Monday, July 30, 2012

गीत - "यादहरु"


जति जति बिर्सुँ भन्छु, बढ्दै जाने यादहरु ।
पराई लाग्छ उजेली यो, आफ्नो लाग्ने रातहरु ।।

मर्छु की के हो सम्झेर,
तिम्रै यादमा कल्पेर ।।

जति जति भाग्न खोज्छु पिछा लाग्ने यादहरु ।
रोकुँ भन्छु आँशु अब, भत्की दिन्छ बाँधहरु ।।


जिन्दगी देखि भागेर
जाउँ की संसार छोडेर ।।

जति जति हाँस्न खोज्छु, बल्झि दिन्छ पीडाहरु ।
रोउँ भन्छु दिन खोलेर, अल्झि दिन्छ आँशुहरु ।।

बौलाउँछु की लागेर 
हिँड्छु आफैसँग भागेर   

समाप्त

2 comments:

  1. पराई लाग्छ उजेली यो, आफ्नो लाग्ने रातहरु....

    ReplyDelete

Thank You very much. Raj