Thursday, March 29, 2012

"जलसा" एक शुरुवात



*******************राजु दाहाल**************
                                     नाम र दामको चाहना , अति महत्वाकांक्षाले मान्छेलाई दरिद्र बनाउँछ । सबै मान्छे कुनै न कुनै रुपमा दुखि हुन्छ नै । दुखलाई भुलाउने मान्छेका धेरै उपाय हुन सक्छन् । रक्सिको प्यालामा डुबेर, अरुलाई पिडा दिएर वा यस्तै यस्तै । तर प्रायः सबै उपायहरुमा स्वपिडन तथा परपिडन स्वभावैले हुन्छ नै ।
कार्यक्रममा गजल वाचन गर्दै करुण दाजु र पोष्टराज दाजु
                                            स्वपिडन र परपिडन भन्दा पनि पर अर्को उपाय छ दुखः, पिडा र मन भुलाउने जस्लाई हामी साहित्य भन्दछौँ । जिबनमा कुनै न कुनै बेला मानिस साहित्यीक (कबि) बन्छ भनिन्छ । धेरैको लागी क्षणीक भईदीन्छ भने थोरैको लागी जिन्दगीभरको साथ । हो, साहित्य यस्तो नशा हो जस्ले कसैलाई पनि पिडा दिँदैन । सबै सांसारीक भ्रम यसैमा आएर टुङ्गिन्छ । एक्लो टापुमा पनि साहित्यप्रेमी एक्लिदैँन अनि कुनै पिडा र दुखमा पनि अल्मलिदैँन । पिडा र दुखको स्याही बनाएर लेख्छ निरन्तर अनि निरन्तर । खुशीको पलहरुमा उस्का कलम परेपछि त्यो सधैँ अमिट रहन्छ अनि दुखका पलहरु त्यही कलमको स्याही सँगै निस्तेज बन्दै जान्छ ।
कार्यक्रम चाख मानेर हेर्दै र सुन्दै प्रतिक दाजु, उमा दि, शर्मीला दि, जयराम जी, दुतेन्द्र जी र बिनोद प्रसाद चापागाई लगायत

                                              यहि साहित्यको मर्मलाई गहिरीएर बुझ्ने प्यास र सिलसिलामा एकदिन आदरणीय दाजु किशोर पहाडीको एकल कबिता वाचन सुन्न जाने संयोग जु¥यो । स्कुल अफ क्रियसनको एउटा सानो कोठामा अत्यन्तै अनौपचारिक किसिमले भएको उहाँको कबिताको भव्य माहोलले मनै तरङ्गित भइरह्यो निकै दिनसम्म । दाजु सनत कुमार, दाजु प्रकाश सायमी, दिदी उमा सुबेदि, दाजु रमेश कँडेल, मित्रहरु बसन्त र दुतेन्द्र, दाजु आनन्दश्री श्रेष्ठ, दाजु बिपुल सिजापती लगायत अन्य सहभागी सँगै फेसबुके चौतारीमा सँगै उठ्ने बस्ने गरेका तर सामुन्ने पर्ने संयोग नजुरेका दाजु पोष्टराज चापागाईँ र गजलका पुराना हस्ति दाजु करुण थापा पनि त्यहीँ भेटिनुभयो ।
करुण दाजु र पोष्टराज दाजु गजलवाचन गर्दै
                                         भव्य कार्यक्रमको माहोल पछिको चियापानसँगैको गफ गाफमा करुण दाजु र पोष्टराज दाजुलाई एकै ठाउँमा बसेर गजलबारेमा गरेको छलफल र उहाँहरुको बिचको फरक सम्बन्ध देखेर म अत्यन्तै आकर्षित भएँ । हुन पनि गजल लेखनमा उहाँहरु बिपरीत ध्रुबको सम्बन्ध राख्नुहुन्थ्यो । एक सिमीत तर मानक गजलकारको रुपमा दशकौँ देखि परिचीत र अर्का केहि समयमै धाराप्रवाह गजल बगाउने साथै गजलका छन्द ज्ञाता । उहाँहरु दुबै लाई एकै ठाउँमा उभ्याएर गजल सुन्न पाए ? मेरो लोभी मन बहकियो । मैले तत्कालै उहाँहरुलाई मनको कुरा पोखेँ उहाँहरु दुबै तयार हुनुभयो र कार्यक्रम गर्दा हुन्छ भनेर बिपुल दाजुले पनि हौसला दिनुभयो । मेरो मनमा तत्कालै एउटा कार्यक्रमको रुपरेखा तयार भयो । पहिलो कार्यक्रम “करुण थापा र पोष्टराज चापागाईँ” को गजल वाचन दोस्रो कार्यक्रम आदरणिय नियात्राकार दाजु प्रतिक ढकाल र र कबि मित्र बसन्त श्रेष्ठ क्षितीज को कबिता वाचन अनि तेस्रो लघुकथा वाचन यस्तै यस्तै । मेरो आँखा अगाडी कार्यक्रमको छबि दुरुस्त उभिएको थियो । कार्यक्रम चलाउन म मेरो दैनिक चिया कटौती गर्न तयार थिएँ ।
करुण दाजु गजल वाचनको क्रममा

