काठमाडौँ बागबजारको श्रेष्ठ टेलरीङ्गको तल अवस्थीत आराधना क्याफेमा कफि पिउँदै गर्दा टुप्लुक्क आईपुगेका मित्र सबिन एकतारेले एउटा खबर दिए । आज न्युरोडमा भुतले मान्छे फ्याँक्यो रे अनि भुत खिच्न जाँदा पत्रकारलाई गालामा थप्पड हान्यो रे ? एकछिनको रमाईलो माहोल र गफगाफ पश्चात सबिन र म न्युरोड तिर लाग्यौँ । न्युरोड गेटबाट केहि गाडी बढेपछि रञ्जना हलतिर जाने गल्लीको देब्रेपट्टीको पहिलो घर वरपर निकै भिडभाड थियो ।
ट्राफीक लगायतका सुरक्षाकर्मी टन्नै परिचालीत देखिन्थे । घरको वरपरको भिड पन्छाउँदै थिए उनीहरु र साथमा गाडीको जाम पनि घटाउन ब्यस्त देखिन्थे । घर हेर्दा सबै खाली देखिन्थ्यो तर तल्लो तलामा भने एउटा घडी पसल थियो जुन त्यो बेला बन्द थियो ।
भुत देखिएको भनीने खाली घर |
बिशालबजार र बसन्तपुर केहि बेर बिताउँदा निकै कुराहरु सुनिन आए । धेरैको मुखमा पत्रकारलाई भुतले झापड हान्यो भन्ने शब्द झुन्डिएको थियो अझ कतिले त क्यामेरा पनि फुटेको कुरा बताईरहेका थिए । करिब सात बजे त्यही बाटो फर्कदाँ पनि स्थिती उस्तै थियो त्यही जाम अनि भीडभाड ।
भुतको हल्लाले जम्मा भएको भीड |
बेलुकी एभिन्युज टिभी लाई पर्खेर बसेँ अनि न्युज हेर्दा थाहा पाएँ । एकजना वास्तुविद सहित एभिन्युजका दुई जना पत्रकार गएर घरको दृश्य खिचेर ल्याएका रहेछन् अनि वास्तुविदका अनुसार घरमा नागको सामान्य दोष र केहि बिकीरण मात्रै छ रे ?
केहि साथीहरु बटुलेर त्यो घरमा एक रात बस्ने रहर पलाएको छ । हेरम्, शुक्रबार सम्म गएर घरमालिक सँग कुरा गर्न पर्ला अनि आँटीलो साथीहरुको खोजी पनि । कम्तीमा पनि थाहा लागोस भुत छ वा छैन अनि भुत के हो भनेर ?
No comments:
Post a Comment
Thank You very much. Raj