यो संसार यो धर्ती मान्छेको लागी मात्रै हैन । हरेक जिवले बाँच्न पाउनु पर्छ यहाँ । तर मान्छेले बाँच्न नै कहाँ दिएको छ र ? निर्धालाइ रमाईलो र मनोरन्जनको लागी मार्ने मान्छेले बलियोलाई आफु निर्धक्क हुन र शक्ति देखाउन मार्ने गरेको छ ।
घोडेजात्राको दिन गोठाटार गावीसको १ नं वडाको एयरपोर्ट नजिकै चितुवा जात्रा भईरहेको थियो । एउटा झाडीमा लुकेको चितुवालाई सयौँ मान्छेहरुको लाठी र ढुङ्गा सहितको भिडले घेरिरहेको थियो । भीड कोलाहल सहित कहिले कता त कहिले कता दौडिरहेको थियो ।
भर्खरै चिडियाखानाबाट चितुवालाई नियन्त्रण गर्न आएको एउटा टोलीको एक सदस्य डार्ट गर्न नजिकै गएको बेलामा चितुवाको झम्टाइमा परेर घाईते भएका थिए । मान्छेहरुका आक्रोश थियो प्रहरी प्रशासन प्रतिकी उनीहरुले गोली चलाएनन् ।
केहि घाँसपात गर्ने महिलाहरुका अनुसार नजिकै एयरपोर्टको झाडीमा चितुवाका केहि बच्चाहरु पनि छन् रे ? यो सुन्ने बित्तिकै नरमाईलो लाग्यो । त्यहाँ उसका साना साना बच्चाहरु आमालाई कुरेर बसेका होलान । त्यो आमाले उनीहरुलाई कुनै सुरक्षित ठाउँमा लुकाएर म नआई कतै नजानु है भनेर छोडेर आएकी थिई होला । भोक र डरले लखतरान भएका साना साना बच्चाहरु खानेकुरा लिएर आमा आउने आशामा बाटो कुरेर बसेका होलान् ? उनीहरुलाई के थाहा र उनीहरुकी प्यारी र ममतामयी आमा आफ्नै ज्यान जोगाउन बाँसको झ्याङ्गमा लुकेर बसिरहेकी छिन भनेर ? अब उस्को बच्चाले के गर्छन होलान् ? कसरी जिवन अगाडी बढाउँछन होला ? भोकले छटपटिएर बाहिर निस्कँदा कुनै भुस्याहा कुकुरले लुछेर मार्छ होला ? अथवा कुनै बच्चाले घरमा लगेर खेलाई खेलाई मार्छ होला ? अथवा भोकले छटपटाएर कमिलाले टोकेर बिजोग भएर मर्छन होला ? मैले अगाडी सोच्न सकिँन । सबैलाई भन्न चाहन्थेँ – सबै जना आ–आफ्नो घर फर्कौँ । सबैतिर खाली देखेपछि ऊ आफ्नो ठाउँमा जान्छ । त्यसलाई पनि बाँच्न दिउँ । यो धर्ती उस्को पनि हो । आदि आदि । तर सुन्ने को थियो र त्यहाँ ?
भीड झन झन बढ्दो थियो । केहि आँटिला मान्छेहरुले ज्यान बचाउन बाँसको भित्र भित्र लुकेको जवान चितुवालाई बाँसले घोचेर र ढुङ्गाले हानेर बाहिर निस्कन बाध्य बनाईयो । तब चितुवाले हुकांर गर्दै मान्छेको भिड तितर बितर पार्दै केहि पर रहेको केहि रुख र एउटा बाँसको झाँग भएको ठाउँमा गएर लुक्यो । तर ठुलो शरिर भएको कारणले पुच्छर भने देखिईनै रह्यो । मानव सागर थियो त्यहाँ र कसैको नियन्त्रणमा नरहेको सो मानवसागरले पटक पटक ढुङ्गा र लाठी प्रहार गरिनै रह्यो ।
बिहानै केन्द्रिय चिडियाखाना लेखेको ज्याकेट लगाएर चितुवा समाउन गएका चिडियाखाना कर्मचारी बालकृष्ण गिरी घाइते भएका थिए । केहि युवाहरु प्रहरीसँग बाझ्दै चितुवा समाउँछु भन्दै थिए । बिहान एकजना घाईते भएपछि फर्केको चिडियाखानाका कर्मचारी पुन आईपुगे डार्ट गर्नको लागी भनेर एकछिन चितुवाको अवस्था आंकलन गरेपछि चितुवा भड्केकोले नसकिने कुरा गरे ।
एकजना ईन्सपेक्टरले रुखमा चढेर लगातार पाँच गोली बर्साए चितुवालाई ज्यानको माया भएकैले होला कतै भागेन र कराएन पनि । मान्छेको भिड जताततै थियो । घोडेजात्रा मनाइरहेको काठमाडौँको अर्को कुनामा भने चितुवा जात्रा भईरहेको थियो । चितुवाको तर्फबाट कुनै प्रतिक्रीया नपाएपछि चितुवा मरेको आशंकामा मान्छेहरु लाठो र मुङ्ग्रो सहित सानो बाँसको झाडीमा पसे । अकस्मात त्यहाँबाट गर्जदैँ निस्केको चितुवा देखेपछि सारा रमितेहरुको भागाभाग भयो । चितुवा ज्यान जोगाउन चाहन्थ्यो बारीको दायाँ बायाँ दौडेर यता उता बाटो खोज्न थाल्यो । त्यही बेलामा केहि मान्छेहरु उसको पन्जा नजिकै आएर घाईते पनि भए ।
आत्तिएर भाग्न र उम्कन खोजेको चितुवालाई बिहानै देखि समाउने भनेर आँटीलो बनेर अगाडी आएका र पहिले पनि समाएका भनिने हट्टाकट्टा युवकले छेकेर च्याप्पै समाते लाग्थ्यो चितुवा र उनी अँगालो हालिरहेका छन् । एकछिनको धरपकड पछि चितुवा छुटेर भाग्नै लाग्दा अन्य युवाहरु आएर धडाधड लाठी र ढुङ्गा प्रहार गर्न थाले । यति धेरै प्रहार भयो कि मानौँ ती मान्छेहरु भित्र दानव छ वा तिनीहरुको पुस्तैनी दुश्मनी छ । क्रुरताको पराकाष्ठा नै देखीयो । नेपथ्यबाट केहि मन्द आवाज आईरहेका थिए – “भैगो नमार छोडीदेऊ अब ” जस्ता । तर त्यो केहि मान्छेको हृदयबाट निस्केको मन्द र सुस्त आवाज सुन्ने को र ?”
