Wednesday, June 13, 2012

म र डेटिङ


                                             हुन त, नढाँटी भन्नुपर्दा आफुलाई डेटिङ भनेको के हो भन्ने नै थाहा छैन ? स्कुलमा त मास्टरले पढाएनन् नै कलेजमा सम्मन कसैले केहि भनिदिएनन् के हो डेटिङ भनेर । अलि अलि ज्ञान जम्मा पारेर, एक जना केटी मान्छे र एक जना केटा मान्छे मात्रै सँगै कतै घुम्न जानु भनेकै डेटिङ हो भन्ने ठान्थेँ म । तर केहि केटी साथीले नै आपत्ती जनाए पछि ती त डेटिङ हैन रैछन् भन्ने था भो । भनेछी कुरो प्रष्ट छ, बेलैमा बाले एउटी पुतली खोजेर टाँसो लाईदेको भए आधा दर्जन छोराछोरीको बाउ हुने बेलासम्म पनि एउटा पनि डेटिङ गईएको रहेनछ आफु त । 


ऐना हेर्दै सात–सात पटक लुगा फेरेर चिटिक्क परेर बिभिन्न समयमा केहि दर्जन केटीसँग घुम्न गाका सबै डेटिङको पेरीफेरीमा नपरेपछि अब चैँ साँच्चैको डेटिङ जाने रहर पलाएकै हो । कहिले सर सापट त कहिले खुत्रुके फोरेर भा पनि डेटिङको निहुँमा अलिक खर्च गरिएछ नै । सबैको नाम टिपेर ब्याज सहित फिर्ता माग्ने लहड पनि लाग्छ कहिलेकाहीँ, साँच्चै एकमुष्ट राम्रै पैसा पो आउने रैछ त ।
   खुब खोज्दा पनि, डेटिङ भनेको के हो ? मेरो दिमागमा त घुस्दै घुसेन । गुगल ले नी भन्यो, टोगल ले नी भनेकै हो । अझ साथीहरुले त कति भने कति ? तै पनि यो पन्चर भाको दिमागमा केहि घुसे पो त ? बरु यो डेटिङमा शरिरको भाषाले के के जनाउँछ भन्ने चैँ कता कताबाट थाहा लाग्यो । यहाँलाई पनि त रहर लाग्यो होला नी बुझ्नलाई, ल सुन्नुस त ।

ब्यक्तिले झुटो बोल्न सक्छ तर आफ्नो हाउभाउबाट प्रकट हुने सत्य लुकाउन सक्दैन रे । 

भाषा १ – यदि उ ÷ उनी हात बाधेँर बसेको छ वा उभिएको छ भने आत्मकेन्द्रित वा अन्तरमुखि रैछ भनेर जान्नु रे अझ केहि कुरा लुकाउनु खोजेको पनि हुनसक्छ रे ।

भषा २ –  यदि उ ÷ उनी तपाईको मुहारमा हेरेर सहजताका साथ कुरा गरिरहेको भए त्यस्ले आत्मबिश्वास छ भनेर देखाउँछ रे । नजर नमिलाई कुरा गरे आत्मबिश्वासको कमि वा लजाएको भनेर जान्नु रे ।

भाषा ३ – यदि उ ÷ उनी कुराकानी गर्दा अगाडी हल्का झुकेको छ भने आफ्नो कुरामा रुचि दिदैँ छ भनेर जान्नु रे । त्यसको सट्टामा खुट्टा हल्लाउँछ, आफुसँग भएको केहि कुरा जस्तै कलम, कपि, मोबाइल। सनग्लास वा टेबलमा भएको केहि चलाउँछ भने आफ्नो कुरामा ध्यान दिएको छैन भनेर जान्नु रे ।

भाषा ४ – यदि उ ÷ उनी बोल्दा बारम्बार आफ्नो हात कपाल तिर लान्छ वा औँला पड्काउँछ भने झुठो बोलिरहेको छ वा तनावग्रस्त छ भनेर जान्नु रे ।   

भाषा ५ – यदि उ ÷ उनीले हात मिलाउँदा हात कसिलो तरिकाले समाउँछ भने उ सम्बन्ध प्रति समर्पित भएको ब्यक्ती हो भनेर जान्नु रे । तर त्यसको सट्टामा हल्का तरिकाले समात्छ भने त्यो मान्छे दुविधामा रहने ब्यक्ती हो भनेर जानु रे । 

                                    अन्तमा मेरो बिचारमा, हुन त मेरो विचारले पहिले नै हावा आइसकेको छ । तै पनि भनिहालम्, डेटिङको समयमा मान्छेले संयमित हुँदै आफ्ना राम्रा पक्षमात्रै देखाउँछन् । कहाँ त्यतीमात्रै र यसो सरसापट गरेरै भा पनि राम्रै लाउँछन् अनि ब्युटी पार्लर नै छिरेरै भा पनि अनुहार सनुहार पनि लिपपोत पार्छन ।  अत पहिलो भेटमा सहि आंकलन गर्नु त मैले हिरा चिन्नु जस्तै हो । जिन्दगी भर हिरा नदेखेको मान्छे बाटोमा एकमुठी हिरा भेटे पनि बाटोमा फ्याँक्दै फ्याँक्दै घरमा रित्तै आईपुग्छु होला म । 

                              ल – ल चिन्ता गर्नु पर्दैन, दुइ चार पटक भेट्नुस अनि केहि निर्णय गर्नुस । डेटिङको नाममा म जस्तो मुर्ख नबन्नुस । 

सबैको भलो होस ।  
२०६९ जेठ ३१ गते


No comments:

Post a Comment

Thank You very much. Raj