(स्रष्टा चौतारी र कुन्ता डण्ड प्रतिष्ठानले आयोजना गरेको प्रथम राष्ट्रिय गजल प्रतियोगिता २०७० मा दोस्रो स्थान हासिल गरेको गजल ।)
- संगिता थापा
- मकवानपुर
- हाल : काठमाडौं
महंगीको भाउ वजारको लागि ।
समाचार बन्छ अखबारको लागि ।।
फुलिरहन देउ फुलहरुलाई
नटिप्नु ब्यर्थ उपहारको लागि ।।
मुनाको सपना वन्धकि राखेर
मदन छ लाममा कतारको लागि ।
घाइते दिल बोकेर मेरो निवासमा
कोहि आएथ्यो उपचारको लागि ।
मान्छे मान्छेमा किन दर्जा छुट्टयाइयो ?
मेरो पनि प्रश्न सरकारको लागि ।
एउटा बिज्ञापन जरुर पढ्नुहोला
वाउसेको खोजी छ असारको लागि ।
No comments:
Post a Comment
Thank You very much. Raj