करीब पाँच दिनको तराई यात्रामा धेरै घटना रमाईला र अनौठा
भए । तराईको जनजीवन, संस्कृति र संस्कार मा पटक्कै घुलमील नभएको म यसपटक धेरै घुलमील हुन पाएँ । हुन त मेरा कतिपय ब्यबहार र चालचलनको कारण उनिहरुको लागी म चटके वा भनौँ जोकर जस्तै भएँ भन्ने मेरो अनुमान रह्यो । जस्तै मैले तराई हुन्जेल त्यहाँको पानी पिउन नसकेर सधैँ मिनरल वाटरको प्रयोग गर्नु, धान राख्ने भकारी चिन्न नसक्नु, हरिया भ्यागुता देखि डराउनु, हातमा क्यामरा बोकेर फोटो खिचीरहनु आदि आदि ।
गर्मी भनेपछि मरेझैँ लाग्ने म यसपटक भने गर्मीसँग धेरै
अभ्यस्त भएँ ।
तराईतिर काठमाडौँमा चोरिएका मोटरसाईकल धेरै पुग्ने रहेछ र निकै सस्तोमा
कारोबार हुने रहेछ । तर यहाँ उल्लेख गर्न लागेको कुरा चोरीको मोटरसाईकल
नभएर अर्कै खालको मोटरसाईकलको हो । पहिला राम्रोसँग फोटोहरू हेर्नुस ।
यो हेर्नुस पल्सर मोटरसाईकल मैले चलाउँदै गरेको.. हा हा हा, ल हेर्नुस अब..........................
पल्सरको टाउको हालेर पुरानो मोटरसाईकललाई गज्जबको लुक्स दिईएको थियो । नेपाली डीजाईन .. |
No comments:
Post a Comment
Thank You very much. Raj