रामे डाक्टर भएछ । पी एच डी डाक्टर ।
पढाइको सर्बोच्च खुड्कीलो ।
यसो हेर्दा बोल्दा पत्यार लागेन तर नपत्याउँ पनि कसरी ? प्रमाणपत्र उसको साथमा छ अनि लामो लामो कोट र टोपी लगाएको तस्वीर भीत्तामा ।
काम गर्ने बिचार गर्यो । शिक्षणबाट केहि सिकेको र जानेको थिएन ।
शिक्षण पेशा ? आए पो ।
निराश जिन्दगीबाट ।
रामेले, कतै सुनेको, पढेको वा चोरेको थियो –
शिक्षण बराबर सिकाई ।
औपचारीक, अनौपचारीक र अनियमीत – शिक्षाका प्रकार ।
चोर्यो, घोक्यो, सार्यो । तर सिकाई ? सिकाई बराबर शुन्य ।
अहिले सम्म राम्ररी सिकेको – गफ गर्न
छल्न
चोर्न ।
सानै देखि प्रयोगमा ल्याएर होला ? जानेकाे सीप त –
बल लगाउने
जोत्ने
बोक्ने
माझ्ने
धुने।
रामे, केहि बर्ष यताउता हल्ल्यो । सिकाईको अर्को ईँट थपियो ।
अचेल,
रामे खाडी मुलुक तीर छ अरे । अमेरिका र युरोपको सपनाबाट बिउँझेर ।
डा राम पी एच डी
सीनीयर डीस वासर द ईण्डीएन ढावा.................
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj