खै ! कुन रहरमा फुलेँ म ?
खै ! कुन ठहरमा झुलेँ म ?।
जोगाउनै नपाई अस्तित्व,
खै ! कुन सगरमा घुलेँ म ?।
बन्द जीवनका पथहरु,
खै ! कुन भँवरमा भुलेँ म ?।
अन्धकार मनको महल,
खै ! कुन प्रहरमा डुलेँ म ?।
खुम्चिए जिवन संरचना,
खै ! कुन बहरमा खुलेँ म ?।
खै ! कुन रहरमा फुलेँ म ?
खै ! कुन ठहरमा झुलेँ म ?।
No comments:
Post a Comment
Thank You very much. Raj