एकपटक चितुवा उम्कियो । तत्कालै भीडले पुच्छर तानेर धडाधड प्रहार गर्यो जेले भेट्छ त्यसैले । केहि पटक त्यसरी उम्कँदा कान्ला माथि बसेर हेरिरहेको मलाई भाग्ने बुद्धि पनि आएन । मैले उस्को रक्ताम्य अनुहार हेरेँ । उस्को क्रन्दन मानौँ आफ्नो बच्चाहरुलाई भनिरहेको होस की ? – मलाई माफ गर, तिमीहरुको लागी खाना लिएर आउन सकिँन ? अनेक प्रयास गरेँ लुकीछिपी फर्कनेछु अनि भोली देखि तिमीहरुलाई यो ठाउँ छोडेर कतै टाढा लैजान्छु भनेर । तर सकिँन मलाई माफ गर । सक्छौ भने तिमीहरु पनि छिटै मर । यो मान्छेले हाम्रो खाने र बस्ने सबै ठाउँ मासिसके । हामीलाई बाँच्न दिदैँनन यीनीहरुले, मलाई माफ गर.............. ।
चितुवा रगतपच्छे भएर मर्यो, मरेको चितुवा माथि पनि निरिह मान्छेले लाठी र ढुङ्गा बर्साईरहे । डील–डीलमा बसेका मान्छेहरुको समुहले ठुलो बिजयोत्सव मनाए । मानौँ एउटा ठुलो लडाई जितेका छन् । मरिसकेको जिव माथि निर्मम लाठी चलाईरहेका मान्छेहरुको भीडबाट कसैले तानेर तलतिर घिसार्यो चितुवालाई अनि मान्छेहरु एउटा निर्धो जनावर मारेर आ–आफ्नो पुरुर्षाथ बखान गर्न थाले । अनि निर्दोष, अबिबेकी र बुद्धिबिहीन चितुवालाई बिबेकी र बुद्धिमान मान्छेले घिसार्दै गाउँ घुमाउन लगे ।
संसारले अनेक गरेर जोगाएका प्रकृतीका सम्पदा हामीले कुनै पनि स्तरबाट सम्बर्धन गर्न सकेका छैनौँ । बिश्व सम्पदा सुचीमा परेको जाती चितुवालाई घरको नजिकै आएको र केहि छाडा छाडिएको बहरहरु खाएको निहुँमा निर्दयीतापुर्वक मारिएको छ । त्यसलाई समाउन सकिन्थ्यो वा लखेट्न सकिन्थ्यो ।
त्यो चितुवा प्रति मान्छेको आक्रोश र रीस देख्दा लाग्थ्यो यो धर्ती मान्छेको मात्रै हो । प्रहरीहरु ठाउँ खाली गर्न चाहन्थे चितुवा र मान्छे दुवैको सुरक्षाको लागी तर बेकार कसैले पनि टेरेनन अनि सुनेनन् । एस एस पी रण बहादुर चन्दले आएर भिडलाई केहि सम्झाए त कति सम्झाउन खोजेर फर्के । सुरक्षा र नियन्त्रण गर्ने निकाय एउटा मात्रै रहेछ त्यो पनि काम चलाउमात्र चितुवालाई बाँच्न दिनुपथ्र्यो तर दिइएन ।
सम्बन्धीत निकायमा योग्य मान्छे नभएको भए गोठाटारमा अगाडी बढेर चितुवा समाएका युवालाई लगेर रोजगार दिए समस्या धेरै हदसम्म समाधान हुन्थ्यो । ती युवाहरुलाई समयमै एउटा जाली दिएको भए त्यो चितुवा जिउँदो समातिन्थ्यो । अनि मानवता सकिएको यस्ता क्षणहरु पटक पटक हेरिरहन पर्दैनथ्यो ।
केहि दिन अगाडी मात्रैकिर्तिपुरको मैदानमा नेपाल र अफगानीस्तानको फाईनल खेलको दिन मैदानमा हिडिरहेका केहि युवतीहरुलाई चारैतिरबाट पानीका बोतल र ढुङ्गा सम्म प्रहार गरेर घाइते बनाउन सक्ने हामीहरुको मानवता कता गैरहेको छ । कता हराएको छ ? हामी भित्रको संबेदना, माया अनि मानवता ।
आफुभित्र भएको मानवता जोगाउ, बिबेकशील बनौँ ।

No comments:
Post a Comment
Thank You very much. Raj