समय त्यो रहेन, रहनु हुँदैन पनि थीयो । एउटा समय थियो जस्तो सुकै किताब बजारमा आए पनि पाठक चुपचाप पढ्थे । किताबको बारेमा त्यती धेरै कुराहरु बाहिर आउँदैन थिए । पाठकको मनको कुराहरु आउने माध्यमहरु अत्यन्तै कम हुन्थे । आज बिभिन्न संचार माध्यमहरु सँगै फेसबुक, ट्वीटर अनि ब्लगहरुको माध्यमबाट पाठकहरुले आफ्नो बिचार पोख्न अनि किताबको बारेमा धारणाहरु राख्न पाउँछन् ।
म यो लेखमा तीनवटा किताबको प्रसङ्ग उटाउँदैछु :
पहिलो किताब जुन बिभिन्न कारणले अत्याधिक चर्चामा आएको थियो “जिवन काँडा की फूल” । धेरै बिक्री भयो, चर्चा पनि भयो । एकजना साहित्यको राम्रा पाठक (जुन म आफैँ पनि हुन सक्छु ) ले पढ्ने बित्तीकै किताब च्यातेर छतबाट फ्याँके । उनको दलिल थियो – “किताब किताबको रुपमा बाहिर आउनु पर्थ्यो जस्ले चस्स मुटु छुन सक्नु पर्थ्यो तर केहि बरिष्ठ मान्छेको हातमा परेकैले होला किताबलाई यस्तो बनाईयो कि जस्ले मुटु छुने होईन सुइरो रोपेर छिया छिया पार्छ ।” नेपालीहरुको मनोबिज्ञान बुझेकैले हो की ? किताबलाई घीनलाग्दो र सस्तो बनाईएको छ । बाबु आमा र अन्य पात्रलाई अत्यन्तै तल्लो दर्जामा दराईएको छ किताबमा । ब्यबसायीक लेखन प्रचुर छ तर घीनलाग्दो गरी ।
दोस्रो किताब कृष्ण धराबासीको "पाण्डुलीपी" जुन धराबासीले उनको स्वर्गीय पत्निको नाममा समर्पित गरेर लेखेका थिए । उनको पत्नि प्रेम र भावनामा सबै पाठकहरु रोए । मानीसको कमजोर पक्षमा प्रहार गरेर किताबको खुबै ब्यापार गराए धराबासीले । सिधा र छुच्चो भन्दा बेचेर खाए सम्बन्ध र प्रेमलाई । एकदिन सुनियो उनले बिबाह गरे रे, थाहा हुने बित्तीकै एकजना नेपाली साहित्यका असल पाठक र साधक (जुन म आफैँ पनि हुन सक्छु ) साथीले सामाजीक सञ्जाल मार्फत किताब नपढेर अरुलाई सित्तैमा नै दिए । कसैले नलिए फ्याँकिदीने बताएका थिए उनले ।
तेस्रो किताब एकजना बिदेशमा बसेका गजल लेखीटोपल्न खोज्ने महोदय नेपाल आए । गजलको ग पनि लेख्न नजान्ने महोदयले पैसाको बलमा सम्पादनको नौटंकी गर्दै हतार हतार एउटा किताब बिमोचन गराए । बिमोचनमा राम्रै मान्छेको उपस्थिती थियो संख्या अनि स्तरमा पनि । (खै किन आउँछन् त्यस्तो बिमोचनमा बरिष्ठ ठानिएका मान्छेहरु पनि) बिमोचन भयो अर्थात पैसा बोल्यो । बिमोचनको केहि बेरमै एकजना राम्रा गजलगो मित्रले किताब सररर पढे त्यो पनि समुहमा बसेर । प्राय गजलहरु हिन्दीको अनुवाद पाउनु (बिशेष मतलामा), निकै शेरहरु प्रकट पंगेनी लगायतका लेखकको फोटोकपी र बाँकी शेरहरुमा पनि कुनै दम नभएर गजलको बेईज्जत भएको पाएपछि उनले त्यो किताब आफु नराख्ने घोषणा गरे । किताब कसैले पनि नलिएपछि अन्तमा चिया पसलेलाई सुम्पियो । उस्ले पनि त्यतै पसलको कुनामा फ्याँकिदीयो किनकी निकै बेरदेखि किताबको बारेमा बहस सुनेको थियो उस्ले पनि ।
रिसानी माफ होस ।
२०६९–०४–२८
kura ramro ho. tar jas sang jati 6 tyati nai dine hun sabaile. linele sabai chij linu par6 bhanne pani 6oina ni hoina ra?
ReplyDelete