Tuesday, June 21, 2011

"कहिँ नभाको जात्रा हाम्रो देशाँ"

            
                  एउटा कलेजले बच्चा जम्मा गर्ने उदेश्यका साथ गरेको फुटबल प्रतियोगीताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा आएका खेलकुद परिषदमा सदस्य सचिबको चिठ्ठा परेका युवराज लामाले गोथे भाषणको अन्त्यमा भनिदिए नेपाली फिल्मलाई माया गरौँ ।। हेर्न लायकको हुनुपरो नि ? नेपाली खेलकुदलाई पनि फिल्ममय बनाउने भए बा ।। “‘स्वर्ग जान्छस भन्दा, ...खान पाईन्छ भन्थ्यो रे ।”भन्ने उखान पनि सुनेकै हो क्यारे 
                     अब  भरे यस्तै गरि आशिर्बाद मार्फत बम्पर उपहार मन्त्री परेर बिदेश गए वा बिदेशी सँग भेटघाट गर्दा पनि यसै भनेर हाम्रो बेईज्जत गर्ने भए बा । नेपाली फिल्म हेरे भने के सोच्लान त बिदेशीले ? सबै भारत तिरै जालान् नी यिनीहरुको आफ्नो मौलिक संस्कृति, रहन सहन केहि रहेनछ भन्दै ।  
                                                          तर यसो बिचार गर्दा जस्ले जेसुकै भने नि मान्छे चैँ खेलाडी नै हुन है, नत्र यति छिटै सदस्य सचिब हात कसरि पार्थे र ? खेलकुदमा जिबन समर्पण गरेका मान्छे के कम थिए र ? ती सबैलाई पछाडी पारेर गैर मान्छे सदस्य सचिब बन्न कम्ता खेले होलान् त ?
                                                        फिल्मकर्मी अशोक शर्मा पानी बाँड्न थाले क्यारे । अब भुवन के सी लाई संस्कृति मन्त्रालय तिर ठाँउ दिदाँ उत्तम होला, रोज राणालाई गृहतिर, रेखालाई महिला तथा कपडा उत्थान, राजेशलाई युवा मन्त्रालय तिर (अब त उमेर पनि पुगेको छ नेपालका दारि फुलेका युवा नेता देखिएकै हुन क्यारे), निखील परराष्ट्र तिर फिट होलान् । यस्तै योग्यता भाका सबै फिल्म कर्मी कहिँ न कहिँ त फिट भईहाल्छन् ।  

अँ एउटा खाँटी कुरो नयाँ सदस्य सचिब २१ पत्तीका धुरन्धर खेलाडी हुन रे है ।

No comments:

Post a Comment

Thank You very much. Raj