१) “अब भाग २ मा सुयोगलाई एथलीट बनाएर ओलम्पिकमा दौडाउन पर्छ ।”– फिल्म हेर्दा हेर्दै मेरो मुखबाट प्वाक्क निस्कीयो सँगसँगै केहि जोर हाँसोहरु पनि ।
हुन पनि दौडिनै नपर्ने अवस्थामा पनि बे–फ्वाँकमा सुयोगलाई दौडाउनु भन्दा अन्य कुरालाई प्राथमीकता दिन सकिन्थ्यो । कति त ल ? पेप्सीकोलाको घरमा पुगेको मान्छे नाङ्लो बेकरीमा पनि दौडेरै पुग्छ त ।
२) सुयोग वनबाट फर्केर आउँदा गेटमा छिरेको बेला घरको माथ्लो तल्लाको झ्यालमा कोहि भएको देखिन्छ । तर कथाले सबैलाई नाङ्लो बेकरी पठाइसकेको हुन्छ । झिनो मसिनो गल्ती हो यो तर गम्भीर पनि । किनकी चलचीत्र एकजनाले मात्र बनाउने कुरा हैन कसै न कसैले त्यो गल्ती याद गर्नु पथ्र्यो ।
३) सुयोग अर्थात चलचित्र नायक हराएको जङ्गललाई उचाइबाट लिइएको दृश्य अत्यन्तै राम्रो र कलात्मक छ तर बिडम्बना बस्ती प्रष्टै देखिन्छ ।
४) रातभर नदिमा बग्दा, भिज्दा पनि लाइटर र चुरोट सलामत रहनु हाँस्यास्पद दृश्य । निर्देशकको चुरोट प्रेम देखिन्छ त्यसमा । अनि दिशा पिसाबको दृश्य समय लम्ब्याउने मजाक भन्दा बढि केहि लाग्दैन, फिल्मलाई सस्तो बनाएको छ त्यस्ता दृश्यहरुले ।
५) हराएको जङ्गलको दृश्यलाई पटक्कै न्याय गर्न सकेका छैनन् निर्देशकले । स्थान चयन अत्यन्तै खराब (जस्मा गाईबस्तु र नजिकै मानव वस्तीका प्रशस्तै प्रमाणहरु पाइन्छन् ।)बरु त्यसको सट्टामा कुनै पहाडी खोलाको तिर जस्लाई भिर र खोलाले छेकेको अनि केहि ठाउँ खाली भएको होस् त्यस्मा दृश्यहरु लिन सकेको भए उत्तम हुने थियो ।
६) फिल्मको सबै भन्दा खराब पक्ष अर्थात चित्तमा बिझ्ने पक्ष भनेको यस्को अन्त्य हो । जस्लाई गज्जब बनाउन सकिन्थ्यो तर सामान्य हाँस्य श्रृङ्खलामा जस्तो सामान्य र छेउ न टुप्पो मै सकियो । अन्तमा सुयोग ले बोलेको डायलग धेरै बलीउड फिल्मका मसला हुन् जुन यहाँ नराख्दा राम्रो हुने थियो ।
बरु बलिउडबाट प्रभावीत हुनु नै थियो त बाउ छोरालाई घरमै मिलाएर नायीकालाई नफर्कने गरि पब्लिकेसन्स अफ लन्डनसँगै बेलायत पठाईदिएको भए र कुनै अवस्था सिर्जना गरि एयरपोर्ट मा रोकेको भए अझ राम्रो हुने थियो ।
यी त भए फिल्मका कमजोर पक्ष, उत्कृष्ट पक्षहरु निकै छन् अपवादमा । कलाकार चयन अझ मोटरसाईकल चयन सम्म गज्जब छ । कतिपय दृश्य तथा सम्बाद मन छुने खालको छ भने कतिपय दृश्यमा दर्शकले आफ्नै प्रतिरुप फेला पार्छन पात्रमा ।
सुयोग अर्थात राज बल्लभको काम तारिफ योग्य छ । छाएका छन् कतिपय दृश्य र सम्बादमा उनी । नायीका अर्थात निशा अधिकारीले आफ्नो भुमिकालाई न्याय गरेकि छन् भने सुयोगका बुबाको रोलमा रबि गिरीको अभिनयमा खोट लगाउने ठाउँ छैन ।
फिल्म ढिलो छ, क्यामेरा सुस्त र अध्याँरो लाग्छ । गीत संगीत सामान्य छन् । तर पनि यत्तीको फिल्म बन्नु प्रशंसा योग्य मान्नु पर्छ । एक पटक मज्जाले हेर्न सकिन्छ हलमा गएर अपवाद । यहि गती र बाटो लिएर बन्दै गए एकदिन “नेपाली मनको नेपाली सिनेमा” भन्न सकिने दिन पक्कै आउँछ ।
Soundtrack was awesome!
ReplyDeleteYa Really.........
ReplyDelete