बहिराको शहरमा, गाउनु ब्यर्थ रैछ ।
कुहिराको लहरमा, आउनु ब्यर्थ रैछ ।।
तारिफको बानी परेरै होला आजकल
साँचो कुरा खोलेर, बाउनु ब्यर्थ रैछ ।
हल्लै हल्लाले मात्रै, थर्काउदैछौँ आँगन
तिम्रो आगँन छेउमा, धाउनु ब्यर्थ रैछ ।।
बोकैले दाईँ हुन लाग्दा (यहाँ) आजकल
बहर गोरु खोज्दै, दाउनु ब्यर्थ रैछ ।।
फेदमा जरै नहाली, टुप्पैबाट उम्रँदा
अब तिमी माथी आशा, छाउनु ब्यर्थ रैछ ।।
No comments:
Post a Comment
Thank You very much. Raj