Friday, October 7, 2011

गीत


म हाँसेको देखेर खुशि नसम्झिनु ।
म रुँदा तिमी कहील्यै दुखी नहुनु ।।



हाँस्दा हाँस्दै रुन र रुँदा रुँदै हाँस्न ।
जानिसकेँ मैले अब हुल्मुल्मा बाँच्न ।।



म जितेको बेला तिमी खुशि नहुनु ।
म हारेको पल आखाँ छोपी नरूनु ।।



हार्दा हार्दै जित्न र जित्दा जित्दै हार्न ।
जानिसकेँ मैले अब हुल्मुल्मा बाँच्न ।।



म हाँसेको देखेर खुशि नसम्झिनु ।
म रुँदा तिमी कहील्यै दुखी नहुनु ।।



म बाँचेको देखेर तिमी खुशी नहुनु ।
म मरेको पल तिमी मलाइ नछुनु ।।


मरी मरी बाँच्न अनि बाँच्दा बाँच्दै मर्न ।
जानिसकेँ मैले अब आफ्नै लागी बाँच्न ।।


म हाँसेको देखेर खुशि नसम्झिनु ।
म रुँदा तिमी कहील्यै दुखी नहुनु ।।

No comments:

Post a Comment

Thank You very much. Raj