                                                  मेरा अत्यन्तै असल मित्र बसन्त श्रेष्ठ “क्षितीज”जीलाई कार्यक्रमको बारेमा सानो जानकारी दिदैँ अर्को कार्यक्रमको लागी तयार रहन र आउँदो कार्यक्रमको लागी पनि मिलेर जान आग्रह गरेँ । तर उहाँको समयाभावको कारणले उहाँले सकेसम्म हेर्ने वचन दिनुभयो । किशोर दाईको कबिता सुनेपश्चात कार्यक्रमको रुपरेखा बनाउँदै म र रमेश कँडेल दाई घर फर्कियौँ ।
पोष्टराज दाजु गजल वाचनको क्रममा

                                                  कार्यालयको अत्यन्तै ब्यस्त समयबाट केहि समय चोर्दै म कार्यक्रमको तयारीमा लागेँ समय समयमा रमेश कँडेल दाइलाई फोन गर्दै कार्यक्रमको बारेमा चिन्ता तथा चर्चा पनि गर्दै रहेँ । कार्यक्रमको दिन आउन केहि दिन बाँकी थियो । मैले फेसबुकमा एउटा कार्यक्रम बनाएर सबैलाई निम्त्याउन थालेँ । रमेश दाजुले पनि यस कामको लागी सहयोग गर्नु भो तर नामको समस्या भयो हाम्रो लागी, रमेश दाजुले आयोजकमा राजु दाहाल भन्दै मेरो नाम राख्छु भन्नुभयो तर मैले हामी भनेर राख्नुस यो कार्यक्रम हाम्रो हो भन्ने आग्रह पश्चात उहाँले आयोजकको नाममा राजु दहालको सक्रियतामा साहित्यीक समुह भनेर राख्नुभयो । कार्यक्रमको केहि दिन अगाडी बिपुल सिजापती दाईले फोन गरेर केहि नामहरु सम्झाउनुभयो जुन हामीले छुटाउन नहुने थियो र करुण दाजुलाई आफैँले फोन गर्छु भन्नुभयो ।
हा हा हा, खुशीका पलहरु

                                                    कार्यक्रमको दिन बिहान १०ः०० बजेसम्मको आफ्नै कार्यालयको मिटिङपछि बिना तयारी म कोटेश्वर पुगेँ । एकदमै अनौपचारिक पोशाकमा पुगेको मैले कार्यक्रमको तयारीस्वरुप केहि खादा किन्नुको (जो पछि प्रयोगमा आएन) साथै चियाको बन्दोबस्त गरिसके पश्चात रमेश दाजु नजिकै आईपुगेको खबर सँगै बिपुल दाइ आइपुग्नुभयो । उहाँलाई लिएर म कार्यक्रम आयोजनास्थल पुगेर सबै तयारीमा ब्यस्त रहेँ । कार्यक्रमस्थल पुग्न सहभागीहरुलाई केहि अप्ठेरो परेको कारण कहिले सहभागी साथीहरुलाई लिन जाने त कहिले हलको ब्यवस्थापन गर्दै गर्दा नामको कुरा उठ्यो । मैले कार्यक्रम र आयोजकको नाम नभएर बोर्ड पनि बनाइएन भन्दा बिपुल दाजुले ऐतिहासीक संस्मरण जोड्दै “जलसा” नाम जुराउनुभयो र म पनि सहमत हुँदै बोर्डमा मार्करले भएपनि कोरिदीएँ । सहभागी जम्मा नहुने र कार्यक्रम निरस हुने डर र ब्यथाबाट धेरै बेर गुज्रिएपश्चात कार्यक्रममा उपस्थित आदरणीय सहभागीहरुको संख्याबाट हर्षित हुँदै कार्यक्रम अगाडी बढाईयो ।
राम प्रसाद प्रसाई, प्रमिला थपलिया लगायत

