Sunday, November 6, 2011

गजल ६२

निदरीले के छोडेथ्यो, मैले खोजेको सीरानी आयो ।
तीम्रो साथ चाहेको, कठै चीताको खरानी आयो ।।


टुट्नै लागेको जीबनमा, तिम्रो जवाफ पर्खेको थिएँ
आउन त आयो छिटै, खबर त्यही बिरानी आयो ।।

हिर राँझा मुना मदन, कस्तो तुलना गरे यो हाम्रो
जब छैन जिबनकथा नै, त कस्तो यो कहानी आयो ।

अन्धकारमा बित्यो सबै, घीडघीडो मेरो जिन्दगी
जब गयो सास यो, तब पो छुस्के बिहानी आयो ।।

निदरीले के छोडेथ्यो, मैले खोजेको सीरानी आयो ।
तीम्रो साथ चाहेको, कठै चीताको खरानी आयो ।।

No comments:

Post a Comment

Thank You very much. Raj