प्रिय तिमी,
खै के भनेर सम्बोधन गरौँ । कस्तो कस्तो लागीरहेछ ती मिठा अतितहरु सँगै तितो एक बर्ष सम्झेर । अ अतित सम्झेर बाँच्न अनि हाँस्न चाहन्छु तर हरेक हसाँई र बँचाईलाई बितेको बर्षले आँशु र रोदनमा बदलिदिन्छ ।
लागेको पनि थिएन र सोच्न पनि त सकेको थिईँन तर हेर्दा हेर्दै एक बर्ष बितेछ । बितेको बर्षका दिन, घण्टा अनि पलहरु कसरी बाँचे अनि कसरी सहेँ ? मलाई नै थाहा छ र यो पनि थाहा छ तिम्रो लागी पनि सजिलो भएन ।
त्यो दुर्घटीत असार यसपाला मरेछ, साला ! फर्केर पनि आएन । म पहिले झैँ हाँस्न, नाच्न अनि बाँच्न चाहन्छु तर प्रयास पनि गर्छु तर आफैँलाई एउटा अभिनय नमिलेको नाटक झैँ लाग्छ ।
म कहाँ भुल्न सक्छु र ? म म हुनुमा तिम्रो कति ठुलो योगदान छ । मेरा हर चिजबिज र मैले फेर्ने श्वासमा तिम्रै रोजाई र तिम्रै स्पर्श छ ।
मलाई थाहा छ आजकल मेरा पाईलाहरु गलत बाटोमा छन् । तिम्रै छायाँ र प्रतिरुपको खोजाईमा कैयन तिमीलाई धोका दिएको छु मैले । मेरा भावना, मेरो अस्तित्व, मेरा सपना अनि मेरा स्वाभीमानहरु खोक्रा भएका छन् मेरो मन जस्तै ।
म कसरी भुल्न सक्छु र ? तिम्रो माया र सहयोग । हरेक पटक लुकी लुकी ख्वाउने तिम्रो हातले बनाएका मिठा मिठा परिकारहरु, कलेजमा फि तिर्न नसक्दा लुसुक्क गएर तिरीदिएको फि, च्यातीएको जुत्ता देखेर अर्को ल्याईदिएको, मलाई ज्वरो आउँदा खुट्टाको छेउमा बसेर रात रातभर नसुती गरेको स्याहार, म हाँस्दा देखिने तिम्रो मुहारको खुशी अनि म रुदाँ बेर्ने अँगालो ...............। हेर म अहिले पनि रुँदैछु तर आँशु पुछ्ने अनि नरो भन्ने पनि कोही छैन ।
भविष्यको मिठा मिठा कल्पनामा डुबाएर फकाएको हिजो जस्तो लाग्छ तर जब भबिष्य सुनौलो थियो नी तब तिमीले गल्ती किन गर्यौ अनि मैले किन त्यस गल्तीलाई सम्हाल्न सकिँन ? कीन कीन कीन ??? आफ्नो परिवारको लागी त्यती ठुलो त्याग किन गर्नु
पर्थ्यो ? के पायौ त प्रतिफल सिर्फ आँशु र पीडा ।
म भाग्दैछु भबिष्य अनि जिवन देखि पनि । मैले केहि गर्नै छोडेको छु आजकल । म र मेरो जिवन उस्तै छ अनिश्चीत अनि अब्यबस्थीत । मलाई थाहा छ तिमी मेरो लागी को थियौ अनि के थियौ ? मेरो मन छैन अनि मेरो भगवान पनि । तिमी र मिलेर बनाएका बाटाहरु थुप्रै थिए आजकल प्रत्येका बाटोहरुमा पहिरो जाँदैछन् अनि बाँकीलाई पनि म आफैँ भत्काउँदैछु ।
हा हा हा, लगातार तीन बर्ष नयाँ बर्षको बेला मसँगैको दुर्घटनामा तिम्रो हात खुट्टा भाँचियो चोट लाग्यो म सकुशल थिएँ । अस्पताल गईयो उपचार पनि भयो । यस्पाली तिमी थिएनौ र त मेरै भाँचियो लगातार खुट्टा अनि हात । खुट्टा त उपचार गरेँ तर हात अतित सम्झेरै उपचार गरिँन । किनकी म सधैँ दुखिरहेकै हात लिएर बाँच्न चाहन्छु । त्यो दुखाइमा आफ्नै किसिमको आनन्द छ अनि हरेक पटक पिडाको आँशुमा तिमी सम्झना आउँछ्यौ । म रुन्छु फेरि अतित सम्झेर हाँस्छु पनि ।
यस्पाला जस्तै यो असार ३२ कहिल्यै नआओस् । मलाई थाहा छ म अर्को असार ३२ सहन सक्दिन । म एक्लो छु मेरो लागी खुशी र दुख बराबर छ न खुशी कोहीसँग बाड्न सक्छु न दुख पोख्न नै ।
रुन्चे हाँसो लाग्दैछ, अब २०७१ म असार ३२ आउँदैरैछ .......।
थुक्क कस्तो नसोचेको र नचाहेको जिवन भोग्दैछु म । चुपचाप चुपचाप दिनहरु दौडन्छन् अनि रात थपक्क आएर मेरो छाती माथि बज्रन्छ । तीनै बज्राईहरुबाट बिथोलीन्छु अनि कहालीन्छु म, यो संसार छोडेर अर्को संसारमा जाने रहर पलाउँछ मनमा । तर ग्यारेन्टी छैन त्यो संसारमा यी यादले सताउँदैनन् भनेर ? कमसेकम यो संसारमा तिमी त छौ अनि तिम्रो बारेमा थाहा त पाउँछु । तर अर्को संसारमा के थाहा र ?
तिम्रो हुन नसकेको म
No comments:
Post a Comment
Thank You very much. Raj