Monday, August 29, 2011

के यहि हो त जिबन ?










                                                            भिमढुङ्गाबाट थानकोट हाईकिङ्ग जाने क्रममा बाटोमा भेटीएकी यी आमा, हामी नर्सरीको डाँडोमा केहि बेर बसेर फर्कने क्रममा पुनः बाटोमा भेटिईन । असाध्यै कमजोर शारीरीक अवस्था की ती बुढी आमा कुम्लो कुटुरो सहित एउटा लट्ठीको सहारामा असाध्यै सकसपुर्ण पाईला सार्दै थिईन । फर्केर आउँदा कुम्लो कुटुरो बोकेर असाध्यै सकसपुर्ण बाटोमा लडिरहेकी उनलाई साथीहरुले पानी दिन खोजे । उनले लट्ठीको ईशारामा धपाउन खोजीन । उनलाई त्यस्तो हालतमा बाटोमा छोड्न पनि सबैलाई गारो लागीरहेको थियो । फलफुल पानी केहि पनि लिएपछि र कुनै पनि कुराको उत्तर नदिएपछि आजीत भएर साथीहरु अगी बढे । त्यही बेलामा मैले आफ्नो झोलामा भएको स्याउ निकालेर दिएँ उनले त्यो लिईन र उठेर बिस्तारै अगाडी बढिन । 

                                                         उनको अनुहारको त्यो निराशा, बुढेसकालको त्यो सकस, उनमा रहेको मान्छेहरुको प्रतिको घृणा, उनको शारीरीक अवस्था, उनको अनुहार सबै हेरेर खै किन मेरो मन त्यसै बिरक्तीएर आयो । छोरा छोरी नाती नातीनी र आफन्तले घेरिएर रहन पर्ने बेलामा, किन यस्तो ? उनका आफन्त, सन्तान कहाँ होलान् ? आदि आदि ।।

                                   मनले मनलाई प्रश्न सोध्यो , के यहि हो त जिबन ?    

No comments:

Post a Comment

Thank You very much. Raj