“हेलमेट सहितको रात्री बसको सवारी, बाटोमा शरिर किन्ने र बेच्नेहरुको जुहारी ।
ठमेलको महङ्गो महङ्गो बर्गर, बसभीत्र सीसी टि भी बिना सर्भर ।।”
सौभाग्यबस मैले त धेरै यात्रा गर्ने मौकाहरु पाएँ तर मेरा धेरै साथीहरु छन् जस्लाई कुनैबेला त्रीपुरेश्वर बाट सुर्यबिनायक सम्म चल्ने ट्रलीबस थियो भन्ने सम्म पनि थाहा छैन । भ्रष्टाचार र मनपरितन्त्रको क्यान्सर लागेर निकै समय थलिएको ट्रलीबस धेरै अङ्ग काटीएर जसोतसो कोटेश्वर र त्रीपुरेश्वर गर्दै थियो । एउटा गज्जबको भविष्य र भाग्य बोकेको केटो थियो ट्रली तर हामीले जोगाउन अर्थात बचाउन सकेनौँ । आज ट्रलीबस एकादेशको कथा भैसक्यो ।
नीलो र लामो एकदम समयमा चल्ने अनि सहुलियत भाडा लिने सरकारी साझा बस जस्मा म कैयौँ पटक भीडको मौका छोपेर भाडा नतिरी पुरानो बसपार्क बाट जोरपाटी जान्थेँ । स्कुले पोशाकमा हुने भएकोले पनि होला प्राय भाडा तीर्नु पर्दैनथ्यो अलिकती आँखा छले पुग्ने । यात्रुहरु कतै जाँदाको पहिलो रोजाई हुने गर्थ्यो साझा बस । तर यस्लाई पनि छोयो क्यान्सरले अर्थात भ्रष्टाचार र मनपरितन्त्रको क्यान्सरले गर्दा घीटी – घीटी गर्दै बित्यो साझा अनि बन्यो एकादेशको कथा ।
माथिका सवारीको यात्रा बिवरण सम्झँदा वा सुनाउँदा एउटा ईतिहास बोलेजस्तो लाग्छ मलाई । तीनै इतिहासबाट प्रेरीत भएर नै होला सरकारको सहयोगमा काठमाडौँका बस ब्यबसायीहरुले शुरु गरेको रात्री सेवाको बसमा चढ्न पहिलो दिन नै जान चाहन्थेँ, के थाहा कहिले इतिहास बन्छ यो बस सेवा पनि ? पानी पर्यो जान पाइएन पहिलो दिन तर दोस्रो दिन साथी हेमराज भट्टराईलाई लिएर लागेँ रात्रीसेवाको सेवा लिन । साँढे आठ बजे बानेश्वरमा मेरो दुईखुट्टे सवारी बिसाएर अर्को गाडी चढेर हातमा हेलमेट र पछाडी झोला बोकेर लागीयो रत्नपार्क तीर ।
ओर्लने बित्तीकै काँचो मासुका पसलहरु यत्रतत्र देखिए अनि त्यसका बिक्रेताहरु पनि । हल्का उज्यालोमा ती काँचो मासुहरु सकेसम्म ढोका उघारेर बिक्रेताहरुलाई लोभ्याउन उद्यत देखिन्थे । नढाँटी भन्दा रात्री जिवनको रमाईलो यस्तै माहोल चुपचाप हेर्नुमा प्रशस्तै हुन्छ । पारी गणेशको मन्दिरको उज्यालोमा गएर निकै बेर उभियौँ हामी रमिते बनेर । म यस्ता दृश्यको रमिते बनेको पहिलो पटक थिएन तर साथी हेमको भने पहिलो पटक थियो उनी चाख मानेर दृश्य स्वाद लिईरहेका थिए । म जानेसम्मको बर्णन गर्दै थिएँ ।
छेउमा एउटी मंगोलीयन अनुहारको साधारण भाव भंगीमा र पोशाकमा एउटी महिला उभिईरहेकी थिईन सकेसम्म भीडबाट जोगीएर मोबाइल खेलाउँदै । उनी मान्छेको भिडबाट छलिदैँ हामी तर्फ आइन् –
”हेल्लो ?” – मैले बोलाएँ । उनी अगाडी आईन हाम्रा ओठ मुख सुके ।
“मलाई घुमाएर कुरा गरेको मन पर्दैन । छोटोमा भन्नु न ।”– हामी अवाक नै रह्यौँ । “जाने हो भन्नुन ।”
“ल रातभरको चार हजार लाग्छ दुइजनालाई । दुई घण्टा जाने भए १५०० दिनु ।”– कामकुरो अर्कातीर कुम्लो बोकी ठिमी तिर भने झैँ हामी चुपचाप नै छौँ ।
“ल जाने भए रातभरको ३५०० दिनुस् ।” – भन्दा भन्दै उनी पर पुगीसकेकी थिईन । हाम्रो वरिवपरी भीड भै सकेको होला ।
साथी छक्क पर्दै थिए । निकै दृश्यहरु देखिए त्यहाँ । हामीले देख्दा देख्दै निकै कार र मोटरसाइकलले बोके तिनीहरुलाई । त कोही ट्याक्सीमा जाँदै थिए । हामी रानीपोखरीको तीरै तीर भएर ठमेल तिर लाग्यौँ । मौसम निकै रन्केको छ दिनभर पानी नपरेर होला ।
मैले सोचेँ रात्रीबसले गर्दा पहिले –पहिले ठमेल क्षेत्रमा हुने गरेको ब्यबसाय यता सरेछ । .........
राजु जी , मलाई तपाईको लेख मन पर्यो ।तर त्यो भन्दा बढी तपाईले बिगतमा गर्नु भएका गल्ति र चलाखीहरुलाई उल्लेख गर्दै रात्री सेवाको बस चढने क्रममा भोगेका र देखका कुराहरुलाई जस्ताको तस्तै लेख्ने तपाईको इमान्दार शैली मलाई अझै मन पर्यो । र अन्त्य मा अर्को सत्य कुरा भन्न चाहे म
ReplyDelete"एक रात - भाग २ " पढ्न आतुर छु ।