thank You very much. Raj