- राजु दाहाल
यहाँ धेरै मान्छेहरुमा मन हराएको छ, थाहै नदिई पत्तै नदिई । मन हराउनु भन्दा पनि हराएको थाहै नपाउनु डरलाग्दो कुरो रहेछ । हराएको मनको बारेमा थाहै नपाई अनि सोच्दै नसोची जिन्दगी गुजारी रहेछन् यहाँ अनेक मान्छेहरु । यहाँ अत्यन्तै थोरै मात्र छन् जस्लाई आफ्नो मन हराएको वास्तवीकताको ज्ञात छ । मन बिहिन ती मानवाकृती मन भएकाहरुको मनलाई पनि निकाल्न र हराईदिन चारै प्रहर जताततै तल्लिन छन् । के शहर ? के गाउँ ? जताततै मन तोड्नेहरुको कुँडुलो देखिन्छ ।
उकालिँदै (सबै फोटोहरु पछि नयाँ बर्षमा खिचिएको हो ।)हाम्रो सौभाग्य दाजु प्रतीक ढकाल, अमर न्यौपाने, गोपाल अर्यालहरु सँग |
ओहो ! कस्तो अनमोल रहेछ मन ?
मन मात्रै हैन । अन्य धेरै कुराहरु हराएको छ यहाँ । हराएको धेरै कुरा मध्य नेपाल र नेपालीले भेटिरहने काठमाडौँको नभेटिने र धेरैलाई पत्तै नभएको भीमढुङ्गा गा बी स पनि रहेछ । काठमाडौँलाई एउटा छेउबाट तान्दै लगेर उचालिएको भीमढुङ्गा । सार्वजनीक सवारी वा निजी सवारी जे जेमा यात्रा गरेपनि एकाध घण्टाको यात्रामा पुगीने भीमढुङ्गाले सुदुरको पहाडी जिल्ला झल्काउँछ तर त्यहीँबाट सर्वाङ्ग देखिने काठमाडौँको क्रकिंटे कुरुप अनुहारले भने काठमाडौँ छेउ भनेर सम्झाईहाल्छ ।
उपत्यकाको सकसिलो होली छल्न एक हुल बिद्यालय संचालक र गायकहरुको टोली कम्मर कसेर लाग्यो भीमढुङ्गा गा वी स कै वडा नं २ तिर पर्ने तामाङ गाउँको घरबास तिर । समुहका एक दुईजना बाहेकलाई यात्राको रुट र घरबास (होमस्टे) बारे केहि थाहा पत्तै थिएन । अझ लगेका सवारी साधन बाटोमा बिसाएर झण्डै एक घण्टा उकालिनु पर्छ भनेर थाहा पाएका भए त सधैँ झैँ सबैको गन्तव्य नगरकोट अथवा कतैका होटलतिर हुन्थ्यो भन्ने पक्का थियो ।
जे होस, थाहै नपाएर भए पनि झण्डै दुई दर्जनको हुल एक दर्जन मोटरसाईकलमा भिमढुङ्गाको नर्सरी भन्ज्याङ्ग सम्म पुग्यो । निकै समयपछि नै भएपनि सबैको फोक्सो खुशी भयो होला ताजा र सफा हावा पिउन पाएर । शरिरका छाला खुशी भए होलान ताजा र स्वस्थ्य हावाको मोहक स्पर्शले । भगवानले हिड्न भनेर बनाएका खुट्टाका प्रत्येक तन्तुहरु चल्न पाउने आशामा मुस्कुराए होलान । तर हुलका धेरै साथीहरुको मुहार भने निराशाले नराम्ररी निचोरेको देखिन्थ्यो ।
जन्मिदै सवारीसाधन चढेर प्रकट भएका झैँ गर्ने केहि साथी अप्ठेरो उकालोमा ज्यान फ्याँक्न तयार भएर मोटरसाईकल बोकेरै उकालो लागे । हल्का जुनेली उज्यालोमा टाउको माथि जुन बोक्दै अनिश्चित रातको कलपना गर्दै र नगरकोट लगायत ठाउँको होटललाई सम्झदैँ सकसको यात्रा शुरु गरे धेरैले । निकै कम साथीहरु खुशी देखिन्थे र मन भित्रै प्रफुल्लित पनि ।
जुन बोक्ने उदेश्य त थिएन तर जुनलाई टाउकोमा बोकेर आँखाले पिउँदै उकालीनुको मज्जा पनि गज्जव हुने रहेछ । कुँजिएका खुट्टा र जाम भएका मांशपेशीसँग पौठेजोरी खेल्दै उकालिँदा साथीहरुले त्यो गज्जवको तर नमिठो मज्जा कति लिए कुन्नी ?