                                                   कार्यक्रम अत्यन्तै रोचक ढङ्गले हुँदै गयो । प्रतिक दाईको शब्दमा “हरेक कार्यक्रममा मान्छे बिच बिचमा उठ्दै बाहिर जाँदै, हाई काढ्दै र मोबाइल निकालेर खेलेर बस्ने साइड टक गर्ने गर्थे तर यहाँ त यी सबै बाट मुक्त सबै जना मन्त्रमुग्ध भएर कार्यक्रम सुनिरहेका छन् ।” कार्यक्रमको केहि बेरमै बिना सल्लाह बिपुल दाजुले अगाडी बोर्डमा उहाँको सहित मेरो र रमेश दाजुको फोन नम्बर लेख्दै अर्को कार्यक्रमको लागी सम्पर्क भनेर लेख्नु भयो । केहि साथीले त्यस्को बारेमा मसँग कुरा उठाए पनि मैले त्यस्तो जाबो सानो कुरालाई बढाउन उचित ठानिनँ । कार्यक्रम अरुले नै चलाए पनि बेला बेलामा त्यसलाई बाधा पु¥याउँदै प्वाक्क बोल्दै जानुभयो बिपुल दाई । धेरैले त्यो मन नपराएको कुरा मलाई बताउँदा पनि मैले तत्कालै केहि गर्नु वा भन्नु उचित सम्झिनँ ।
साँच्चै गज्जब ! प्रतीक दाइ बिचमा कार्यक्रमको अनुभव सुनाउँदै

                                                  कार्यक्रम सम्बन्धमा हाम्रो पुर्व योजना मुताबिक मैले अर्को महिना प्रतिक दाजु र बसन्त जीको कबिता सुनाउने र सुनिने छ भनेर घोषणा गर्ने बित्तीकै बिपुल दाइले बाहिर बोलाएर यो कार्यक्रम त गजलको मात्र हैन र ? भन्नु भयो । तर मैले कार्यक्रमको रुपरेखा अर्कै किसिमले तयार भएको र पछि  सल्लाह गर्ने कुरा गरेर तत्कालको समाधान निकालेँ । हुन पनि मेरो नजरमा साहित्यका हरेक बिधाले बराबर महत्व राख्ने गथ्र्यो र गर्छ पनि । कार्यक्रमको अन्तमा म आफैँलाई पनि मेरो कार्यक्रम भन्न अप्ठेरो भइरहेको अवस्थामा (त्यतीखेर सम्म कुनै पनि समुह बनाइसकेका थिएनौँ ।) बिपुल दाईले सबैलाई हात जोड्दै मेरो कार्यक्रममा आईदिनुभयो खुशी लाग्यो भन्ने लगायतका कार्य गरेर र हामी आयोजकलाई उहाँको इशारा र खटनमा तलबी काम गर्न आए बराबर बनाईदिनुभयो । हाम्रो भावना र संबेदनशिलतामाथि खेलवाड गर्नुभयो र हाम्रो बिशेष मेरो आदरलाई कुब्याख्या गर्नुभयो ।
उमा दि गजल सुनाउँदै

                                                    कार्यक्रमको अन्तमा सबै सहन गर्दै पनि मैले केहि दिनको कार्यब्यस्तता लाई सक्याए पछि एउटा समुहमा बसेर कार्यक्रम कसरी प्रभावकारी तरिकाले अगाडी बढाउने सल्लाह गर्ने वचन दिएको थिएँ बिपुल दाई लगायत अन्य केहि साथीहरुलाई । कार्यक्रम अगाडी बढाउन फन्डीङ लगायतका कार्यमा सहयोग गर्ने बचन पनि दिनु भएको थियो पोष्टराज दाजु र करुण दाजुले ।
डा सुबेश घिमीरे गजल सुनाउँदै

