-राजु दाहाल
बरु नखाएर केहि दिन बाँच्न सकिन्छ तर बिसर्जन बिना बाँच्न सकिन्न । खाने ठाउँहरु प्रशस्त भएको शहरमा विसर्जन गर्ने ठाउँको अभावै अभाव छ । भएका केहि सार्वजनिक शौचालयहरुमा पनि प्रयोग पछिको शुल्कले भुतुक्कै बनाउँछ । छोटो र लामो शौचालयको क्रमशः रु ५ र रु १० तिर्न पर्दा बरु खान चाहिँ नियन्त्रण गर्नु पर्छ कि भन्ने मनमा लागीरहन्छ । भाग्यबस शौचालय सफा भए त ठिकै छ तर गन्हाएर नाकको रोग लाग्ला भन्ने त्राहिमाम ।
हामी सबैलाई कुनै न कुनै समयमा शौचालयको समस्या भएको नै हुनुपर्छ । कसैको कपडामा फुस्केको होला, कसैले लाजै नमानी कुना पसेर वा छेउ लागेर निप्ट्याउनु भएको होला, कसैले त मिनरल वाटरको बोटल नै प्रयोग गर्नुभएको होला । अरुबेला कहिले नभेट्ने नसोध्ने साथीको पसल वा कोठामा पनि पुग्नु भएकै होला । हो लाज शरम डर सबैलाई हराउँदो रहेछ बिसर्जनले ।
धेरै ठाउँमा त शौचालयको यति अभाव छ कि गारो पर्दा दरै उपाय लगाउन पर्छ । जानेका र चलेका केहि उपायहरुको चर्चा गर्दैछु :
१) जुन भेटिन्छ त्यही घरको ढोकाबाट लुसुक्क छिर्ने अनि भर्याङमुनिको ढोकाको छेउमा गएर नाक थाप्ने गन्धले थाहा भईहाल्छ शौचालय हो की होईन भनेर । हो रहेछ भने काम सक्ने । कसैले सोध्दैन तपाईँ को हो भनेर ? पल्लो कोठाकोले ठान्छ वल्लोको मान्छे भनेर अनि माथ्लो कोठाकोले ठान्छ तल्लोको मान्छे भनेर । हैन रहेछ त के भो अर्को घरमा प्रयास गर्नुस ।
२) कुनै कार्यालयमा छिर्नुस नक्कली सेवा प्रयोगकर्ता वा सोधपुछको लागी । एकछिन दायाँबायाँ कुरा गर्नुस कुराकानीकै क्रममा सुक्ष्म निरिक्षण गरेर शौचालय खोज्नुस अनि एकछिन भन्ने अनुमति मागेर काम निप्ट्याउनुस ।
३) एउटा होटल वा लजमा जानुस अनि कोठा हेर्ने निहुँ पारेर हल्का हुनुस् अनि फकर्नुस् । एकछिनमा आउँछु भनेर गफ दिनुस भइृहाल्छ ।
४) सबभन्दा सजिलो उपाय भनेको नजिकै सरकारी कार्यालय वा कलेजहरु कता छन् हेर्नुहोस । चुपचाप लागेर पस्नुस फोहोर र अँधेरो कुना जता छ यसो हेरेर नाक थुन्दै हल्का हुनुस् ।
५) तपाईँमा लाज शरमको अभाव छ भने एउटा छेउ लागेर निप्ट्याउनुस । केहि फरक पर्दैन हाम्रोमा गर्नेलाई भन्दा हेर्नेलाई लाज हुन्छ अतः लाज लाग्नेहरु तर्केर हिँड्छन् ।
अस्तु
No comments:
Post a Comment
Thank You very much. Raj