मुल्यहीन पानी
रचनाकार: किशोर खड्का, दोलखा
त्यो त दिल हैन
गोरेटो पो हो
जसलाई जति नै
कुल्चिदिए पनि हुन्छ ।।
त्यो त मन हैन
माटो पो हो
जसलाई जे आकार दिएर
फुटाए पनि हुन्छ ।
त्यो त भेट हैन
बहाना पो हो
जसलाई मृगतृष्णाको
संज्ञा दिएपनि हुन्छ ।
त्यो त आँशु हैन
बर्षा पो हो
जसलाई मुल्यहिन
पानी सम्झिदिए हुन्छ ।।
No comments:
Post a Comment
Thank You very much. Raj