प्रिय तिमी,
जिन्दगी जति दिन बाँच्यो त्यती नै नयाँ – नयाँ अनुभव साँच्न पाईने रहेछ । म खुशी छु यसर्थ की कुनै दिन जिन्दगी समाप्त गर्ने चाहनालाई दबाउन सकेँ । जिन्दगीमा कोही र केहि पनि सबै थोक होईन रहेछ । साँच्चै भन्दा तिम्रो अनुपस्थितीमा म बाँच्न सक्छु भन्ने नै सोचीन मैले । समय र तिमी मिलेर मलाई एक्ल्यायौ । खुशी छु भनौँ सिक्दैछु खुशी हुन ।
जति आफ्नो पेरिफेरिबाट बाहिर निस्कदैँछु त्यती नै नयाँ नयाँ अनुभवहरु प्राप्त गर्दैछु । केहि यस्ता मान्छेहरु पनि फेला परेका छन् जस्को लागी म आफ्नो ज्यान सजिलै सुम्पन सक्छु । हुन त जिन्दगी भर मैले नभोगेको बेवास्ता पन र हेपाई पनि पाएको छु । तिमी भन्थ्यौ म संसारको सबैभन्दा जटिल तर सोझो मान्छे र असल पनि । तर आजकल एउटा साथीलाई देखेर अनि भेटेर लाग्छ म भन्दा पनि असल, सरल र राम्रा मान्छे रहेछन् संसारमा । हो म त्यही मान्छेको एउटा छोटो प्रेम कथा सुनाउँदैछु तिमीलाई जुन शुरु हुनु भन्दा अगाडी नै अन्त्य भएको थियो ।
एउटा असल मान्छे अर्को सुन्दर मान्छी । केहि क्षणिक भेटहरुमा नै मान्छे मान्छी प्रति एकोहोरो आशक्त भयो । मान्छेलाई छुचो लाग्ला तर सत्य भन्दा मान्छे मान्छीको रुपसँग नै आकर्षीत भएको थियो । केहि थान दिनहरुमा मान्छेको आकर्षण बढ्दै थियो एकोहोरो अनि एकोहोरो । आकर्षणको पराकाष्टा बढ्दै गर्दा मान्छेको पागलपनले सिमा नाग्न थाल्यो । मान्छीको फोटोहरु हेरिरहनु, उसकै कुराहरु गरिरहनु, खाना नखानु अनि बेहोशी बेहोशी रहनु ।
एकदिन आयो मान्छीबाट जे अपेक्षा गरिएको थियो त्यही भयो । माछाको बेहाल भयो बेहालको हालमा केहि थान साहित्य सिर्जना भए ।
"विर्सेर फेरि मलाई नहेर, यहाँ एक जीवन आँशुमा डुब्छ । निको भइसकेको पुरानो त्यो घाउ, अनायास नै फेरि बल्झेर दुख्छ "
"र त्यसपछि लामो समयको अन्तरालमा देखेको सपना पनि टुट्यो । अब आँखाहरु पनि चिम्लिन मान्दैनन् ।"
"सपना त्यो हो जसले पुरा हुने सम्भावना राख्छ । तर यो सपना हैन आकांक्षा रैछऽऽऽऽ माफ पाउँ ।"
"आजको दिन फ्ल्यासब्याकलाई समर्पित । के के गरें ५(६ महिनासम्म तिम्रो यादमा, आँफै सम्झदै ।"
जिवनको पथ पुन बाधाहिन बनुन, हामी सबैको शुभकामना मान्छेलाई अनि एउटा अत्यन्तै असल मान्छे गुमाएकोमा मान्छीलाई समवेदना ।
तिमीलाई थाहा छ मैले पनि एउटा मान्छे फेला पारेको छु नी तर म तीन चार बर्ष पछि मात्रै भन्छु ल ।
तिम्रो हुन नसकेको
राज
No comments:
Post a Comment
Thank You very much. Raj