नाचौँ गाँऊ संगिनी,छेड ताल रागिनी
नारी दासी नठान,हुन सक्छ बागिनी
पारी पाखैमा,
माया गर, राख आँखैमा ।१।
उत्साहमा नाच्दछिन्,खुसी भइ हाँस्दछिन्
बारुले त्यो कम्मर, ठाउँ-ठाउँ भाँच्दछिन्
नाचौँ सानीमा,
स्वामी राजा, बस नानीमा ।२।
चुरा पोते धागोमा, रातो साडी लगाएँ
लाज डर छोडेर, नाच्नलाई म आएँ
नाच्छु घुमेर
चुला चौकामै, गयो उमेर ।३।
तीजको यो बेलैमा, माइतीको सम्झना
छमछम नाचेको, सकिदैन बिर्सन
दर खाएको
सम्झना छ, रोधी धाएको ।४।
बसन्त कुमार श्रेष्ठ 'क्षितिज'
तिज-०६८
No comments:
Post a Comment
Thank You very much. Raj