गजल ५७
बिन्ती बरू अलिकती बिष पिलाएको, भए पनि हुने ।
तिमीले गर्ने माया सँगै मिलाएको, भए पनि हुने ।।
********************************
पीईदीन्थेँ नी घुटुघुटु तिमीले दिएको अमृत सम्झी
बोल्नै नपाई बोल केहि (मन) सिलाएको, भए पनि हुने ।।
********************************
बाँच्यौ किन छोडेर मलाई अटुट छन् भन्थ्यौ साथहरू,
मेरो लागी कतै तिमी बरू बिलाएको, भए पनि हुने ।।
********************************
मिठो मिठो बोली बोल्दै अघी, पछी बाट छुरा धस्नु भन्दा
मिठा सपना भबिष्यका न दिलाएको, भए पनि हुने ।।
********************************
बिन्ती बरू अलिकती बिष पिलाएको, भए पनि हुने ।
तिमीले गर्ने माया सँगै मिलाएको, भए पनि हुने ।।
No comments:
Post a Comment
Thank You very much. Raj