Friday, October 7, 2011

गजल ५६


तिम्रो मेरो पहिलो भेट, याद मनमा बस्यो है ।
पूरा गर्न मनका ईच्छा, एउटा तारा खस्यो है ।।


जुनेली त्यो रात थियो, हात माथि हात थियो
जुन लोभिने तिम्रो मुहार, मुटु भित्रै पस्यो है ।

इर्ष्यालु भई लुक्यो जुन, बादलुको पछि पछि
झन तिमी नजिकियौ, जसै अध्याँरोले डस्यो है ।

छाल ल्याउँछु भन्दै फन्कियो, जुनले रिसाएर
त्यैबेला बिहानी किरण, लजाउँदै हाँ-अस्यो है ।

तिम्रो मेरो पहिलो भेट, याद मनमा बस्यो है ।
पूरा गर्न मनका ईच्छा, एउटा तारा खस्यो है ।।

No comments:

Post a Comment

Thank You very much. Raj