Sunday, November 6, 2011

चुट्कीला ६

विवाहको पहिलो रात। 
दुलहीको मनको ढुकढुकी बढीरहेको थियो। 
दुलहा कोठामा पस्यो। ढोका लगायो। 
दुलहीको मन झन ढक्क फुल्यो। 
दुलहाले पर्दा सबै बन्द गर्यो। 
अनी बत्ती निभायो। 
बिस्तारै खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो- “एउटा कुरा देखाँउ ?” दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। 
दुलहा सिरक भित्रै पसेर दुलहीको हात समातेर तान्यो ।
दुलहीको मुटुको ढुकढुकी दौडन लाग्यो , उ लाज मानेरै उस्को नजिकै सरेर बसी। दुलहा अझ नजिकै गयो करिब करिब कानमै होठ जोडेर  खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी !"
हा हा हा हा..............

No comments:

Post a Comment

Thank You very much. Raj