बाको आखाँमा छुट्टै चमक थियो यसर्थमा बा खुशी हुनुहुन्थ्यो । केहि
बेरमै लाग्यो बा अत्याधिक खुशी हुनुहुन्छ आज । जान्न चाहेँ तर सोध्नुअगाडी
नै उहाँले खुशीको रहस्य खोल्नुभयो ।
“हेर् केटा गरे के हुन्न र ? तलको खेताँ यसपाला ११ मुरी धान फल्यो ।” – उहाँले गर्बसाथ बोल्नुभयो ।
“ए हो र ?” – मैले खासै महत्व दिईँन ।
“तिमेरुलाई खेतिपाती लगाउने बेलाँ यसो फुर्सद निकालेर आओ भन्दा म बुढालाई टेरपुच्छर लाम्दैनौ । मान्छे लाउँन पनि भन्या बेलाँ पाउन्न, पाएपनि छोईसक्नु छैन । तै यसपाला असाराँ तिमेरु सब आका थ्यौ र यी यतीका धान फल्यो ।” – एकै स्वासमा जस्तै, लगातार भन्दै धानको थुप्रो देखाउनुभयो बा ले । यसो हेरेँ निकै धेरै नै देखेँ धान ।
हुन पनि गएको असारमा सात–सात दिनको छुट्टी लिएर दाजुभाईनै श्रीमतीसहित गाउँ गएर खेतमा मेहनत गरेका थियौँ । चार जना हामी, बा र केहि खेताला लगाएर रोपाईँ सकेका थियौँ हामीले । मेहनतले राम्रै रङ्ग ल्याएको देखेर खुशी भएँ म ।
“अनि बा पोहोर परार कति फल्थ्यो र धान ?”– जान्न मन लाग्यो मलाई ।
“त्यही १० मुरी फल्या थ्यो पोर अनि परार दश मुरि १० पाथि जति । तर यस्पाला त अचम्मै भो नि ।”– बा हातमा धान लिएर मख्ख पर्नु भो ।
“अनि खेताला यस्पाला अलि कम लागेको हो त बा ?” – मैले मनमा केहि कुरा खेलाउँदै प्रश्न फ्याकेँ ।
“पोर कै जत्ती नै हुन । पोहोर अनि यस्पाला पनि त्यै गोडा १४ एक लाग्या त हुन नी ।” – बाले धानको थुप्रो मिलाउँदै उत्तर दिनुभयो ।
बा धानको थुप्रो मिलाउँदै केहि कुरा बोल्नु हुँदैथियो । म हिसाब गर्न थालेँ “सात दिनमा चार जनाको दिनको दुई सय पचासको दरले” ज्याला, जुन गाउँघरमा चलेको न्युनतम थियो । हिसाब निस्क्यो सात हजार, आ–आफ्नो ब्यबसाय र जागीरमा परेको मार त छुट्टै थियो ।
“‘‘‘‘।अब तिमरु उतै बस्छौ त, ४ मुरि जति धान बेच्न लाको । तल जन्तरे कान्छोले मु्रीको १५०० दिन्छु भन्तो .................. ।”– बा अझै बोल्दै हुनुहुन्थ्यो ।
म मेरो र बाको हिसाबमा नाफा घाटा खोज्दै रहेँ ।
समाप्त

No comments:
Post a Comment
Thank You very much. Raj