‘संसार बदल्नु छ, शुरुवात आँफैबाट गर्नुछ ।
हामी र हाम्रा सन्ततीको लागि सभ्य समाज बनाउनु छ ।’
आदरणीय महानुभावहरु !
सर्वप्रथम त म ‘लैङ्गिक हिंसा’ शीर्षकलाई परिभाषीत गर्न चाहन्छु । लैङ्गिक हिंसा भनेको लिङ्गका आधारमा हुने हिंसा हो । यो बिश्वका धेरै समाजमा प्राचिनकाल देखि नै विकराल समस्याको रुपमा देखिँदै आएको छ । सामान्यतया लिङ्गका आधारमा हुने हिंसा भन्नेबित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा या कुनै पनि ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु, समान अवसर प्रदान नगर्नु, यौनजन्य दुराचार गर्नु, डर त्रास धम्कि दिनु, पारिश्रमीक नदिनु वा कम दिनु, अश्लील शब्द बोल्नु, अश्लील तस्वीर देखाउनु, अश्लिल इशारा गर्नु आदि सबै लैङ्िगक हिसां हो । हाम्रो देश लगायत संसारका धेरै समाजहरुमा पुरुष भन्दा महिलाहरु विभिन्न प्रकारका हिंसाबाट बढि पिडित भएका कारण लैङ्गिकताका आधारमा हुने हिंसा महिला माथि हुने हिंसाबारेको छलफलमा केन्द्रित रहन्छ । त्यसैले आजको बिषयबस्तुलाई महिला हिंसा बिरुद्धको अभियानको रुपमा केन्द्रित गर्न चाहन्छु ।
हाम्रो देशमा पनि जानेर अथवा कतिपय अवस्थामा नजानेर र हिंसा हो भनेर थाहै नभएर पनि महिलाहरु माथि हिंसा भएको पाइन्छ देखिन्छ । हाम्रो समाजमा अझै पनि छोरीहरुलाई छोरा सरह अवसर प्रदान गरेको पाइँदैँन । पढ्ने बिद्यालय तथा कलेजमा, लगाउने– खाने– बाहिर निस्कने कुराहरुमा, सम्पतीका प्रयोगमा समान व्यवहार गरेको पाइन्न ।
हाम्रो समाजमा महिलाहरुमाथि हिंसाका घटनाहरु धेरै घटीत भइरहेको देखिन्छ–सुनिन्छ । उदाहरणका रुपमा धरानमा महिलाहरुको आक्रमणबाट मृत्यु भएकी महिना हुन वा भर्खरमात्र दाइजोको निहुँमा डाक्टर श्रिमानबाट हिंसामा परेकी महिला, सुरक्षाकर्मिबाट हत्या भएकी म्यादी प्रहरी महिला, नाम चलेको खेलाडीबाट यौन दूव्यर्वहारमा परेकी किशोरी वा प्रेम प्रस्ताव स्वीकार नगर्दा तेजाव आक्रमणमा परेकी किशोरी । मैले प्रस्तुत गरेको उदाहरण भर्खर राष्ट्रिय अखबार तथा मिडियाहरुमा आएका खबरहरु हुन, मिडिया तथा कानुन सम्म नआइपुगेका कति घटनाहरु होलान् ? उपस्थित महानुभावहरु एकछिन सोच्नुस त ।
हाम्रो देशमा २०४७ सालको संविधान अनुसार कूनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाइँदैन भने कोहि महिला ३५ बर्षसम्म अविवाहीत रहिन भने उनलाई पनि पितृ अंशको बराबर हिस्सा मिल्नुपर्छ भन्ने कानुन बनाइएको थियो । त्यस्तै २०६३ को संविधानले महिलाहरुको स्थिति सूधारमा विशेष ध्यान दिएको थियो । त्यही बेला देखि संविधानसभामा ३३ प्रतिशत सीट महिलाको हुने नियम पनि छ । सदियौँदेखि पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्यमान्यता तथा पहिलेबाट नै चलिआएको महिला प्रतिको भेदभावपूर्ण व्यवहार नेपाली समाजको यथार्थ हो । लैङ्गिक विभेदले शोषण र हिंसाका घटनालाई मद्धत पुगिरहेको छ तथा महिलाहरुको अवस्थालाई दुरगामी असर पारेको छ । यसले महिलाहरुको आर्थिक, सामाजिक तथा राजनितिक अवस्थालाई समेत कमजोर बनाएको छ । समतामूलक दिगो राष्ट्रिय विकासको लागि हरेक क्षेत्रमा पुरुष सरह महिलाहरुको पनि सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ । यीनै हिसांका लहर र असमानताको कहरहरु मध्यनजर गरि समानता, न्याय, शान्ति र विकासको लागि प्रारम्भ गरिएको लैगिंक हिंसा विरुद्धको १६ दिने विश्वव्यापी अभियान अन्तर्गत मंसिर ९ गते देखि मंसिर २५ गते सम्म विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ ।
सभाध्यक्ष महोदय,
लैंिगक हिंसा महिलाको मात्र नभएर हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । सामाजिक रुपमा रहेको सबै समस्याको निदान संविधान र कानुनबाट मात्र सम्भव हुँदैन । समाजमा महिलालाई हेर्ने दृष्टिकोण र सोचमा परिवर्तन आवश्यक छ । सकारात्मक परिवर्तनको लागि हरेकले आफुबाट शुरुवात गर्नु आवश्यक हुन्छ । लैगिंक हिसा अन्त्य गर्न व्यक्ति, परिवार, समाज र राष्ट्रका सबै अंगहरु एकजुट हुन तथा यस बिषयमा संवेदनशिल हुन जरुरी छ । आदरणीय महानुभावहरु, आउनुस हामी सबै मिलेर हाम्रो घर, समाज, देश र विश्वबाटै लैगिंक हिँसा अन्त्य गरौँ । लैगिंक हिँसा १६ दिने विश्वव्यापी अभियानको नारा ‘सभ्य समाजको पहिचान लैगिंक हिँसा बिरुद्धको अभियान’ घन्काउँदै सभ्य समाज तयार गरौँ ।
आउनुस
हाम्रो आँट, शाहस, मेहनत मिलाएर जुटौँ ।
हामी सँगसँगै एउटै बाटोबाट बिद्यालय जाऔँ ।
सँगसँगै कार्यालय जाऔँ, सँगसँगै काम गरौँ ।
कसैले कसैलाई नहेपौँ नचेपौँ
कसैलाई पनि लैगिंक हिसाँ नगरौँ
आउनुस हामी सबै मिलेर सभ्य समाज बनाऔँ ।
धन्यवाद
(कक्षा ८ का बिद्यार्थीहरुको वक्तृत्वकलाका लागि )
No comments:
Post a Comment
Thank You very much. Raj