हीजो हाम्रो घरमा, बत्ती जाने पालो थ्यो ।
जता फर्की हेरेनी, अधेँरो र कालो थ्यो ।।
मैन बत्ती किन्न भनी, पसल जान लाग्या थेँ ।
सबै कालो देखेर म, छिटो छिटो भाग्या थेँ ।।
पसल गई मैनबत्ती, किनेर म फर्किएँ ।
सेतो भुत बरण्डामा, देखेर म तर्सिएँ ।।
बीना टाउको हात हल्लाइ, नाचीराख्या देखेर ।
चिच्याउन पो लागेँ म त, हात खुट्टा फेँकेर ।।
हल्ला खल्ला सबैतिर, त्यती खेरै भएछ ।
बत्ती पनि झुलुक्कै, उत्ती खेरै आएछ ।।
सबैजना मिलेर के भो ?,सोध्न थाल्नु भो ।
हत्तपत्त आमाले आई, मलाई अँगाल्नु भो ।।
कुरा सुनी सबैजना, भुत खोज्न लागेको ।
देखि भुत बरण्डामा, डर मेरो भागेको ।।
हजुरबाको सेतो कुर्ता, सुकाको पो रहेछ ।
त्यहि कुर्ता हावाले गर्दा, नाचे जस्तो भएछ ।।
भुतलाई देखेर, सबै हाँस्न थाल्नु भो ।
धत् सेतो कुर्ताले कति बिघ्न लाजै भो ।।
(साना साना बच्चाहरुलाई डर बिनाको जिन्दगी बाँच्न दिँउ । साना साना नानीहरुको लागि समर्पित रचना जतिलाई सुनाँए सार्है मन पराए है । )
No comments:
Post a Comment
Thank You very much. Raj