बाटो देखाउने जुनसँग विदा मागेर एउटा घरमा पस्यौ हामी । कपडाको माला (खादा) भिरेर आँगनको पिढीमा बसेर थकाई मार्दै मकै भटमास र गुन्द्रुक निल्न लाग्यौँ । लोकल पानी पिउँदै मकै भटमाससँग गुन्द्रुकको अचार र आफ्नै बारीको काक्रों, गाजर र मुला चपाउँदा पेटका आन्द्रा अनि मुख र जिव्रो पनि हौसियो । खुशी भएको दाँत झन चम्कियो ।
खाजाको रुपमा मकै भटमास र गुन्द्रुक |
त्यही संस्कृतिमा तीनै रहनसहन सहेर हुर्केका केहि साथीहरुको अनुहारमा तनाव देखियो शायद तीनलाई उनीहरुको काला अध्याँरा भुतले पो लखेट्दै थियो की ? अथवा मम, पिज्जा र कुखुराका सपेँटाहरुले स्थायी प्रेमी बनाईसकेका पो थिए की ?
घरबासलाई कुनै होटल वा रेष्टुँरासँग तुलना नगरेको भए हुन्थ्यो । तर मनका स्वच्छ, समानता, सम्मान देख्ने झ्यालहरु पहिल्यै हराईसकेका वा धुवाँ र अल्कोहलले बन्द भईसकेका आदरणीय मीत्रहरुले एकचरण पुन आफ्नो रवाफ देखाउन भ्याए ।
(खानाको समय) हाम्रो सौभाग्य दाजु प्रतीक ढकाल, अमर न्यौपाने, गोपाल अर्यालहरु सँग |
लाग्थ्यो एक चोक्टा मासु कम भएर उनीहरु गती पर्ने छैनन् । एक सर्को मासुको झोल नै उनीहरुको जिन्दगी हो त्यो नपाए उनीहरु कहिँका रहनेछैनन् । उनीहरुको लागी जिन्दगीमा रमाउनु भनेकै रक्सिको बोतलमा डुब्नु मात्रै हो, बस ! हरबखत त्यहीँ डुबुल्की लगाईरहनु । कस्ले सम्झाउनु, अरुको अनुहारमा एक मुठी सच्चा खुशी जन्माउँदा जति आनन्द अन्त कतै पाईँदैन भनेर ? कस्ले बुझाउनु, एक छाक रुखोसुखो बिना चिच्याहट खाँदा जिन्दगी कहिँ जाँदैन भनेर ? अनि कस्ले भन्नु, सम्मान र मायाले दिएको बिषै पनि अमृत हुन्छ भनेर ?
जे जस्तो भए पनि मन आनन्दले प्रफुल्ल भईरह्यो हासिँरह्यो । कुँजिएका मांशपेशीहरुले आभार ब्यक्त गरे, फोक्सोले खुशी भएर धेरै दिन साथ दिने प्रण गर्यो । छाला रमाएर शरिर नै चम्किलो बनायो ।
हाम्रो सौभाग्य भर्खरै परिक्रमा अन्नपुर्ण नियात्रा बजारमा ल्याउनुभएका दाजु प्रतीक ढकाल, अमर न्यौपाने, गोपाल अर्यालहरु सँग |
भिमढुगांले हामी सबैलाई फेरि पनि बोलाउँदैछ र सँग सँगै भन्दैछ अलि सभ्य भएर आउ । तिमी समाजको चालक हौ । यस्तै गती र मतीले समाज कसरी चलाउँछौ ? बोलीमा सभ्यता ल्याउ, ब्यवहारमा सभ्यता झल्काउ । एक छाक, एक पल, एक रहर जिन्दगी यति मात्रै हैन ?
समाजले मानसम्मान त पद, ओहोदा, धन र शक्तिलाई धेरै गर्छ । आफुले आफुलाई गर्ने सम्मान भव्य र साँचो सम्मान हुन्छ ।
हराएको भिमढुङ्गा भेट्यौँ हामीले तर भिमढुङ्गा बासी भिमडुङ्गा खोजिरहेछन्, खोजिरहेछन् । हँसिलो अनुहार, रसिलो बोली, मिजासीलो ब्यबहार र सहयोगी हृदय बोकेर .....।
जय भिमढुङ्गा
गुफामा १५० मिटर भित्रको मन्दिर |
( कसैलाई जानु छ भने श्यामजी 9841-747087 लाई सम्पर्क गर्नुहोला । दुइ छाक खाना, दुइ पटक खाजा र एक बिहान हाइकिंगको मात्र रु १००० )
dami 6
ReplyDelete