Thursday, June 9, 2011

यसरी उठीबास लाउन पाईन्छ त ??

गीता राणा
                                             आजकल सरकारी रवैया अलि बढेको भान भईरहेको छ सबैलाई । के कसैलाई कार्यबाहिको नाममा उठीबास लगाउन पाईन्छ त ? बिचरा ग्यालेक्सी पब्लिक स्कुलकी संचालीका गीता राणालाई घरबास नै
उठीबास लगाउने गरि पाँच पाँच हजार जरिवाना लगाउनु हुनेथियो त ? अब गीता मेमले त्यत्रो पैसा कहाँबाट खोजेर तिर्ने त ?होस गर है निजी बिद्यालय चलाउनेहरु कतै भारतीय किताब लगाएर गीता म्यामको जस्तै उठीबास लाग्ला ।

                                                 बिचरा गीता मेमले के पो गरेकी थिईन र ? जाबो हाम्रो राष्ट्रिय पंछी मयुर, हाम्रो राष्ट्रिय जनावर बाघ र हाम्रो राष्ट्रिय फूल कमल भनेर पढाकी त हुन नी । आफ्नो त सबैलाई थाहा भै हाल्छ नी झन सामान्य ज्ञान बढ्नेथ्यो बिद्यार्थीहरुको । पैसे, रुपैये भन्दा के फरक पर्ने थियो र ? के हाम्रो पैसा रुपैयाको मोल घट्ने थ्यो त  ? आखिर आजका बिद्यार्थीले जतिसुकै ठूला भर देशै हाँके पनि भोली रिझाउनु पर्ने भारतलाई नै हो क्यारे ? यो सब गरी खाको देखिनसक्नेको काम हो अनि सरकारको पूर्वाग्रह हो ।अब अर्को बर्षदेखि राष्ट्रिय फुल गुलाफ, रुपैयालाई डलर भन्दै अमेरिकाको किताब पढाउनुपर्छ मेम । सपोर्ट गर्ने हामी छौँ नी ।। 

                                            लौन ए भारततीरका नेता सेता को को छन् अलि अलि पैसा ल्याओ । म पनि आजैदेखि “सयौँ थुङ्गा फुलका” सट्टामा “जन गणमत भारत भाग्य बिधाता” भनेर राष्ट्रिय गाना गाउन लगाउँछु । अब सरकारले कार्यबाहि गरिहाले पनि एउटा समिती गठन गर्ला तीन चार महिनामा नाटकजस्तो गरी एउटा निर्णय गर्लान अनि बढिमा पाँच हजार जरिवाना तिर्ने । साँच्चै बर्षमा कति तिर्नु पर्ला त हँ ?? चार पटकै तिरेपनि बीस हजार त हो नि ?

                                         अनि हाम्रा अभिभावकलाई के मतलब पैसा तिर्दे भईहाल्यो । महङ्गो भए त झनै राम्रो । पढाई सढाई त्यस्तै हो, दिनभर अल्मलीदे पुग्यो । लौन, म त हामी भारतमा बस्छौँ भनेरै पढाउथेँ बरु ।  लौन कोही छ ??
  

No comments:

Post a Comment

Thank You very much. Raj