                                                    तर केहि दिनमै मैले थाहा पाएँ जलसा नामक फेसबुक आई डी प्रंयोग भएर विभिन्न ब्यक्तिहरुलाई साथीको अनुरोध आएको र बिना सल्लाह कार्यक्रम अगाडी बढाउने नाममा कार्यक्रम आयोजकको क्रेडीट लिँदै केहि ब्यक्ती बिभीन्न स्रष्टाहरुका पुगेको । कार्यक्रम भव्य र सफल थियो र आगामी दिनमा अझै भब्य र सफल बनाईनेछ तर एउटा सिमा अनि एउटा बन्धनमा बाँधिएर ।
तीर्थ चापागाईको गजल

                                                    रिसको झोकमा कोहि पनि बेद पढ्दैन भनेझैँ मैले पनि सो समय फेसबुक र फोनको माध्यमबाट केहि सामान्य गाली गलौज गरेकोमा चोट पुग्न गएकाहरुमा यसै लेखबाट मनैबाट माफि माग्न चाहन्छु र आगामी कार्यक्रमहरुमा अझ इमान्दारीता पुर्वक मेहनत गर्नेछु भनी प्रतिबद्धता ब्यक्त गर्दछु र यहि महिना भित्र एउटा समुह बनाएर जलसालाई अगाडी बढाईने जानकारी सबैमा गराउन चाहन्छु । साहित्यको सेवा खातिर मिलेर अगाडी बढ्न चाहने सबैमा स्वागत गर्दछु ।
कुमार श्रेष्ठ जीको गजल

                                                    उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने निम्न महानुभावहरुमा म हृदय देखि नै आभारी छु  ।

 २०६८ साल चैत्र ११ गतेको उपस्थिती ः
१) करुण थापा
२) पोष्टराज चापागाईँ
३) विनोद प्र चापागाईँ
४) विन्देश्वरी चापागाईँ
५) दुतेन्द्र चाम्लिङ
६) प्रतीक ढकाल
७) संजय राउत
८) शर्मिला शर्मा कुइँकेल
९) जयराम तिमल्सिना
१०) प्रसन्न घिमिरे
११) हेमराज भट्टराई
१२) राजन सिलवाल
१३) नीता के सी
१४) बिष्णु प्रसाद थपलिया
१५) प्रमिला थपलिया
१६) सविन सिंह एकतारे
१७) समृत खरेल
१८) रामप्रसाद प्रसाईं
१९) रमेश कँडेल
२०) अच्युत दाहाल
२१) तीर्थ चापागाईं
२२) प्रयास वान्तवा
२३) ज्ञानेन्द्र राई
२४) राजु दाहाल
२५) तारा थापा
२६) प्रताप थापा
२७) डा. सुवेश घिमिरे
२८) तिब्बत दर्लामी
२९) सुरज बस्नेत
३०) नवराज श्रेष्ठ
३१) कुमार श्रेष्ठ “यात्री”
३२) अर्जुन कुमार गिरी
३३) शैलेश
३४) केशव भट्टराई
३५) विपुल सिजापति
३६) उमा सुबेदी
३७) ..... कुइकेल
३८)   टंक बस्नेत
३९) बसन्त श्रेष्ठ
सबिन एकतारे को गजल 

     “एक गजलका शान्त सागर, एक गजलका चल्ने छुरा ।
    न बहन सक्यौँ न धार कतै, हामी खहरेका गर्नु के कुरा ।।

दशकौँ देखि गजलका शान, यी करुण थापा भनेर जान ।
रीत तोड्ने गजलका अनेक, यी पोष्टराज कस्ता हुन सुरा ।।”

(कार्यक्रमको शुरुवातको लागी सानो परिचय दिने मेरो प्रयास यस्तो थियो ।)
वा यस्तो पो वाचन, केशव भट्टराइजीको बेजोड गजल वाचन

वीपुल दाई गजल सुनाउँदै

बसन्तजीको गजल



                                                       शुरुवात
अब मेरो पालो

सम्पुर्ण तस्बिरको लागी संजय राउत प्रति आभार ब्यक्त गर्दछु ।।

No comments:

Post a Comment

Thank You very much. Raj