Friday, June 22, 2012

चम्चे, चाटुकार र हरिवंश

                   



                               “हरिवंश भन्या त्यही हैन टि भीमा आउने ?  अस्ति भर्खर त टि भी मा रुँदै थियो त ? अहिले नै बिहा गरेछ र ? ” – हजुरआमाले आज बिहानै सोध्नुभयो मलाई ।

                             “केटा मान्छेको जातै त्यस्तो, जो सुकै किन नहुन् ? कस्तो अचम्म बुढेसकालमा सम्म पनि अर्की नै ल्याउन पर्ने ?” – नजिकै बसेकी अर्की युवती बोलीन् ।


                            “हैन आफुभन्दा माया गर्ने जिवनसाथी गुमाउनु भएको थियो नी उहाँले पोहोर बैशाखमा, त्यही बेला देखि उहाँ बिक्षिप्त हुनुहुन्थ्यो रे ? अनि बिहा गर्नु भएको रे नी त ?” – मैले सुनेको कुरा बताएँ ।

                           “हा हा हा, भनेपछि पैल्हेको बुढीको माया भुलाउन अर्की बिहा गरेको रे ?” – पल्लो घरकी अन्टीले ब्यङ्ग्य कस्नुभयो ।


                           आज बजार अनि घर सबैतिर यस्तै यस्तै हल्ला छ । सहमत असहमत दुवैको आवाज चर्को छ ।

                            सबै कुरा सुनेपछि धेरैले सोच्न सक्ने कुरा र मेरो मनमा लागेको कुरा अलिक फरक छन् । पहिलो कुरा त उनको बिहालाई कत्रो न समाज सेवा गरे जस्तै गरि जुन रङ लेपिएको छ त्यो घिनलाग्दो छ । फेसबुकमा पहिलो पटक एकजना लघुकथाकार डा मार्फत सार्वजनिक गरिएको फोटोसहितको खबरमा भनिएको छ “त्यसो त हरिवंश दाइले जुनसुकै उमेर, ओहदा, रुपका ब्यक्तिसँग बिहा गर्न सक्नुहुन्थ्यो । तर उहाँले एक दशक अघि बिधवा हुनुभएकी रमिला पाठक सँग बिहा गरेर समाजमा सकारात्मक सन्देश पनि दिनु भएको छ रे ?”
                  कस्तो हाँसो लाग्दो कुरो ? 

                             “जो सँग चाहे पनि बिहा गर्न सक्ने रे ? ” – वा धार्मीक कथामा जस्तो मन्त्र पढ्ने बित्तीकै जो चाह्यो त्यही लुरु लुरु पछि लागेर आउने रहेछन् कि भन्ने लागेर केहि केटी साथीलाई ( बिभिन्न माध्यमबाट) सोधेँ । २५ जना मध्य १ जनाले गर्छु भन्नुभयो । त्यो पनि जिन्दगी सुखी हुन्छ भनेर । भनेपछि हरिवंशलाई महान देखाउन प्रस्तुत बिचारले महिलाहरुलाई  हेप्न खोजिएको प्रष्टै थाहा लाग्छ ।

                              कलाकार हरिवंश र साहित्यकार कृष्ण धरावासीले पोहोर बैशाख महिनामा केहि दिनको अन्तरमा आ–आफ्ना जिवनसाथी गुमाएका हुन् । समयको अन्तरालमा धरावासीले श्रीमतिको सम्झनामा एउटा गज्जबको किताब निकाले, पाण्डुलिपी नाम दिएर । हरिवंशले भने सबैलाई छक्क पार्दै अर्थ न वर्थको समाजसेवाको नाम दिएर अर्की श्रीमति ल्याए । जिन्दगीको आधा भन्दा बढि उमेर पार गरिसकेका उनलाई  नयाँ श्रीमतिको कत्तिको आवश्यकता थियो ? के उनको श्रीमति प्रतीको माया जस्ले हामी सबैलाई रुवाएको थियो त्यो सबैमा अभिनयको असर ज्यादा थियो ? के उनले त्यो शोकलाई शक्तिमा बदल्न सक्दैनथे ?

                               हिजो जस्तो लाग्छ हरिवंशले आफ्नी प्यारी श्रीमतिको बिछोडको पिडामा हामीलाई सँगै रुवाएको । अहिले भर्खरै जस्तो लाग्छ पत्रिकाको पानामा बेदनायुक्त कविता छपाएको । हामी पनि रोयौँ उनको पिडामा, परै रहेर भए पनि हामीले पनि बाँड्यौ उनको पिडा । निकै साहित्यकार र पत्रकारले छुटेका जोडीका गाथा गाए, सुन्यौँ अनि पढ्यौँ हामीले, आज लाग्दैछ ती त तिनका स्तुती गान पो रहेछन् ।

                            छोरा बुहारी भएको मान्छे कोही सहाराको खाँचो त थिएन होला नी ? अन्य उपायहरु पनि त थिए सहाराको लागी ।

                           ठिकै छ हरिवंश दाईलाई शुभकामना नयाँ जिवनको लागी । तर अन्य रङ नपोती शुद्धरुपमा भनियोस “हरिवंशले अर्को बिहा गरे ।” चम्चे र चाटुकारले जवरजस्त सामाजीक सेवा र कसैको उद्धारको रुपमा यो प्रसङ्गलाई नजोडुन । चम्चे र चाटुकारको टोलीहरुले भोलिदेखि यो प्रसङ्गलाई महान कार्यको संज्ञा दिँदै पत्रिकाका पाना भर्नेछन् अनि समाजले पढ्नेछ हाँस्दै – हाँस्दै ।

         सबैलाई ज्ञात होस यो कुनै क्रान्तिकारी कदम हैन बरु बिशेषण दिनै  नै मन भए स्वार्थी कदम भन्न सकिन्छ । यस्ता साना तिना स्वार्थी कदम लाई उचालेर समाजका साँच्चैका उद्दारकहरुलाई हतोत्साहीत नगरियोस् ।

                                                                           समाप्त

2 comments:

  1. Great ! Winning against own-self not others is the great challenge that you two have made. I admire you both. There are so called intellectual people with ego who interpret others' affairs and feel great. It is their business but ...

    ReplyDelete

Thank You very much. Raj