बेहोसी बेहोसी मै मन पराएको कुरा ।
भनिदिएँ उनकै यादमा मन हराएको कुरा ।।
भन्नु पर्ने धेरै कुरा मन भरि मडारिन्छन्,
उनको सामु मेरो बोली लरबराएको कुरा ।।
भनिदिएँ उनकै यादमा मन हराएको कुरा ।।
सपनीमा फूल सम्झि घरी घरी चुमेको थेँ,
विपनीमा काँडा देख्दा मन डराएको कुरा ।।
भनिदिएँ उनकै यादमा मन हराएको कुरा ।।
पवन भरि सुवास तिम्रो आँखा भरि छायाँ,
तिमी जस्तै लाग्छ कतै आँचल सरसराएको बेला ।।
बेहोसी बेहोसी मै मन पराएको कुरा ।
भनिदिएँ उनकै यादमा मन हराएको कुरा ।।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj