Showing posts with label नेपाली राष्ट्रिय गित. Show all posts
Showing posts with label नेपाली राष्ट्रिय गित. Show all posts

Saturday, July 6, 2013

पूर्वराजा ज्ञानेन्द्र शाहको - गीत


हिमाल पहाड तराई नेपाली जीवन अंग

एकता नै नेपाली प्राण अमृत रस–रंग
गाँसेका छौं अन्न जलले यही भूमिमा
छापेका छौ अटल हिमाल यही छातीमा
हाँसो खुसी नेपालीको नेपाल आमा मूल
बगैचामा रङ्गीचङगी विविध नेपाली फूल
यहाँकै उब्जाउने माटो छानेका फैली बाटो
यहाँ नै फाटो ल्याउने कुरैको वैरी बठो
हिमाल पहाड तराई नेपाली जीवन अंग
एकताको धागो छिने हुन्छौं भताभुङ्ग
(शाहले आफ्नो ६७ बर्ष पुगेको उपलक्ष्यमा लेखेको गीत ।)