शहर बन्द छ अर्थात १० बजेसम्म अघोषीत कर्फ्यु । शक्तिशाली संगठनको अझै शक्तिशाली भाईसमुहले किस्ताबन्दीमा उपत्यका बन्द गरेका छन् ।
थुनिएको नदि निकै समयमा खुलेजस्तै बाटोघाटो जताततै हतारिएको भीड । मान्छे, गाडी, साईकल अनि मोटरसाईकल कस्लाई बढि हतार हो ठम्याउनै मुश्किल ।
कोटेश्वर चोकमा दृश्यमा आयो । पुरै रातो रङ्गको भारतीय हिरो कम्पनीको ५० लटको प्लेजर स्कुटी । अनि स्कुटी चालक हाफ पाईन्ट र सर्टमा पटक्कै नसुहाएकी पातलो ज्यानकी काली काली केटीलाई ट्राफिकले समातेको देखियो ग्वार्को तर्फबाट आउने बाटोमा । केटीको के गल्ती थियो ? देखिएन तर ट्राफिकले चाबी खोसेर स्कुटी लिए, हेलमेट मागे अनि अगाडी ट्राफिक कार्यालय तीर ईशारा गरे, बोली त सुनीएन शायद स्कुटी लिन त्यहाँ आउनु भनेको होला ?
ट्राफिकले हेलमेट लगाएर स्कुटी अगाडी बढाए । शीरको सेतो टोपी लापरवाह स्कुटीको खुट्टा राख्ने ठाउँमा आकाशतर्फ फर्केर लडिरहेको थियो । अगाडी बढ्दा टोपी खस्नै लागेको बेला ती ट्राफिकले खुट्टाले रोके ।
तीनलाई रोकेर भन्न त धेरै मन लागेको थियो । तर अहिलेलाई – “आफ्नो शीरको टोपीको ईज्ज्त गर्न नसक्ने देशको सेवा के गरौला र खै ?”
रिसानी माफ होस ।
२०६९–०४–२१
No comments:
Post a Comment
Thank You very much. Raj