Sunday, November 25, 2012

स्वप्नलोकबाट


                सधैँ झैँ आजको शनिबार पनि राष्ट्रीय दैनीकमा ट्राफिक प्रहरीको सुचना निस्क्यो । यसपटक अघिल्लो हप्ताहरुको तुलनामा ट्राफिक नियम मिच्नेहरुको संख्या निकै कम देखियो । हुन पनि केहि महिना पहिले शुरु भएको यो नौलो अभियानले गज्जवै गरेको छ अब त कसैले पनि ट्राफिक नियम मिच्न खोज्दैन यदाकदा मिचिए पनि यसरी पत्रिकामा सुचना आउँछ ।
केहि महिना पहिलेको सडक

 यहाँ अचेल दिनभर बाटोमा उभिएर ड्युटी गर्दैनन् ट्राफिक प्रहरीहरु । हरेक चोक लगायतका सडकमा अत्याधुनिक क्यामरा जडिएका छन्, कन्ट्रोल रुममा बसेका ट्राफिक प्रहरीहरु लगातार हेरिरहन्छन् अनि जस्ले अलिकती पनि नियम मिच्छ नी त्यसको नाम अर्को हप्ताको सुचनामा आईहाल्छ । कस्तो मज्जा न त्यहाँ कसैले ट्राफिक प्रहरीसँग बाझाबाझ गर्छ, न त ट्राफिक प्रहरीले ज्यान हत्केलामा राखेर गाडी रोक्नु पर्छ । न पानीको डर न घामको ? न जाडो न गर्मीको डर  ?

आजभोली नियम मिच्दैनन् चालकहरु

खुशी हुँदै ट्राफिक प्रहरी
हुन त चालकहरुलाई बानी लगाउन कहाँ सजिलो थियो र ? पहिलो हप्ता पत्रिकाको २० पाना भन्दा बढिमा त ट्राफिक नियम मिच्नेकै नामावली थिए । आजकल ट्राफिक सेलाए भनेर नियम माथि नियम मिच्नेहरु एकैपटक ५१ पटकसम्म ट्राफिक नियम मिचेको भनेर सुचना आएपछि र त्यही अनुसार जरिवाना बुझाए पछि गएको सातो त हत्तपत्त कहाँ फर्कन्थ्यो र ? 

आजकल पैदल यात्रुलाई पनि नीयम लगाउनु पर्ने बेला भएको छ । 
सबैले नियम पालना गरेपछि त काठमाडौँको सडक पनि त कत्ती ब्यवस्थीत हुनेरहेछ नी ? आजकल त न कसैले जथाभावी गाडी रोक्छ । न ट्राफिक लाईटको अवहेलना गर्छन न जथाभावी ओभरटेक नै । न तिब्र हुईँक्याउँछन् । अनि त चालक, यात्रु, पैदलयात्रु, प्रहरी , ट्राफिक प्रहरी, सरकार लगायत सबैलाई सजिलो हुने भयो ।
              
                आजकल दुर्घटना पनि धेरै कम भएका छन् नी ।

                वा ! ट्राफिक प्रहरी । वा ! हाम्रो देश नेपाल ..... 
                        
                               समाप्त
                                                                                                                       
                                          (यो मेरो कल्पना कहिले पुरा हुने होला । तर सडकमा खटेर बस्नु भन्दा माथिका कुरालाई पनि ध्यान दिए पक्कै नेपालको सडक अवस्था सुधारीने थीयो की ?)                                 


No comments:

Post a Comment

Thank You very much. Raj